श्रीमान विदेश गएको बेला अरुसंग सम्बन्ध राख्दा यस्तो हालत .....

कसैले मिठो कुरा गरेर जवानीसँग खेल्न खोज्दैछ भने होसियार हुनुहोस् । आफन्त, परिचितको भर परेर तन मन सुम्पिएमा जीन्दगीभर पछुताउनुपर्ला । कास्कीको लेखनाथ नगरपालिका १८ भरतपोखरीकी २० वर्षीय एक युवती यतिखेर झुटो पिरतीको पछि लाग्दा तीन महिने शिशुसँगै घरन घाटकी बनेकी छन । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । पति वैदेशसिक रोजगारीमा पुगेको बेला छिमेकी युवाको रमाइलो कुराको पछि लागि जवानी सुम्पेकी उनी अहिले न्यायको लागि भौतारिँदै हिँड्नु परेको छ । पीडितका अनुसार भरतपोखरीकै २४ वर्षीय मदन लामिछानेले मायाँ गर्छु विवाह गर्छु भन्दै वाचा गरेर गर्भवती बनाएपनि बच्चा जन्मिएपनि अस्वीकार गरेपछि उनको यस्तो हालत भएको हो । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses