ओलीलाई मोदीले अचानक किन फोन गरे ?

विहीबार विहानै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फोनले मोबाइलको घण्टी बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली छक्क परे । छक्क पनि किन नपरुन् । विभिन्न कार्यक्रम र आयोजनाको सुरुवातका लागि गृह जिल्ला झापा पुगेका थिए । तर, अचानक मोबाइलमा भारतीय नम्बरबाट फोन आयो । उठाउँदा मोदीको रहेछ । उक्त फोनबारे पूर्व जानकारी केही गरिएको थिएन् । फोनको सुरुवातमै मोदीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिए । २० मिनेटसम्म चलेको फोन वार्तामा भएका धेरै कुरा बाहिर आए । तर, मोदीले किन अचानक फोन गरे आम नागरिकलाई चाँसोको विषय बनेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार ओली र मोदीबीच नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा टेलिफोन वार्ता भएको बताइएको छ । तर, मोदीले फोन गर्नुको खास कारण ओलीलाई पहिला भारतको भ्रमण गराउनुरहेछ । प्रधानमन्त्री निकट स्रोत भन्छ- फोनवार्ताको आशय बुझ्दा मोदीले नेपालका प्रधानमन्त्री पहिला भारत भ्रमणमा आउन भन्ने चाहेका रहेछन् । उनका अनुसार नाकाबन्दी र पछिल्लो परिस्थितीले प्रधानमन्त्री ओली चीन जाने हल्ला चलेपछि पहिला भारतको भ्रमण गराउन मोदीले अचानक फोन गरेका हुन् । उसो अहिले फोन गर्ने समय पनि मोदीका उपयुक्त थियो । किनभने अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको भन्न पुगिहाल्यो । चीनबाट राष्ट्रप्रमुखले फोनवार्ता नगरेको अवस्थामा मोदीले आफैले फोन गर्दा ओली भारत भ्रमणमा आउनसक्ने देखेपछि अचानक विहानै फोन गरेका हुन् । यसअघि परराष्ट्रमन्त्री कमल थापाले पनि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारत नै हुने बताएका थिए । तर, प्रधानमन्त्रीले भने भारत, चीनमध्ये जहाँ स्थिती अनुकुल भयो त्यही पहिला भ्रमण गर्ने बताउँदै आएका छन् । नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणलाई लिएर पछिल्लो समय भारत र चीनबीच प्रतिस्पर्धा नै भइरहेको छ । चीनले पनि आफ्ना राजदूत मार्फत प्रधानमन्त्री ओलीलाई पहिला चीन भ्रमण ल्याउन प्रयत्न गरिरहेको छ । यसैगरी फोनवार्तामा प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकामा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–वीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैव आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसका लागि भारतका तर्फबाट कुनै रोकटोक नभएको बताए । भारतका प्रधानमन्त्री मोदीले रक्सौल–वीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको जानकारी दिँदै नेपालकै राजनीतिक दलले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको बताए । दुई नेताबीच द्विपक्षीय हितका विषयमा समेत कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले छिट्टै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने वचन दिएका थिए । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses