नेता विप्लवले लाखौं खर्च गरेर यसरी गरे छोरीको विहे
नेपाली कम्युनिष्ट आन्दोलनमा आफूलाई सबैभन्दा ‘क्रान्तिकारी’ ठान्ने एक नेताले आफ्नो छोरीको विहेमा लाखौंको खर्च गरेका छन् ।
बाबुराम, प्रचण्ड र वैद्यको आलोचना गरी ‘एकीकृत जनवादी क्रान्ति’को कार्यदिशा अँगालेर संघर्षमा होमिएको भन्दै आएका नेकपा माओवादीका संयोजक नेत्र विक्रम चन्द विप्लवले लाखौं खर्च गरेर छोरीको विहे गरेका हुन् ।
माथिको तस्वीरमा देखिएकी नवदुलही विप्लवकी छोरी हुन् । नवदुलहीको श्रृंगार र गहना हेर्दा छोरीलाई सुनैसुनले ढाक्न कहाँबाट पैसा आयो भन्ने प्रश्न पनि उब्जिन्छ । किनकि विप्लव आफूलाई सर्वाहारा नेता ठान्छन् ।
विप्लवले छोरी सन्जु चन्दको बिहे सुनसरी निवासी विनोद लुईंटेलसँग गरिदिएका छन् । लुईंटेल नेकपा माओवादीसम्बद्ध अखिल क्रान्तिकारी अस्कलका अध्यक्ष हुन् ।
विप्लवका परिवार तथा नजिकका आफन्तहरुको उपस्थितिमा विवाह भएको थियो ।
तस्वीरबाटै प्रष्ट हुन्छ कि विप्लवले आफ्नी छोरीको विहेमा कति खर्च गरे हालान् । विहे समारोहमा माओवादी नेताहरु उपस्थित भएको स्रोतले बताएको छ ।
जनयुद्ध कालमा कम खर्च गर्न लगाउने नेता आज आएर आफैले महंगो खर्चमा छोरीको विहे गरेका हुन् ।
स्रोत : दैनिक नेपाल


0 comments
Write Down Your Responses