श्रीलंकाले यसरी तोड्यो भारतको घमण्ड

भारतले गरेको आर्थिक सम्झौता प्रस्ताव श्रीलङ्काले अस्वीर गरेको छ । बुधबार श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघेले भारतद्वारा प्रस्तावित सो आर्थिक सम्झौतामा श्रीलङ्काले हस्ताक्षर नगर्ने कुरा संसद बैठकमा जानकारी समेत गराउनुभएको छ । भारतले हालैमात्र श्रीलङ्कासामु बृहत आर्थिक साझेदारी सम्झौता गर्ने भनी अघि सारेको थियो । सो सम्झौता नगरिने जानकारी श्रीलङ्काली प्रधानमन्त्रीले बुधबारको संसदमा दिनुभएको छ । साथै उहाँले भारतले अघि सारेको सो सम्झौतामा हस्ताक्षर नगरी श्रीलङ्काले अलग्गै आर्थिक तथा प्राविधिक सम्झौता गर्ने नयाँ प्रस्तावका बारेमा कुरा चलाएको पनि उहाँले बताउनुभयो । साथै उहाँले यस्तै प्रकारको सम्झौता श्रीलङ्काले चीन सरकारसँग पनि गर्न लागेको जानकारी दिनुभएको हो । श्रीलङ्काले चीन सरकारसँग सम्बन्ध बढाएपछि भारतलाई धक्का लाग्ने निश्चित छ । अर्काे शब्दमा भन्दा श्रीलङ्काले भारतको घमण्ड तोडेको छ । त्यसैगरी श्रीलङ्काको विपक्षी दलका एकजना सदस्य दिनेश गुणवर्धनेले पनि भारतसँग सो सम्झौता नगर्न र गर्नैपरे विपक्षी दलसँग पनि छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो स्रोत : दीक नेपाल

0 comments

Write Down Your Responses