यसरी बेहुलाबेहुली रिक्सामा, जन्ती साइकलमा हिडेर रमाइलो गरि सम्पन्न भयो बिहे

समान्यतया बिवाहा प्ररम्परागत शैलीमै हुन्छन् । तर, बुधबार दिउँसो काठमाडौंको एक बिहेको दृश्य फरक देखियो । कालिमाटीस्थित एक घरबाट फूलमाला लगाएर टाईसुटमा सजिएका एक युवा रिक्सामा सवार भइ खुसिबुतर्फ लागे । उनी पछिपछि चिटिक्क सजिएका करिब २० जना युवायुवती पनि साइकलमा सवार भएर सडकमा निस्के ।यो दृश्य हो कालिमाटी निवासी साइकल अभियन्ता शैलेन्द्र डंगोलको बिहेको । विगत दश वर्षदेखि थहिटी मागलकी सुनिरा श्रेष्ठको प्रेममा परेका शैलेन्द्र उनैलाई जीवनसाथी बनाउन निस्कँदा उनले अनौठो सवारीसाधन प्रयोग गरे । आफ्नो बिहेका कार र बसलाई झकिझकाउ बनाएर लैजाने परम्परालाई चुनौती दिँदै शैलेन्द्र घरबाट अन्मिएर रिक्सामा सवारी भइ बेहुलीको घर हुँदै सोह्रखुट्टेस्थित नेपाः पार्टी प्यालेस पुगे । नेपाः पार्टी प्यालेसमा शैलेन्द्र र सुनिराका बाबुआमाले नातागोतालाई त्यहीँ संयुक्त पार्टी दिएपछि सुनिरा रिक्सामै चढेर शैलेन्द्रको घरतर्फ लागिन् । यी नवदम्पतीलाई नेपालका अन्य साइकल प्रेमीले साथ दिए । ‘म लामो समयदेखि साइकल प्रयोग अभियानमा छु’, शैलेन्द्रले भने, ‘सुनिरा पनि साइकल अभियन्ता हुन् । १० वर्षदेखिको हाम्रो प्रेमलाई हामीलाई वातावरण मैत्री साधनमा चढेर विवाहमा परिणत गरेका हौं ।’ करिब ८ वर्षदेखि साइकलमा सवार हुने शैलेन्द्रको सपना काठमाडौंलाई साइकलमैत्री सहर बनाउनु हो । तर उनको त्यो अभियानले सहरमा साइकल लेनयुक्त सडक नहुँदा मूर्तरुप पाउन सकेको छैन । काठमाडौंमा साइकल अनिवार्य साधन भइसकेको शैलेन्द्रको बुझाइ छ । अहिलेको नाकाबन्दीमा साइकल स्वास्थ्य र वातावरण बचाउन पनि सबैले प्रयोग गर्नुपर्ने उनी बताउँछन् । ‘साइकलले परनिर्भरता पनि कम गराउँछ । वातावरण स्वस्थ बनाउन पनि मद्दत गर्छ’, उनले सुनाए । स्रोत : इ ताजा खबर . कम

0 comments

Write Down Your Responses