अन्य को–को नेतालाई भेटे प्रचण्डले ?

देशलाई वर्तमान अवस्थाबाट निकास दिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौडधुपलाई तीव्र बनाएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका प्रचण्डले आज विहानैबाट प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि आन्दोलन मधेसी मोर्चाका नेताहरुसम्मलाई भेटेका छन् । भारतीय नाकाबन्दी र मधेस आन्दोलनको समाधान खोज्न प्रचण्डले दौडधुप तीव्र बनाएको स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिए । उनका अनुसार प्रचण्डले विहानै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठ पुगेर भेटवार्ता गरेका छन् । त्यसैगरी कांग्रेस महामन्त्री कृष्ण सिटौला, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई आफ्नै निवास लाजिम्पाट बोलाएर भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्डले आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छन् । त्यसैगरी प्रचण्डले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिरहेका छन् । भेटवार्तामा प्रचण्डले अन्य नेताहरुसँग भएको सम्वादबारे प्रधानमन्त्रीलाई जानकारी गराएर कसरी अगाडी बढ्ने विषयमा छलफल गरिरहेका छन् । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses