भारतको नाकाबन्दी बिरुद्ध क्यानाडामा यसरी हुदैछ प्रदर्शन

अन्तरराष्ट्रिय मानब अधिकार दिवसको उपलक्ष्यमा कन्सर्न नेपाल क्यानाडाले क्यानाडामा यही डिसेम्बर १३ तरिखमा क्यानडाको ग्रेटरटोरन्टोको मिस्सिसागाको सेन्टर लाइब्रेरीमा महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय मानब अधिकार दिबस मनाउने क्रममा नेपालको मानब अधिकाको बर्तमान स्थिति र भारतले गरेको गैर कानुनी कृयाकलाप तथा नकाबंधी सम्बन्धी बृहत बिचार बिमर्श गरिएको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै समाजसेबी पूर्व मन्त्रि कमल चौलागाईं, क्यानाडाको सोहि क्षेत्रका पूर्व सांसद बब डेचार्डका साथै अन्य बिदेशी विशिष्ट व्यक्तिहरुले बोल्नु भएको थियो । कार्यक्रममा सुभाष दतराज, गोबिन्द सिवाकोटी, चन्द्र राई ,अन्जनी भट्टराई, किस्मत भण्डारी, डी.आर.खनाल,मित्र काफ्ले,नवराज ढुंगाना, अनिल थापा, आङ्गबरु शेर्पा, डा. कमल लगायतले भारतको नाकाबन्दीका बिरुद्धमा मन्तब्य ब्यक्त गर्नु भएको थियो,संचालन डा.तुलसी धरेलले गर्नुभएको थियो । स्रोत : ओ यस नेपाल

0 comments

Write Down Your Responses