जड्याहा श्रीमान्ले ८ महिनाको आफ्नो गर्भवती श्रीमती सुनितालाई यसरी कुटपिट गरि हत्या गरिदिए

बुटवलका एक जड्याहाले आठ महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका छन् । शनिबार राती रक्सीने फिटान बनेर आएका ५ वर्षिय शैलेश मल्लाहले ८ महिनाको गर्भवती श्रीमती सुनितालाई कुटपिट हत्या गरेको सुनिताका आफन्तले उजुरी दिएपछि प्रहरीले अभियुक्त सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको सिपवा गाविस वडा नं। ६ बस्ने २२ वर्षिय सुनिताको हत्या आरोपमा शैलेश सहित अन्य ५ जनालाई आइतबार बिहान स्थानीय बोग्दिया घाटमा जलाउँदै गरेको अवस्थामा पक्राउ गरेको छ। २५ वर्षिय शैलेशको कुटपिटबाट मृत्यु भएकी सुनिताको गुपचुपमै दाहसंस्कार गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शैलेशसंगै सोहि ठाउँका २५ बर्षका सुरज मल्लाह, २६ बर्षका शिवदास कलवार, २७ बर्षका शिवड मल्लाह, र मृतकका ससुरा ६० बर्षका रतन मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो। स्रोत : इ ताजा खबर

0 comments

Write Down Your Responses