एचआइभी लागेर पनि संसार बदल्न हिँडेका अच्युत सिटौलाको दर्दनाक कथा यस्तो छ

मान्छेहरु भन्छन् एचआइभीको संक्रमण भएपछि बाचिँदैन तर म बाचिँरहेछु । लाग्छ, यी नशामा एचआइभीका जिवाणुहरु सल्बलाइरहे छन् । जीवाणुहरु एक आपसमा शरिरभरि दौडिरहेझैं लाग्छ । तर, यो आत्मालाई बलियो पार्छु । मुटु दह्रो बनाउँछु । जिन्दगीको नयाँ कलर देख्छु । सपना सजाउँछु, अझै पनि यो ३६ वर्षको बसन्तमा, जिन्दगीको नयाँ स्वरुपलाई स्विकारेर बाँचेको छु । जसरी पुस,माघपछि बसन्तमा उजाड रुखले नयाँ पालुवा हाल्छ, उसैगरी ।
हाल देशभर रहेकाएचआइभी सँक्रमितहरुको सँस्था “राष्ट्रिय एचआइभी तथा एडस् महासंघ”, नेपालको अध्यक्ष पनि हुँ, जुन संस्थाको छत्र छायाँमा नेपालभर ४० हजारभन्दा बढी एचआइभी संक्रमित व्यक्तिहरु अपनत्व महसुस गरिरहेछन् ।
मेरो रामकहानी
म अच्युत सिटौला, करिब २० वर्ष अघि अर्थात ०५२ सालमा गँगवुस्थित मनहरा माविबाट एसएलसी दिएको । जीवनको रंग बदलियो लाग्छ, समयको गीत यस्तै थियो । बावुआमाको माइलो छोरो हुँ । मध्यमवर्गीय परिवारमा हुर्केको थिएँ ।
अरु भन्दा भिन्न प्रकृतिको मान्छे थिएँ । बाटोमा हिँड्दा हिँडदै पैसा भेटिएको, धनी भएको कल्पना गर्थें । स्कुलमा राम्रै विद्यार्थीमा गनिन्थें । भनिन्छ नि, संगत गुनको फल । साथीहरुको सँगतमा सिग्रेट लिन पनि त्यहीँबाट नै शुरु भयो । पछि सिग्रेट नै मेरो लत बन्यो ‘चेनस्मोकर’ बनेँ ।
इन्टरटेन्टमेन्ट गर्न औधी रुचाउँथे, क्युरियोसिटी भएको मान्छे थिएँ । तर पूरा हुदैन थिए ती सबै सपना । परिवारप्रति चुलिदै गयो । सरस्वति क्याम्पस अध्ययनकै सिलसिलामा फ्रष्टेशन बढ्दै गयो । लाग्छ, हजारौं किशोरहरु यो उमेरमा यस्तै एक्लो महसुस गर्ने गर्दछन् ।
त्यसलाई म माया प्रेम गदर्थे । सपना देख्थें जिन्दगीको यो सँसारको उसले बिनाकारण बाहनाबाजी अर्कै अँगालेपछि ंमेरो जिन्दगीको एक हिस्सा ढलेको महसुस भयो । झन् बढी तनाबमा परेँ । कलेजमा त्यस्तै साथीहरु भेट हुन थाल्यो । समयक्रममै पहिलोपटक रक्सीको पिँए, जबकि म आफैं रक्सी खाने व्यक्तिलाई हेयको दृष्टिले देख्थें, हेर्थे । कुलतमा लत गहिरिँदै गैसकेको थियो ।
संगतले भएँ वर्वाद
जिन्दगीले कोल्टे फेरिसकेको थियो । साथीहरुको संगतमा मैले विस्तारै एकपछि अर्को तनाब हटाउने उपाय खोज्दा तनाव थप्दै गइरहेछु, भने, विस्तारै कफ सिरफ, पेनकिलर हुदै सिरिन्ज हान्नेसम्म भएँ, जति परिबारको माया पाउँथे, विस्तारै परिवारनै टाढा हुँदै गयो । साथीसँगी हुन थाले । जागिरबाट गलहत्याएँ । परिवारबाट एक्लिएँ । कलेजकै लाइफमा गायक निर्णयदाइसँग भेटभयो । सँधै गितार बोकेर हिड्ने रफटफ बन्ने एक्स्ट्रा, पश्चिमेली जीवनशैलीले कता–कता म पनि लोभ्भिएँँ । केही कुरा उहाँबाट सिकेँ, केही गुमाए पनि । कफ सिरफ लिने काम पनि उहाँबाटै सिक्न पुगेछु ।
