हस्तक्षेपविरुद्ध संगठित रुपमैं संघर्ष गर्न भारतीय नेताको जोड

छिमेकी देश भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका विरुद्ध भारतको राजधानी शहर नयाँ दिल्लीस्थित जन्तर मन्तरमा बृहत प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनलाई अवरोध गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले कडा निर्देशन र जुलुस प्रमिशन समेत क्यानसिल गरिदिएको थियो । आयोजकहरुले जुलुस प्रदर्शन नगरि नछाड्ने जोड्मा प्रशासनको कुनै दैया चलेन । तत्पश्चात निकालिएको उक्त बृहत जुलुसमा दिल्ली नेराघेराका नेपालीहो व्यापक उपस्थिति थियो । नेपाली जनताले आफ्नै बलबुतामा संविधान जारी गरे बापत छिमेकी देश भारतले नेपालको सीमावर्ती जिल्लाहरुमा उठेका केही असन्तुष्टिहरुबाट फाइदा उठाउँदै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको अधिकांश वक्ताहरुले भने । मूल प्रवाहका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले– जनतामा भ्रम श्रृजना गरि मधेशवादी आन्दोलनलाई अराजकताको दिशा तर्फ उन्मुख गराइ सो आन्दोलनको निहुँमा भारतले अघोषित नाकाबन्दी गरेर नेपाल र नेपालीहरुलाई सङ्कटमा पार्ने काम गरिरहेको छ । अघोषित नाकाबन्दीले शिक्षा, स्वास्थ्य सेवा, औषधी, इन्धन, खाद्यपदार्थ आदिको अभाव भइरहेको छ एवं दिनप्रति दिन मानवीय संकट बढदै गइरहेको बताए । नेता शर्माले अगाडि भन्नु भयो- “भारतलाई बढि चिढाउनु हुँदैन भन्ने नाममा सार्वभौमसत्ता सम्पन्न मुलुकको सावैभौमिकता माथि ठाडो हस्तक्षेप गर्दा पनि उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नखोज्नु र नसक्नु दुर्भाग्यपूर्ण हो । अन्तर्राष्ट्रिय समुहसँग व्यापारको ढोका खोल्न ढिलाई गर्नु नेपाली जनता र राष्ट्रप्रति नै उदाशिनता हो । त्यसैले सयम छदै राष्ट्र र नेपाली जनताको हितमा प्रभुत्ववादको विरुद्ध अन्तर्राष्ट्रियकरण गर्दै व्यापारको सम्भावना तलासनु पर्ने आजको प्रमुख आवश्यकता हो ।” एकता मञ्चका लक्ष्मण पन्तले- छिमेकी राष्ट्र भारतद्वारा गरिएको अघोषित नाकाबन्दीको स्वरुपलाई हेर्ने हो भने कुनै युद्धरत मुलुकभित्र पनि औषधी, खाद्यपदार्थ, पोट्रोलियम पदार्थ जस्ता अत्यन्त जीवन उपयोगी वस्तुहरुलाई प्रतिबन्दित गरिदैंन । त्यसको आपुर्ती सहज गराउन, युद्धरत मुलुकका साथै अन्तर्राष्ट्रिय जगतले पनि पुर्णप्रयास गर्ने गरिन्छ । युद्धका वेलामा पनि गर्न नहुने कार्य हाल छिमेकी राष्ट्रले गर्नु निन्दनीय एवं भ्रसनात्मक भएको बताए । एकता मञ्चका अध्यक्ष इश्वरी भण्डारीले- “भारतको अहिलेसम्मको कार्यशैलीमाथि विचार गर्दा अहिले सत्ताका पक्षमा भएका राजनैतिक शक्तिका बीचमा पनि फूट पार्ने, तिनीहरूमध्ये कतिपयलाई आफ्नो पक्षमा मिलाउने, वर्तमान सरकारले भारतको पक्ष नलिए त्यसलाई अपदस्थ गर्ने एवं आफ्नो पक्षपोषण गर्नेलाई पदस्त गराउने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यही क्रममा एक वा अर्को प्रकारले अहिले सत्तामा भएका राजनीतिक शक्तिले भारत वा आफूलाई मधेशी भनाउँदा पृथकतावादी प्रवृत्ति बोकेकाहरुद्वारा प्रस्तुत संशोधनलाई स्वीकार गर्ने ता होइनन् ?” प्रवासी संघ भारतका अध्यक्ष लोकनाथ भण्डरीले- अहिले देशमा भारतीय हस्तक्षेपका विरुद्ध राजनैतिक धुर्वीकरण भएको छ र हस्तक्षेपको विरुद्ध सरकारले अडान लिएको छ यो अडान कायम रहने छ भन्नेमा आफूहरु आशावादी भएको बताए । कार्यक्रममा उपस्थित विभिन्न मानवअधिकार कर्मिहरु र भारतीय भाइचाराहरुले नेपालको आन्तरिक समस्या नेपालले आफै हल गर्न सक्छ र गर्नु पर्ने बताए । नेपालको सार्वभौमसत्ताको सम्मान गरिनु पने, तत्काल भारतीय सरकारको हस्तक्षेप तथा अमानवीय नाकाबन्दि तत्काल बन्द गरिनु पर्ने, भारतीय सरकारको नेपालप्रतिको नाकाबन्दी र हस्तक्षेप तत्काल हटाइनु पर्नेमा जोड दिएका थिए । भारतीय कम्यूनिष्ट पार्टी रेडफे्लेगका केएन रामाचन्द्रनले- नेपाली जनताले लामो समयसम्म संघर्ष पश्चात संविधानसभाद्वारा ९० प्रतिशत जननिर्वाचित प्रतिनिधिहरुले बनाएको संविधानलाई भारतले रोक्ने र आफ्नो अनुकुल बनाउन कोशिस गरेको बताए । रामाचन्द्रनले भने- “मधेश आन्दोलनको बहानामा नेपालको सार्वभौमिकता माथि नै हस्तक्षेप गर्नु अत्यन्तै दुःखद रहेकाले भारतको यो कदमको विरुद्ध संगठित रुप मैं संघर्ष गर्नुपर्दछ ।” कार्यक्रमको अध्यक्षता मूल प्रवाहका केन्द्रीय सदस्य ठाकुर खनालले र सञ्चालन एकता मञ्च प्रचण्ड पक्षका आरवी खड्काले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रवासी संघ भारतका टिकाराम पोख्रेलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेपालका मानव अधिकारवादी प्रमोद काफ्ले, सिपिआई एमएल नई सर्वहराका शिव मंगल सिद्धान्तकार, पिडीएफआईका अर्जुनप्रसाद सिंहलगायतले मन्तव्य दिएका थिए । कार्यक्रमको अन्तमा सम्पूर्ण उपस्थित जनसमुदायलाई एकता मञ्चका हरि थापाले धन्यवाद प्रकट गरेका थिए । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses