नदीमा डुबेको बच्चालाई यसरी बचायो पुरा भिडियो सहित हेर्नुहोस्
भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >>
भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >>
६ दिने भ्रमणका क्रममा दिल्लीमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई तर्साउने गरी एउटा विवादित विषय उठाउनुभएको छ ।
शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा ओलीले १९५० को सन्धि पुनरावलोकनको प्रस्ताव गरेको दिल्लीमा रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा भएको नेपाल–भारतबीचको द्विपक्षिय वार्तामा यो विषयसँगै प्रधानमन्त्री ओलीले कालापानी र सुस्तामा नेपाली भूमी अतिक्रमण भएको कुरा पनि उठाउनुभएको थियो ।
नेपाल–भारतबीचको द्विपक्षिय वार्ता
ओलीले विवादित विषय उठाएपछि भारत गम्भीर बनेको छ । यद्यपी भारतीय प्रधानमन्त्री मोदीले सकारात्मक प्रतिक्रिया दिएको रिमालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस विषयमा भारतीय पक्षबाट पनि आफ्ना कुरा प्रष्ट रुपमा आएका छन् । दुई देशबीचको नवगठित प्रबुद्ध व्यक्तिको समुहमा लैजाने विषयमा छलफल भएको छ । अब यो मुद्दा अगाडि बढ्छ ।’
१९५० को सन्धिको पुनरावलोकन गर्न भारतीय पक्षले आफूहरु तयार रहेको भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन आग्रह समेत गरेको रिमालको भनाई छ । राजकीय सम्मानका साथ भारतको भ्रमणका गएका ओली असमान सन्धि भएको ६५ वर्षपछि पुनरावलोकन मुद्दा उठाउने पहिलो प्रधानमन्त्री बन्नुभएको छ ।
यसैगरी द्विपक्षिय वार्तामा भारतले विभिन्न स्थानमा बनाएका बाँधले उत्पन्न गरेका समस्याको विषयमा पनि छलफल भएको छ । अन्य समस्याहरुमा पनि ओलीले मोदीको ध्यानाकर्षण गराउनुभएको प्रमुख सल्लाहकार रिमालले बताउनुभयो ।
स्रोत : दैनिक नेपाल
पोखरा, २८ माघ । “पश्चिमाञ्चलको पहिचान समाज रुपान्तरणमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ पोखराबाट संचालन भएको फेवा टेलिभिजनले छोटो समयमा पोखरेली र पश्चिमाञ्चल बासीको मन जितिसकेको छ ।
गत बैशाख १२ गते को विनाशकारी भुकम्प होस या कालिगण्डकी थुनिएको घटना यस्ता जोखिम पत्रकारीता मार्फत जनतालाई सुसुचित गरेकै कारण फेवा टेलिभिजन र यसका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामराम्यान सन्दिप खनालले हेमसुनिल जोखिम पत्रकारीता पुरस्कार जितेको हो भन्दा फरक पर्दैन । जुन पुरस्कार मोफसलमा पहिलो पटक उनिहरुले प्राप्त गरेका थिए ।
यसैबिच पछिल्लो समय पोखरामा हत्या भएकी नेहा पुनको विषयले अहिले पोखरा र पश्चिमाञ्चल मात्र होइन देशभर चर्चा पाएको छ । प्रहरीले हत्यारा सार्वजनिक गर्यो तर अनुसन्धानको विषयलाई लिएर आफन्तहरुले अझै शंका गरिरहेका छन् र निश्पक्ष छानविनको माग गरिरहेका छन् । यसै सन्दर्भलाई लिएर फेवा टेलिभिजनले नेहा हत्याको विषयमा एक विशेष कार्यक्रम प्रस्तुत गर्यो जुन अति सान्दर्भीक र अति मर्मस्पर्शि थियो ।
त्यसै कार्यक्रममा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले नेहाकी आमा सँग कुराकानि गरे । उनले आफ्नी नेहालाई सम्झिरहेकी छन् । उनी भन्छिीन्–“जसरी त्यसले मेरी छोरी मार्दियो मैले पनि त्यसलाई त्यसै गरि मार्न पाउँ ।”
कुराकानिको केहि अंश यहाँ प्रस्तुत गरेका छौँ । छोरी गुमाउदा एउटी आमाको व्यथा, हेर्नुहोस भिडियो ।
स्रोत:समाचारपाटी,
बाराक ओबामा चढ्ने कारको विषयमा थाहा नभएका १० कुराहरु, जुन सुनेर तपाई दंग पर्नुहुन्छ |
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् >>
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् >>
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन निमोनिया र ज्वरोका कारण भएको उपचारमा संलग्न चिकित्सक डा.करबीरनाथ योगीले जानकारी दिएका छन् ।
