‘विर्यबाट मालिकलाई करोडपति’ बनायो यो एउटा राँगोले

एक राँगो, जो भारतभर ‘विक्की डोनर’ का रुपमा चर्चित छ । त्यो राँगको विर्य बेचेरै भारतमा एक कृषक करोडपति बन्दैछन् । भारतीय चर्चित क्रिकेट युवराज सिंहको नामबाट यो राँगोको नाम ‘युवराज’ नै राखिएको छ । नामुर्राह जातको यो राँगोको बिर्यका लागि भारतमा कृषकबीच तँछाडमछाड चल्ने गरेको छ । भारतम १३ जातका भैंसी पाउने गरेका छन् । जसमा मुर्राह जातो भैंसीलार्इ सबैभन्दा उत्तम मानिन्छ । यो राँगोको तौल ४५० किलो, लम्बाई १० फिट र ऊचाई पाँच फिट आठ इन्च रहेको छ । यो युवराज राँगो हरियाणाको कुरुक्षेत्रमा मालिक कर्मवीर सिंहले पालेका छन् ।
महंगो राँगो कर्मवीरका अनुसार प्रत्येक दिन ‘युवराज’ लार्इ हेर्न कोही न कोही आइ नै रहेका हुन्छन् । यो राँगो अब एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको छ । यो राँगोको एक डोज विर्यको मूल्य ३५० भारतीय रुपैयाँ रहेको छ । यो मुल्य भारतका अन्य राँगाको विर्यको भन्दा १० गुणा बढी हो । यो हिसाबले यो राँगाको विर्य भारतमै सबैभन्दा महंगो ठहरिएको छ। भारतमा भैंसीमाथि अध्ययन गरिरहेका केन्द्रीय शोध संस्थाका प्रमुख इन्द्रजित सिंहले प्रजननको मामिलामा यो राँगोलार्इ ‘च्याम्पियन’ का दर्जा दिएका छन् । यो राँगाको विर्य बेचेर कर्मवीरले वार्षिक ३ देखि ५ लाख भारतीय रुपैयाँ कमाइरहेका छन् ।
 रोचक पक्ष पशुचिकित्सकहरुका अनुसार साधरण राँगो एक पटक स्खलित हुँदा ५ सय देखि ६ सयसम्म शुक्राणु पाइन्छ तर युवराज एक पटक स्खलित हुँदा दुर्इ करोड शुक्राणु पाइने गरेको छ। कर्मवीरले युवराजलार्इ थोरे भैंसीको सहयोगमा उत्तेजित गरार्इ स्खलित गराउँदै आएका छन् । स्खलित गराएपछि निस्कने विर्य एक कृत्रिम योनीमा जम्मा गरेर राख्ने गरिएको छ । कर्मवीरले यो राँगाको विर्यलार्इ आफ्नो घरमा १९६ डिग्री सेल्सियसको तापमानमा ५० लिटर तरल नाइट्रोजनको कन्टेनरमा राख्ने गरेका छन् । युवराको विर्य किन्न कर्मवीरको घर अगाडि विर्य विक्रीमा संलग्न व्यावसायीहरु लाइन लागेर कुर्ने गरेका छन् । उत्तर प्रदेशबाट आएका ललित चौधरीले ‘युवराज’ को विर्य लिन पहिलो पटक आएको बताए । उनले युवराजलार्इ पहिलो पटक मेरठमा भएको पशु मेलामा देखेको बताए । सो मेलामा युवराजलार्इ देखेपछि उसलार्इ किन्न कृषकहरु पागलझैं बनेर पछि लागेका थिए । ललितले युवराजको विर्य पुरै देशभरका किसानलार्इ बेच्न चाहेको सुनाए ।
अतभूत आम्दानी भारतीय सरकारका विभिन्न निकायले गर्ने पशुमेलाका प्रतियोगितामाहरुमा ‘युवराज’ ले हरेक पटक विजेता बन्दै तीन लाख रुपैयाँ बढी कमाउने गरेको छ। इन्द्रजित सिंह भन्छन्, ‘मैले आजसम्म यस्तो स्वस्थ, सुन्दर र उपयोगी राँगो देखेको थिइन ।’ कतिपयले यो राँगोलार्इ किन्न चाहेकाथिए । दुर्इ वर्षअघि हैदराबादमा एक व्यक्तिले यसलार्इ सात करोड भारतीय रुपैयाँमा किन्न मागेका थिए । तर कर्मवीर यसलार्इ कुनै हालतमा बेच्ने पक्षमा छैनन् । ‘ म यसलार्इ बेच्नेबारे जब सोच्छु, तब मलार्इ यसको मूल्य भन्दा तीन गुणा बढी पैसा मिल्नेछ, जसले म एउटा हेलिकोप्टर किन्न सकुँ ।’ कर्मवीरले युवराजलार्इ बेचेपछि आफू उ बिना बाँच्नै नसक्ने बताएका छन् । ‘युवराज’ सँगै उसलार्इ जन्म दिने १९ वर्षीय भैंसी गंगा समेत रहेकी छन् । उसले १६ बेत सन्तान पाइसकेकी छ। कर्मवीर सिंह गर्वका साथ गंगाले अझै दैनिक २६ लिटर दूध दिइरहेको बताउँछन् । युवराजको अर्को तीन साल कान्छो भाइ समेत रहेको छ। साथै १६ महिनाकी बहिनी सरस्वती पनि रहेकी छ । कर्मवीरका अनुसार उनले ‘युवराज’ को पितालार्इ १४ वर्षअघि रोहतक जिल्लाका एक किसानबाट ३७ हजार रुपैयाँमा खरिद गरेका थिए । कर्मवीरले ‘युवराज’लार्इ दिनको दुर्इ पटक २० लिटर दूध,१० किलो सेब र चारो तथा अन्न खुवाउने गरेका छन् । युवराजको स्याहारमै कर्मवीरले दिनको २ हजार खर्च गर्ने गरेको बताए । कर्मवीरका दुर्इ नोकरले युवराजलार्इ चराउन साँझमा ५ किलोमिटर परसम्मको खेतमा लाने गरेका छन् । कर्मवीरले राति सुत्ने बेला ‘युवराज’ लार्इ एक पटक हेर्न भुल्दैनन् । स्रोत : ओ यस् नेपाल

0 comments

Write Down Your Responses