गायिका खत्रीको यस्तो छ सेक्सका विषयमा नयाँ टिप्स

विगत ५/६ वर्षदेखि गीतसंगीतको क्षेत्रमा लागेकी सिर्जना खत्रीलाई विहेको प्रस्ताव आएर हैरान छ । गीतसंगीतमा लागेकी खत्रीलाई मनपराउनेहरुको कुनै कमी छैन ।
उनलाई भेट्ने र देख्नेहरुले प्रेमको प्रस्ताव राख्न भ्याइहाल्ने गरेको सुनाइन् । ‘म कुनै प्रोग्राममा गए भने शुभेच्छुकहरुले धेरै माया गर्नुहुन्छ’, उनले भनिन्, ‘केटा साथीहरुले त प्रमको प्रस्ताव राख्नुका साथै विहे गरौँ भनेर भन्ने गर्नु हुन्छ ।’
तत्काल विहेको कुनै सोँच नबनाएकी गायिका खत्रीले गीत संगीतमा आफ्नो करियर बनाएर मात्रै घरजम गर्ने योजनामा छिन् । कस्तो व्यक्तिलाई पति बनाउने हो ? भन्ने जिज्ञासामा गायिका खत्रीले भनिन्, ‘मलाई म्याच्युअड व्यक्ति मनपर्छ । किन भने उसले जीवन के हो भनेर बुझेको हुन्छ । आफ्नो समूहको केटासँग विहे गरियो भने उसले जीवन बुझेको हुँदैन । दैनिकी काट्न झन्झट् हुनसक्छ । मेरो विहे म्याचयुअड व्यक्तिसँगै हुन्छ ।’
फेसबुक र इन्स्टाग्राम चलाउन गायिका खत्रीलाई म्यासेज बक्सहरुमा सेक्सी र भल्गर म्यासेज गरेर हैरान बनाउनेहरु पनि रहेको उनले सुनाइन् । भनिन्, ‘गलत मनसायले म्यासेज पठाउनेहरुलाई अनफ्रेनड गर्ने गरेकी छु । राम्रो म्यासेज गर्ने शुभेच्छुकहरुलाई जवाफ पठाउने पनि गर्छु ।’ सेक्सी र भद्दा म्यासेज पठाउनेहरु कतिलाई त उनले ब्लकसमेत गरेकी रहिछिन् ।
विशेष गरेर आफ्नो डिमान्ड महोत्सवहरुमा हुने गरेको गायिका खत्रीले बताइन् । आफूलाई स्टेजमा लाइभ गीत गाउन मन पर्ने उनले बताइन् । दुई दशक पार गर्दै गरेकी खत्रीलाई मोडलिङ र नायिका बन्ने कुनै रहर छैन । ‘मेरो सोख भनेको राम्रो गायिका बन्ने हो’, उनले भनिन्, ‘आफूलाई मन परेको क्षेत्रमा प्रवेश नगर्दा नै राम्रो हुन्छ ।’ गायिका खत्रीको रुप कुनै मोडलभन्दा कम छैन । उनलाई मोडलिङका लागि पनि प्रस्तावहरु आउने गरेका छन् । तर ती सबै प्रस्तावलाई खत्रीले अस्वीकार गर्ने गरेकी छिन् । मोडलिङ आफ्नो पेशा नरहेको भन्दै गायिका खत्रीले भनिन्, ‘मेरो तीर्खा गायन क्षेत्र हो ।’
लभस्टोरी फिल्म हेर्न रुचाउने गायिका खत्रीसँग ब्वायफ्रेन्डको कमी रहेछ । ‘म खाली छु । मेरो ब्वायफ्रेन्ड छैन’, उनले भनिन्, ‘प्रेम प्रस्तावहरु धेरै आए पनि स्वीकार गरेकी छैन ।’
सेक्सका विषयमा खुलेर कुरा गर्न नहिच्किचाउने गायिका खत्रीलाई सेक्सको विषय खासै नौलो लाग्दैन । उनले भनिन्, ‘केटा र केटीको मन मिल्छ भने सुरक्षित सेक्ससम्बन्ध राख्न सक्छन् । तर म यो विषयमा धेरै सचेत छु । विहेभन्दा अगाडि सेक्स नगरेकै राम्रो । यो सुझाव सबैलाई दिन चाहन्छु ।’ उनले सेक्सलाई धेरै नदबाउन पनि युवा पुस्तालाई सुझाव दिएकी छिन् ।
अञ्जु पन्त, प्रमोद खरेलको स्वर मन पराउने गायिका खत्रीलाई कालीप्रसाद बास्तोला, अर्जुन पोखरेल आदि संगीतकार मन पर्छन् । विशेष गरेर उनले अञ्जु र प्रमोदका गीत धेरै सुन्ने गरेको बताइन् । अरु धेरै कलाकारको स्वर मन परे पनि अञ्ज र प्रमोदको स्वरमा आफूले अलि धेरै मनोरञ्जन पाउने गरेको उनले सुनाइन् ।
स्रोत : दैनिक नेपाल 

,

0 comments

Write Down Your Responses