फेसबुकबाट पूर्व मिस नेपाल माल्भिकाले भनिन् ‘मेरो पेटमा साढे ५ महिनाको बच्चा हुर्कदै छ'

पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू साढे ५ महिनाको गर्भवती भएको खुलासा गरेकी छिन् । बुधबार सामाजिक संजालमा स्टाटस लेख्दै माल्भिकाले भनेकी छिन् हामी दुई बुढा बुढीले बिहेको ५ वर्षपछि सन्तान सुख प्राप्त गर्ने निर्णय सहित आज स्टाटस लेख्न पाउँदा निकै खुशी लागीरहेको छ । माल्भिकाले इन्स्ट्राग्राममा श्रीमान् र आफ्नो तस्बिर समेत पोष्ट गरेकी छिन् । आफ्नो पेटमा स्वस्थ बच्चा हुर्कदै गरेको जनाएकी माल्भिकाले हालको अवस्थाको तस्विर सार्वजनिक गरे लगत्तै शुभकामनाको ओइरो लागेको समेत उल्लेख गरेकी छिन् । स्रोत : ओ यस नेपाल

,

0 comments

Write Down Your Responses