यस्तो छ माग्नेको कथा जसको ब्यांकमा छ करौडौ रुपैया

नेपाली शब्दमा भन्ने हो भने सडकमा मागेर बस्ने माग्ने । फूटपाथमा बसेर मागेर गुजारा चलाउने मान्छे । कत्ति होला उसको सम्पति ? सोच्नुभयो होला, सम्पत्ति भएको भए कोही माग्न बस्छ ! तर तपाईं बिलकुल गलत हुनुहुन्छ । ऊ त करोडपति हो ।भारतको पटना निवासी पप्पु कुमारबारे सुनेपछि फूटपाथमा बसेर माग्नेहरुप्रति तपाईंको धारणा नै बदलिन सक्छ । ऊसँग ३ वटा बैंकमा खाता छ । ती खाताहरुमा गरी जम्मा १ करोड २५ लाख भारु ब्यालेन्स । साथै १० लाख रुपैयाँ क्यास पनि ।
उसको यस्तो बलियो आर्थिक अवस्थाबारे तब खुलासा भयो, जब आरपीएफ (रेलवे सुरक्षा बल)ले त्यस क्षेत्रमा रहेका भिखारी हटाउने अभियान थाल्यो । सुरक्षा बलले उसको साथबाट ४ वटा एटीएम कार्ड बरामद गर्यो  । साथै १० लाख रुपैयाँ क्यास पनि ।
बैंकहरुबाट ब्यालेन्स सर्टिफेकट मगाउँदा त सुरक्षाकर्मीहरुको होसहवास उड्यो । उसको खातामा १ करोड २५ लाख भारु बचत रहेछ । उसले स्थानीय व्यापारीहरुलाई ब्याजमा पैसासमेत लगाएको खुलेको छ ।
साथै सोधपुछका क्रममा यो पनि पत्ता लाग्यो उसको वास्तविकता आम माग्नेहरुको भन्दा बिलकुल फरक रहेछ । पढेलेखेको कुमार माग्ने बन्नुअघि इञ्जिनियर बन्न चाँहदो रहेछ । तर परिस्थितिले उसलाई सडकमा पुर्याईदियो ।

0 comments

Write Down Your Responses