बलात्कृत भएकै कारण सफलताको शिखरमा पुगे म...........
अमेरीकी पप सिंगर लेडी गागाले आफूमाथि टीनएजमा भएको बलात्कारको कारण नै आफ्नो जिन्दगी बदलिदिएको खुलासा गरेकी छन् । १९ वर्षको कलिलो उमेरमा बलात्कारको सिकार बन्न पुगकी गागाले आफूमाथि भएको दुर्घटनामा जिम्मेवार स्वयं आफु रहेको बताएकी छिन ।उलने अघि भनिन्, ‘मैले ७ वर्षसम्म यसबारे कसैलाई जानकारी दिईनँ । उनले भनिन ‘त्यतिखेर मैले केही सोच्नै सकिरहेकी थिइनँ । बास्तवमा यसरि कुरा लुकाउनु मेरो पनि गल्ती हो ।’ गागाले भनिन्, ‘यो दुर्घटनाले मेरो जिन्दगी पूरा बदलिदियो । यसले ममा शारिरिक परिवर्तन आयो , मेरो सोचाई बदलियो ।’ कस्तो शारिरिक परिवर्तन आयो भन्ने जिज्ञासामा उनले भनिन्, ‘जब तपाईं यस्तो कुनै दुर्घटनाबाट गुज्रिनुहुन्छ, तपाईंलाई तुरुन्तै थाहा हुँदैन कि तपाईंको शरिरमा कस्तो परिवर्तन आएको छ ।’ शारिरिक र मानसिक परिवर्तनसँगै उनमा सफलताको चाहना बढ्दै गयो र उनी सफल समेत भइन । २९ वर्षिय गागाले भनिन्, ‘यसमा मेरो दोष छैन भन्ने कुरा सम्झिनका लागि मलाई वर्षौं लाग्यो । म सोच्थेँ, मैले लगाएको पहिरनले उसलाई रेपका लागि उक्सायो । सोही कारण यो सब हुनुमा मेरो पनि दोष छ भन्ने मेरो बुझाई दियो ।’ स्रोत : ओ यस नेपाल


0 comments
Write Down Your Responses