‘पोर्नस्टार’ बिन्दु परियारले श्रीमान विरुद्धको मुद्दा यसरी जितिन्

नेपाली पोर्नस्टारका रुपमा चर्चित बिन्दु परियारले आफ्नो श्रीमानमाथि हालेको मुद्दा जितेकी छन् । र, उनले ७२ लाख डलर (७२ करोड रुपैयाँ) क्षतिपूर्ति पाउने भएकी छन् । उनलाई जबरजस्ती पोर्नस्टार बनाएको ठहर गर्दै अदालतले श्रीमान टम रान्डेल सेवेललाई उक्त रकम क्षतिपूर्ति दिन आदेश दिएको हो । बिन्दूलाई टमले झुक्याएर ब्रेस्ट इम्प्लान्ट (स्तन ठूलो बनाउने शल्यक्रिया) गराउनुका साथै उनको पासपोर्ट लुकाइदिएको र एउटा नग्न क्लबमा काम गर्न आदेश दिएको, अन्य पुरुषहरुसित यौन सम्वन्ध राख्न वाध्य पारेको र त्यसलाई भिडियोमा कैद गरेको डलासन्यून डट कममा प्रकाशित समाचारमा उल्लेख छ । स्रोत : ओ यस नेपाल. नेट

0 comments

Write Down Your Responses