आठ वर्षिया बालिका आफ्नो पिताको कृयापुत्रीमा

सलकपुर (मोरंग)– छोरा नभए आफु मरेपछि कृयापुत्री बस्ने कोही हुन्न भन्ने नेपाली समाजको रुढीवादी मान्यतालाई तोड्दै एक आठ वर्षिया बालिका आफ्नो पिताको कृयापुत्रीमा बसेकी छिन् ।
मातापिताकी एक्लि सन्तान कोशीहरैँचा–९ सलकपुरकी विकिना राउतकी पिताको ११ दिन अघि निधन भएको थियो । काठमाडौको जवलाखेल स्थित लिटल एन्जल्स बोर्डिंग स्कुलमा ३ कक्षामा पढ्ने उनले कसैको दवावमा नपरी आफै बुवालाई दागवत्ति दिइन् । साथै १३ दिनको काजक्रियामा समेत आँफै सामेल भइन् । छोरा नभएको परिवारमा छोरीले समेत आमा बाबुको काजक्रिया गर्न सकिन्छ भनेर आफुले बाबुको काममा बसेको बिकिनाले बताइन । उनले आफुले यसरी काममा बस्दा बाबुले स्वर्गमा बास बस्न पाउने समेत बताउछिन ।
उमेरमा सानी भएपनि बिकिनाले बुबाको शबलाई दाहसस्कार गर्ने बेलमा समेत कपाल मुण्डन गर्नका लागि रुदै जोड समेत दिएको परिवारले बतायो । उनले काजक्रियामा बस्दा अपनाउनुपर्ने सम्पुर्ण बिधिमा समेत सामेल भएको देखेपछि स्थानियका लागि उदाहरणिय विषय बनेको छ ।
नेपाल प्रहरीको सेवामा रहेका उनका पिता सितारामको ४० वर्षको उमेरमा जण्डिसले निधन भएको हो । उनकी आमा वविता समेत नेपाल प्रहरीको सेवामा कार्यरत छिन् । आमा वविताका अनुसार छोरीलाई वावुको काम गर्न कुनै दवाव दिइएको होइन । बाबुको देहान्त पश्चात आफुले अन्तिम सँस्कार गरे स्वर्गमाबास हुन्छ भन्दै छोरीले वावुको कर्ममा वसेको देख्दा आफुलाई नै आश्चार्य लागेको आमा वविताले बताइन ।
८३ वर्षिय हजुरवुवा लालबहादुर राउतले समेत नातिनीले छोराको कर्म गरेकोमा पहिले आश्चर्य लागे पनि सबैले ठिक गरि भनेको सुन्दा खुसी भएको बताए । समय परिवर्तन भइसकेको हुँदा अव छोरा नहुँदा कसले कर्म गर्ला भन्ने पीर नरहेको उनले बताए । मृतकको कर्म चलाउन तीथि गर्दै आएका परोहित खेमराज लम्सालले समेत छोरी कर्ममा वसेको सुनेको तर ति सानो उमेरमा परिपक्क कुरा गर्ने छोरी नदेखेको बताए ।
उनले शास्त्रमा छोरी क्रियामा वस्ने उल्लेख नगरे पनि समयको माग अनुसार वावु वा आमाको क्रियामा छोरी वस्नु अव नौलो नभएको सुनाए । स्थानिय समाजेवी, मोरङ पयाप्सनका अध्यक्ष टिका ढकालले वषैं देखि चलिआएका पुरातन सोचहरुलाई परिवर्तन गर्नु आवश्यकता रहेको औल्याए । उनले भने ‘छोराको आशामा धेरै सन्तान जन्माउने परिपाटीको अन्त्य हुन यस्ता उदाहरणिय कामले मदत पुग्छ ।समाज लाई रुपान्तरण गर्न को लागि यी छोरिले उदाहरण साबित गरेकि छिन ।।।सक्दो सेयर गरिदिनु होला!!!
स्रोत : सत्य खबर . कम

0 comments

Write Down Your Responses