जीवनलाई लागु औषधमा आफूलाई यसरी डुवाउँदै गएछु कि म आफूलाई अच्युत भन्ने व्यक्तिबाट धेरै टाढा बनाइसकेछु । आज यो जिन्दगीको स्थानमा उभिएर हेर्दा जिन्दगीको पोखरीको दलदलमा उभिएको पाउँछु । फेरि त्यही पोखरीबीच कमलको फुल बनेर फुल्ने प्रयासमा छु ।
छोरीको गुडिया बेचेर खाएँ
मेरो कथा बयान गरि साध्य छैन् । जन्मेपछिको जिन्दगीको मोडहरुले बिग्रने रहेछ । जन्मपछिको ६ वर्ष घर भित्रै बित्छ एक बच्चाको । त्यसपछि बाँकी लामो समय विद्यालयको सेरोफेरोमा बित्छ ।
म पनि त्यसकै सकसमा परेँ । ट्यापे/गँजडी भनेर कयौंँपटक आफ्नै टोलमा पव्लिकको (पिटाइ) खाएँ । जब नशाले चरम अवस्था लियो, हरेक दिन सिरिन्ज लिन ५/६ सयको म्यानेज गर्नुपथ्र्यो । नशा लिन नपाउँदा एकदम सिक हुन्थें/बहुलाउँथे । अनि जसको घरमा जुत्ता सुकाएर राखेको देख्यो लिएर टाप भाग्थेँ । जसको पनि मौका पाउनासाथ सर्ट, पाइन्ट, पैसा, चोर्न पछि परिन् । आफ्नो आबश्यकता पूरा गर्न घरको भात पकाउँदा/पकाउँदैको कुकर चोरेर बेचेँ एक सिरिन्जको लागि/एक डोजका लागि । भाउजुको गहना चोरेर पनि बेचेँ । सायद घरले कति कुरा चाल पाए कति पाएनन् । दाइको जुत्तादेखि आमाको थैली मैले केही भनिन् । कहिलेकाँही श्रीमतीलाई माया गरेर गहना किनेर ल्याइदियो, लुगा फाटो किनेर ल्याइदियो पछि ड्रक्स लिन नपाउँदा त्यही गहना चोरी बेचेर खाइदिन्थे ।
त्यस समयको बयान गर्न सकिन्न छोरीलाई किनेर ल्याइदिएको गुडिया समेत बेचेर खाएको छु, लागुऔषध यस्तो चिज रहेछ जहाँ फसेपछि आफ्नै जीन्दगी भुलेर हिड्दो रहेछ जीन्दगी ।
कमैको हुन्छन मेरो जस्तो ‘महान’ श्रीमती
तर पनि मेरी श्रीमतीले मेरो जीन्दगीको ख्याल राखीरही । मेरो सपना मनमा पालीरही । मलाई विश्वासमा बाँधीरही । घर व्यावहारको हरेक कुरामा साथ दिइरही । यहाँ कयौँका श्रीमतीहरु आफ्नो घरलाई घर ठान्दैनन् । लोग्नेको कमाइ कम हुदा मात्र पनि छोडेर हिडिदिन्छन् । सौखिन श्रीमतीहरु कसैको जीवनको सहारा सहयोगी र सुधार गर्न आएका हुदैनन् । झन लोग्ने ड्रगिष्ट छ/एचआइभी छ भन्ने थाहा पाउँदा उसले कति घुणाले जलेर मर्छ । घरबारको कुरा त परै जाओस तर, मेरी श्रीमती यो संसारको सवैभन्दा भिन्न छे । हो, यस कारण म रिहाब सेन्टरमा आइपुगें र जीवनलाई सुधार्ने मौका पाएँ । ड्रक्स लिन नपाएर बेहाल हुँदा पनि उसको थोरै कमाइमा छुटाएर खुवाउँथी, सुझाव दिन्थी । कुलतबाट टाढा बनाउने चेष्टा गर्थी । उ भन्थी– तपाई यो समाजमा माया नपाएर हो, म सुधार्छु भन्थी । सायद हामी ३६५ दिनमा करिव २ सय दिनहरु त अदलबदल गरीआधा पेट खाएर अथवा भोकै पनि विताइएका/बितेका क्षण छन् ।
आवादीको बाटोमा
