म रोए कराए तर सुनिदिने को नै थियो र ! म मरेको होइन मलाई यो समाजले मारेको हो

सबै जनाले पढ्नै पर्ने कथा ।। दिनभरी भारी बोकेर होला म निकै थाकेको थीए । सायद सानो देखेर होला मलाई साहुले मात्र ५० रुपिया दिनु भयो । १५ रुपैयाँको एउटा चाउचाउ खाजा खाए । साँझको बेला थीयो त्येसैले निकै जाडी भयो । शरीरमा एक जोडी कपडा मात्रै थीयो । म जाडोले काम्दै थिए । अगाडी एउटा चिया पसल थीयो । मैले चिया पसलको दाई सँग चीया मागे तर त्यो दाईले त उल्टै लखेट्नु भयो । मैले चिया सित्तैमा मागेको थिईन, के गरिबले पैसा तिरेर पनि खान नपाउने यो देशमा ?? त्येतीकैमा झमक्क रात पर्यो । रातीको खाना खाने बेला भयो । मसंग पैसाको नाम मा जम्मा ३५ रुपैयाँ थियो । जुन पैसाले भात खान पुग्थेन । निकै जाडो थीयो । चिसो हाबा चलीरहेको थियो अनी म सडकको छेउ मा काम्दै बसेर के खाने मनेर सोच्दै थिए । जाडी पनी निकै थीयो र भोक पनी निकै लागेको हुनाले मैले चिया र पाउरोटी खाने बिचार गरे । एउटा पसलमा गएर पैसा दिए र त्येसको चिया पाउरोटी मागे । मालाई त्यो दाईले पल्लाटीक को कप मा चिया दिनु भयो र हातमा पाउरोटी दिएर बाटोको छेउमा बसेर खा भन्नुभयो । के गरीबले पसल भित्र बसेर खान पनी नपाउने ?? आँफु सानो भएकाले म चुप लागेर बाटोको छेउमा बसेर खाए । अली अली अगाए जस्तो भयो तर थप खानको लागी पैसा थिएन त्येसैले त्येतीमा नै चित्त बुझाए । अब खान त खाईयो सुत्ने काहाँ ! अरु दिन जस्तै बाटोको पेटीमा सुत्ने तयारी गदै थिए । बोरा ओडेर सुत्ने गर्थे मा । तर आज मैले राखेको बोरा धनी मानी हरुले आगो ताप्न पोलीदिएछन् । अब त्येतीकै सुत्ने भन्दा अरु बिकल्प थिएन । ईट्टाको सिरानी राखेर खुल्ला अकाश मुनी सुतीयो । राती सित परेर चिसोले अफ्नो शरीर पन अर्काको जस्तो लाग्दै थियो त्येसपछी केही थाहा पईन । भोली पल्ट बिहान भयो, मेरो आँखा खुल्यो । मलाई त धेरै मानीसले धेरेका रहेछन । एकैछिन डर लाग्यो अनी म उठेर हिडे । मलाई कसैले बाटो छेडेनन् । पछाडी पर्कीएर हेरेको त अचम्म मा परे , कीनकी म जस्तै माछे पछाडी सुतिराखेको रैछ । यता उता मनिसलाई सोध्य, त्यो मान्छे को हो अनी यती बेलासम्म किन सुति राखेको ? कसैले जवाफ दिएनन् । एक छिन मा पुलीस पनी आए । पुलिसलाई पनी त्यही प्रश्न गरे । कसैले पनि वाश्ता गरेनन् । मले उनीहरुको खुट्टा समात्न खोजे । अरे मरो हात त उनीहरुको खुट्टा बाट छिर्यो । म आतिन थाल्ये । यो मलाई के भयो । उता एउटा मन्छेले पुलीसलाई भन्यो : म बिहानै आउँदा यो मरिसकेको थियो । सायद राती चिसोले मरेको होला । यो सुनेर म आकाश बाट खसेको जस्तो भए । केहि बेरमा मेरो लास उठाएर लगियो । म रोए कराए तर सुनिदिने को नै थियो र ! म मरेको होइन मलाई यो समाजले मारेको हो र म जस्ता कयै मारिदै छन् । स्रोत : दैनिक संजाल ( फेसबुक )

0 comments

Write Down Your Responses