गायिका लक्ष्मीका सबैभन्दा सेक्सी लाग्ने अंग यो पो रहेछ ?

गायन र मोडलिङ कलाका दुई फरक बिधा हुन् । कमैले मात्र यी दुबै बिधालाई एकसाथ अगाडि बढाउने आट गरेका छन् । तर गायिका लक्ष्मी आचार्यले भने यी दुबै बिधालाई एक साथ लिएर अगाडि बढेकी छन् । कैलाली जिल्लाको टीकापुरस्थित मोतीनगर घर भएकी लक्ष्मी बिगत पाँच वर्षदेखि यी दुबै बिधालाई एकसाथ लिएर हिँडिरहेकी छन् । दोहोरी गायनबाट कलाक्षेत्रमा हाम फालेकी लक्ष्मीले तीन चर्चित लोकदोहोरी एल्बम पनि दिएकी छन्, संगीतिक क्षेत्रमा । ‘नजिक नजिक सर्छन्’, ‘तीन साल अमेरीका’, ‘यो मोरीको घैटोमा कहिले घाम लाग्ने हो……’ जस्ता उनका चर्चित दोहोरी भाका हुन् । यीमध्य ‘यो मोरीको घैटोमा कहिले घाम लाग्ने हो……’ अघिल्लो वर्ष सार्वजनिक भएको हो । जसको चर्चा अझै छ । यो गीतमा उनलाई खुमन अधिकारीले गायनमा साथ दिएका छन् । अन्य गीत उनले खुमन अधिकारी र रामजी खाडसँग गाएकी हुन् । सानैदेखि गीत गाउने लक्ष्मी अहिले आधुनिक गीतको एल्बम तयारीमा छिन् । बिभिन्न प्रकारको गीत समेटिएको यो एल्बम छिट्टै बजारमा आउने उनले बताइन् । एल्बममा उनले ‘पाउजु बजाउँछु म…….’ बोलको एक डान्सिङ नम्बर पनि समेटेकी छन् । बिभिन्न महोत्सव तथा कार्यक्रमलाई तारगेट गरेर उक्त गीत बनाएको लक्ष्मीले सुनाइन् । दोहोरीबाट आधुनिक गीत गायनमा जम्प गरेकी लक्ष्मी आफ्नो कलासंस्कृति झल्कने जुनै पनि गीत आफूले गाउने बताउँछिन् । दोहोरी र आधुनिकमा गीत गायनमा धेरै फरक भए पनि गायिकाले सबै गीत गाउनु पर्छ भनेर आफूले दुबै हात बढाएको सुनाइन् । गायनमा मात्र होइन उनि मोडलिङमा पनि चिनिएकी छन् । आफ्ना लोक तथा आधुनिक गीतमा आफैले मोडलिङ गरेकी लक्ष्मीले बाहिरको दर्जन बढी गीतमा समेत मोडलिङ गरेकी छन् । गायन र मोडलिङ दुबैबाट चर्चा पाएको बताउने लक्ष्मी लोक गीतको भन्दा आधुनिक तथा सेन्टिमेन्टल गीतको भिडियो मोडलिङबाट धेरै चर्चा मिलेको बताउँछिन् । मोडलिङमा समाजलाई पच्ने र सकारात्मक चर्चा हुने ग्ल्यामर दिने गरेको बताउने लक्ष्मीको मनमा एउटा रहर अधुरै छ अझै । त्यो हो चलचित्रको गीत गाउने । गायनलाई नै निरन्तरता दिँदै जाँदा त्यो पनि पूरा हुने उनले सुनाइन् । अविवाहित लक्ष्मीलाई घरपरिवारबाट पनि सपोट त्यतिकै छ । सायद त्यसैले होला उनलाई अगाडि बढ्न सजिलो भएको पनि । लक्ष्मीको मन पर्ने गायक गायिका लोक गीतका खुमन अधिकारी र बिष्णु माझी हुन् । आधुनिकका स्वरुपराज आचार्य र अञ्जु पन्त रहेका छन् । समय अनुसार फेसन गर्न रुचाउने लक्ष्मीलाई आफ्नो आखा सबैभन्दा मनपर्ने अंग हो रे । सोध्दा भनिन्, ‘मेरो आखा सेक्सी छ ।’ अझै केही वर्ष विवाह गर्ने सोँचाइ नरहेको लक्ष्मीलाई विवाह र पे्रम प्रस्ताव पनि त आउँछ होला नी ? प्रश्न राख्न नपाउदै जवाफ फर्काइन्, कति कति । स्रोत :

0 comments

Write Down Your Responses