क्रुर बाबु जसले आफ्नै छोरीको हत्या गरी दैलामुनी गाडे

पाँच वर्षीया छोरीको हत्याको आरोपमा बाबु पक्राउ परेका छन् । बासगडी नगरपालिका–७ शङ्करिया गाउँका ३४ वर्षीय बाबु पूर्णबहादुर राजीलाई आफ्नै पाँच वर्षीया छोरी खगिसरा राजीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो । छोरीलाई कुटपिट गरेर हत्या गरी आफ्नै घर अगाडिको खाल्टोमा गाडेको आरोपमा बुबा पूर्णबहादुर राजीलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो । हत्या के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको समेत गिरीले बताउनुभयो । मृतक बालिका स्थानीय कालिका प्राविमा १ कक्षामा अध्ययनरत रहेको प्रहरीले बताएको छ । स्रोत : ओ यस नेपाल

0 comments

Write Down Your Responses