श्रीमान छाडेर छिमेकीको प्रेम चक्करमा फस्दा यस्तो हालत
छिमेकी युवकसँग प्रेम गर्दा एक महिलालाई महंगो सावित भएको छ । उनलाई घिसारेर सार्वजनिक चोकमा लगी रामधुलाई गरिएको छ । यूपीको कन्नौजमा महिलाहरुले एक महिलाको जमेरै कुटपीट गरेका छन् । कन्नौजको तिर्वा इलाकामा ग्रीन ग्यांगका महिलाहरुले एक घरमा घुसेर २० वर्षीय महिलालाई सबक सिकाउन कुटपीट गरेका हुन् । महिला विवाहित हुन् तर, उनी माइतीघर बसेर आफ्ना छिमेकी एक युवकसँग प्रेम गर्थिन् । माइती पनि यो हर्कतबाट खुशी थिएनन् र महिलाका परिवारले नै ग्रीन ग्यांगको सहारा लिएका थिए । त्यसपछि शनिबार ग्रीन ग्यांगका महिलाहरुले लाठी र डण्डा बोकेर त्यहाँ पुगेर ती महिलालाई कुटपीट गरी गाडीमा बसाएर ससुराल (श्रीमानको घर) पठाइदिएका छन् । परिवारका अनुसार महिलाको प्रेम चक्कर छिमेकी एक युवकसँग चलिरहेको थियो । उनको विहे दुई वर्षपहिे औरैय्याको दिवियापुरमा भएको थियो । त्यसपछि उनी आफ्नो श्रीमानको घर नबसेर माइतै बस्दै आएकी थिईन् । आफ्नी छोरीको यो हर्कतबाट हैरान थिए यति मात्रै होइन् उनीहरुले दोस्रो विहेको तयारी पनि गरेका थिए । तर, यो कुरा पनि सफल हुन नसकेपछि छोरीलाई सबक सिकाउन ग्रीन ग्यांगको सहारा लिएका हुन् । स्रोत : दैनिक नेपाल


0 comments
Write Down Your Responses