ब्वाईफ्रेण्डहरुबाट पैसा उठाउँदै यसरी विदेश घुम्दै छिन युवती होसियार हुनुहोस ........

२५ वर्षकी एक अमेरिकी युवती अचम्मको यात्राका लागि इन्टरनेटबाट शुभकामना मागिरहेकी छिन् । अमेरिकाको अल्बामा बस्ने यी युवतीले आफ्नो कुनै पनि पैसा खर्च नगरी ९ देश घुमिसकेकी छिन् । मोनिका लिनले नचिनेका थुप्रै व्यक्तिसँग डेटिंग गरिन् र जवाफमा ति पुरुषहरुसँग भ्रमणका लागि सहयोग खर्च मागिन् । उनको कथा इन्टरनेशनल मिडियामा प्रकाशित भएपछि सोशल साइटमा भाइरल बनेको छ । उनले अनलाईनमा भेटिएका मान्छेसँग डेट गर्ने बताएकी छिन् । तर उनी डेट जानुअघि पुरुषको हैसियत जाँच्छिन् । उनी डेटिंगका दौरान पुरुषहरुले सेक्सका लागि दबाब नदिएको दाबी गर्छिन् । मोनिकाले गत वर्षको जनवरीदेखी डिसेम्बरको बीचमा दुबई, हंगकंग, इटली , इन्डोनेशिया लगायतका देश घुमिन् । उनी कुनै समय आर्थिक सल्लाहकारको काम गर्थिन् । तर संसार भ्रमण गर्ने उद्धेश्य राखे उनले यो पेशा छाड्ने निर्णय गरिन् । मोनिकाका अनुसार यदी आफ्नै पैसाले यात्रा गर्ने योजना बनाएको भए उनलाई पैसा जम्मा गर्न वर्षौ लाग्ने थियो । उनको यसरी यात्रा गर्ने आइडिया मिस ट्राभल नामक बेभसाइटबाट सिकिन् । यस डेटिंग साइटमा एकल व्यक्तिहरु आफ्ना संभावित डेटिंग पार्टनरसँग घुम्नका लागि पैसा खर्चन तयार हुन्छन् । रोचक कुरा, जनवरी २०१५ अघि मोनिका अमेरिका छाडेर कुनै देश घुम्न निस्केकी थिइनन् । उनले एकपटक विदेशको यात्रा थालेपछि लगातार यात्रा गरिन् ।स्रोत :http://www.pravashikhabar.com/2016/01/blog-post_98.html

0 comments

Write Down Your Responses