श्रीमतीका लागि पुरै जीवन त्याग गरे यि बृदाले यस्तो छ उनको दुख लाग्दो कथा

प्रेम भन्ने शब्द सुन्ने तथा जान्ने धेरै छन् तर, यसलाई गर्नजान्ने निकै कम हुन्छन् । भनिन्छ प्रेम भनेको प्राप्ति मात्र होइन् समर्पण पनि हो र यो भनाईलाई शिरोधार्य गरेर केही मानिस प्रेम प्राप्तिका लागि पुरै जिन्दगी समर्पण गर्छन् ।
तर, यहाँ एक वृद्धले रेकर्ड कायम गर्दै प्रेम प्राप्तिका लागि अहिलेसम्म आफ्नो जीवन श्रीमतीका नाममा समर्पण गरेका छन् । चीनका ८४ वर्षीय दू युआंफा अहिले पनि आफ्नो जीवन श्रीमतीकै लागि खर्चिरहेका छन् । उनी पछिल्लो ५६ वर्षदेखि बिस्तरामा (प्यारालाइसिस) थलिएकी आफ्नी पत्नी जोउ यूआईको हेरचाँह गरिरहेका छन् । २० वर्षको उमेरमा उनकी पत्नीको पुरै शरीर नचल्ने भएको थियो ।
पत्नीका लागि जागिर पनि छाडिदिए 
युआंफा यतिका वर्षदेखि मात्र आफ्नी श्रीमतीको हेरचाँह गरिरहेका छन् । जोउको हेरचाँहमा उनले कुनै कमी गरेका छैनन् । त्यसकारण उनले आफ्नो जागिर पनी छाडे । पूर्वी चीनको सुनजियाऊमा बस्दै आएका युआंफाले पत्नी थला परेको केही महिनापछि १९५९ मा बतौर कोइला खानीबाट जागिर छाडेका थिए ।
केही महिना पहिला भएको थियो विवाह
जून समयमा जोउ थला परिन त्यो समयभन्दा पाँच महिना पहिला मात्रै दुबैको विवाह भएको थियो । युआंफा नजिकैको सहर ताइआनमा कोइला खानीमा काम गरिरहेका थिए र त्यही बेला उनको नाममा एउटा चिट्ठी आयो । जसमा उनकी पत्नीको स्वास्थ्य अवस्था ठीक नभएको र बिस्तराबाट उठ्न सकिरहेकी छैनन् भनेर लेखिएको थियो । जब उनी घर पुगे तब उनले थाहा पाएकी जोउको पूरै शरीर थला परेको छ र उनी आफ्नो हातले कुनै पनि सामान उठाउन सक्दिनन् । युआंफालाई डाक्टरले बताए की उनकी पत्नी अब पुरै जिन्दगी बिस्तराबाट उठ्न सक्ने छैनन् । जब जोउको पुरै शरीरले काम गर्न छाड्यो त्यसपछि युआंफाले पुरै जिन्दगी पत्नीको हेरचाँहमा समर्पण गर्ने निर्णय लिए ।
दोस्रो विवाह गर्न साथीहरुको प्रस्ताव अस्वीकार 
साथीहरुले दोस्रो विहे गर्न र जिन्दगीलाई नयाँ तरिकाले अगाडि बढाउन दिएको सुझाव उनले मानेनन् । त्यसपछि उनले आफ्नो जागिर छाडेर दिन–रात पत्नीको हेरचाँहमा लागे ।
पत्नीको उपचारका लागि युआंफाले के–के गरेनन् ?
आफ्नो र पत्निको पेट भर्न पछिल्लो ६ दशकदेखि युआंफा खेतीकिसानी गरिरहेका छन् । उनी जोउलाई आफै खाना खुवाउछन् । उनको बेडपैन बदल्छन्, कपडा बदल्छन् र हरेक सानो–सानो कुराको ख्याल राख्छन् युआंफा । उनले पत्नीलाई ठीक पार्न र उपचारका लागि धेरै उपाय अपनाए, कैयौं आयुर्वेदिक औषधि खुवाए, डाक्टर र अस्पतालहरु पुगे तर, सफल भएनन् । आज पनि यदि उनलाई पत्नीको रोग ठिक गर्ने उपाय बताए युआंफा पहाड़हरुमा पुगेर आफै जड़ीबूटि खोज्न पुग्छन् । र पहिला आफू चाखेर फेरि श्रीमतीलाई खुवाउँछन् । किनकि जडीबुटीमा विषादी हुनसक्छ ।
छिमेकी र स्थानीय प्रशासनले युआंफालाई गरिरहेको छ सहयोग
युआंफाले आफ्ना छिमेकीलाई यति प्रभावित पारेका छन् कि हरेक मानिस उनलाई सहयोग गर्न चाहन्छन् । छिमेकी र मित्रहरु अधिकांश घरमा आवश्यक समाग्री र औषधि बोकेर आउने गर्छन् । चीनको स्थानीय प्रशासनले पनि यो जोडीलाई चाँहिने अतिआवश्यक आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यो जोडी प्रेममा त्याग कसरी गर्ने भनेर सिकाएको सरोकारवाला बताउँछन् ।
स्रोत : दैनिक नेपाल 

1 comments

woowwwwwwwwww he is great

Write Down Your Responses