०६० साल तिर आइपुगेँ नवकिरण पुनः स्थापना सेन्टरमा । तब मात्र थाहा पाएँ कि यो दुव्र्यसन भनेको एउटा रोगको लक्षण रहेछ । नशा लिनु पनि एउटा रोग लक्षण भित्र रहेछ । जब मान्छे आफूमा समाज परिवारदेखि असुरक्षित महसुस गर्दछ, विस्तारै कुलतमा फस्दै जाने रहेछ । र यसको सहि उपचारमा मान्छे निको हुने रहेछ । जसरी आज म निको हुदै छु । हिजो ७४ केजीको मान्छे ४८ केजी सम्म पुगेको थिँए । खोष्टा जस्तै भएको थिएँ । सम्झिदा अहिले कहाली लाग्छ ।
कहिलेकाँही पुरै रात पनि “डेथ पिक्चर” देख्छु/फेरि सम्हालिन्छु । आखिर जीन्दगी कसको भर छ र, जसरी मेरो जीन्दगीले भर गुमाइरहेको छ । तर पनि आत्मबल कमजोर छैन । संसारमा मान्छेको बल भनेकै यहि रहेछ । जव म विस्तारै सुध्रिदै गएँ, मेरो दिमागमा यसरी चुरोट/रक्सी हुदै गाजाँ/चरेस, ब्राउनसुगर खाने ड्रगिस्टहरुको अनुहार झल्झली आउन थाल्यो । समाजमा केही गर्नुपर्दछ, भन्ने लाग्यो । गुहजिल्ला नुवाकोटबाट नै यसको सुरुवात गर्न लागि परें ।
छिःछि र दुरदुरको सामना
मिडियामा आफूलाई एचआइभि संक्रमित व्यक्ति भनेर एक्सपोज गरें । शुरुमा गाउँघरमा एचआइभी लागेको व्यक्ति भनेर कतिले छिः छि गरे । कतिले मैले छोएको खान मानेनन् । यस्ता उदाहरण कति छन् कति एक पटक डाक्टर आफैं मलाई छुन मानेन उपचार गर्न चाहेन । यहाँ डाक्टर आफैं अशिक्षित अक्षुत व्यवहार गर्दछ भने अरुको के कुरा । हजामकोमा कपाल काट्न जान पाइएन । यसरी सार्वजानिक क्षेत्रमा निर्धक्क हिड्न नसकिएको क्षण कयौं छन् । यो समाज अझै धेरै पछि परेको छ ।
यहाँ एचआइभी सँक्रमितको नाममा पैसाको खोला बगाउँछन । कागजी बाघ देखाएर सबै आफैं लिन्छन् । सन् २००४ देखि राजिब काफ्लेसँगै एचआइभी सँक्रमित व्यक्ति समाजमा खुलेर देखिन थाले । जुन बेला डोनरहरुलाई सँक्रमित व्यक्तिको फेस चाहिएको थियो । करिब ४० हजार संक्रमित सार्वजनिक भएका छन् । सँक्रमितहरुका लागि मासिक ६०० डलर भन्दा बढि मूल्यको औषधि खानुपर्दछ । त्यही नपाएर कति साथीहरु मृत्यु कुरिरहनु परेको अवस्था छ । एड्स रोगथामको नाममा दातृ निकायसँग तिकडम गर्ने चलन वढ्दै गइरहेको छ ।
हाइडोजका औषधिहरु एकपटक छुटाउँदा पुरै शुरुवात गर्नुपर्ने स्थिति हुन्छ । फेरि यि औषधिको साइड इफेक्ट देखिन बाँकी नै छ । संक्रमितहरुमा लिभर ड्यामेज, कलेजो फेल जस्ता देखिन थालिसके । यसको अध्ययन कसले गर्ने ?
विदेशी डोनरले एक दिन पनि औषधिका लागि पैसा रोकिदिने हो यी औषधी खुवाउन सक्ने खुवी राज्यसँग छैन । सन् २०१६ देखि डोनर घटदै छन् । राज्यको २०३० सम्म ९० प्रतिशतलाई उपचारमा ल्याउने, त्यस्तै नयाँ सँक्रमण दर पनि त्यति नै घटाउने टार्गेट कसरी पुरा होला ? कहिलेकाँही सोच्छु । यहाँ हजारौं निमुखा बालबालिका, देशका कर्णधार भनिएका युवा मृत्युसँग पौंठेजोरी खेलिरहेका छन् ।
प्रस्तुतिः हरि गजुरेल / दैनिक नेपाल

0 comments

Write Down Your Responses