लोडसेडिङ फेरि बढ्यो (हेर्नुहोस तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले आइतबार बेलुकी सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ९१ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्ताको ८६ घन्टा लोडसेडिङ हुँदै आएको थियो । तर प्राधिकरणले घोषित समयभन्दा पनि दैनिक एक–ढेड घन्टा बढी लोडसेडिङ गर्दै आएको थियो ।प्राधिकरणले निकालेको नयाँ तालिका अनुसार अब हरेक दिन १३ घण्टा बत्ती आउने छैन । नदीमा पानीको सतह घटेकाले विद्युत उत्पादन बढ्न नसकेको तथा विद्युतको माग बढेकाले लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ । स्रोत : हरपलको खबर

0 comments

Write Down Your Responses