प्रधानमन्त्री र राजेन्द्र महतोलाई गगन थापाले यसरी ठोके

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सोच अति संकीर्ण भएका कारण दशले निकाश पाउन नसकेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले प्रधानमन्त्री ओली र मधेसी नेता राजेन्द्र महतोको सोचले वर्तमान समस्या समाधान नहुने दाबी गरे । उनले भने, ‘मलाई यी दुबै अतिवादी लाग्छ र कतिपय सन्दर्भमा एक प्रकारले नश्लवादी गन्ध आउँछ ।’ उनले कांग्रेसले मधेसका असन्तुष्ट पार्टीलाई सहमतिमा ल्याएर संविधान कार्यान्वयनको बाटोमा कांग्रेस जान चाहेको बताए । स्रोत : ओ यस नेपाल

0 comments

Write Down Your Responses