सभापति कोइरालाको उपचार र पछिल्लो स्वास्थ्य अवस्थाका विषयमा जानकारी दिँदै डा.योगीले कोइरालाको निधन निमोनियन र ज्वरोबाट भएको बताउनुभयो । ‘सभापति कोइराला बिगत तीन दिनदेखि बिरामी हुनुहुन्थ्यो’, डा.योगीले भन्नुभयो, ‘हिँजो (सोमबार) उहाँ (कोइराला)ले बिहान र दिउँसो खानेकुरा खानु भएको थियो ।’ केही दिनअघि मात्रै कोइरालालाई शहीद गंगालाल हृदयरोग केन्द्रमा लगेर पनि उपचार गराइएको थियो ।
‘तीन दिनदेखि बिरामी हुनुहुन्थ्यो । निमोनिया र ज्वरो आएको थियो । तीन वटा एन्टिबायोटिक दिएका थियौँ । सोमबार बिहान खाना खानुभयो । दिउँसो पनि खाना खानु भएको हो । दिनभरि राम्रो थियो । राति साढे नौ बजेदेखि अहिल गाह्रो भयो । साढे दस बजेदेखि झनै गाह्रो भएको थियो’, डा.योगलीले भन्नुभयो ।
डा.योगीले अगाडि भन्नुभयो, ‘सभापति कोइरालाको फोक्सो क्यान्सरले बिग्रिसकेको थियो । निमोनिया र अन्य रोगले पनि पूरा औषधि दिन सकिएको थिएन । महाराजगञ्जस्थित निवासमै सबै उपचार भइरहेको थियो । हामीले आवश्यक सबै चेकजाँच गरेका थियौँ ।’
साढे दस बजेदेखि सभापति कोइरालालाई धेरै साह्रो भएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै निधन १२ बजेर ५० मिनटमा निधन भएको डा.योगीले बताउनुभयो । ‘उहाँको निवासमै उपचार भइरहेको थियो’, उहाँले भन्नुभयो, ‘अस्पताल लैजान खोज्दाखोज्दै निवासमै निधन भयो ।
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ ।
सभापति कोइरालाको सोमबार मध्यराति १२ बजेर ५० मिनटमा निधन भएको हो ।
उहाँको निधनको कारण खुलेको छैन । स्रोतका अनुसार सभापति कोइरालालाई केही दिनदेखि निवासमा अक्सिजन दिएर राखिएको थियो ।
काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा कोइरालाको निधन भएको कांग्रेस नेता डा.शेखर कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जनाएका छन् । उहाँको निधनका विषयमा धेरै जानकारी आइसकेको छैन ।
यसैबीच, कोइरालाको निधनको खरबर थाहा पाउनेवित्तिकै कांग्रेसका शुभेच्छुक, आफन्त र नेताहरू महाराजागञ्ज जान थालेका छन् । कोइराला निवासमा मध्यरातिदेखिनै भिड लागेको छ ।
पोखरा, २५ माघ । घटना भएको हप्ता दिनपछि प्रहरीले मगर चलचित्रको नायिका समेत रहेकी योरुना पुन ‘नेहा’का हत्यारालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा पत्रकार सम्मेलन गरी १९ वर्षीय नेहाको हत्यामा संलग्न नाताले धर्म दाई पर्ने २१ वर्षीय सतिश नामका कृतन खड्गीलाई सार्वजनिक गरेको हो ।
पोखरा ९ नयाबजारका गेम हाउस संचालक सतिशले यौनसम्पर्क गर्न प्रस्ताव राख्दा नेहाले नमानेपछि हेलमेटले हिर्काएर बेहोस बनाई शारीरिक सम्पर्क राख्न खोजेको अनुसन्धानमा खुल्न आएको छ । तर, नेहाको टाउको र नाकबाट रगत बगेको देखेपछि उनी भागेको देखिएको छ ।
यसरी भयो घटनाः
कास्की प्रहरी प्रमुख हरि बहादुर पालले धर्म दाई नाता पर्ने सतीशले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई उनले अस्वीकार गर्दा रिसको झोँकमा हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताउनुभयो । उहाँका अनुसार अभियुक्तले रिसको झोकमा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् । उहाँले भन्नुभयो- ‘सतीशले नेहामाथि अश्लील हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ ।’
प्रहरीकाअनुसार अनुसन्धानबाट सतीशले गत माघ १८ गते राति नेहा र अन्य साथीहरु समेत भेला भई न्यूरोडस्थित ओपन टेबुल रेष्टुरेन्टमा बसी मादक पदार्थ सेवन गरेको खुल्न आएको छ । त्यहाँबाट राति ९ बजेतिर सतीशले नेहा पुर्याउनको लागि आफ्नो मोटरसाइकलको पछाडी राखी नयाँगाउँतर्फ लगेका थिए । घटनास्थल नजिक पुगेपछी सतीशले नेहालाई लेकसाईड तिर घुमौ र त्यतैतिरको होटलमा संगै बसी रमाईलो गरौ, घर नजाउ भन्ने प्रस्ताव राखेका थिए । तर, नेहाले त्यसलाई अस्वीकार गर्दै सतीशलाई अश्लिल शब्द प्रयोग गरी गाली-गलौज गरेकी थिइन् । त्यसपछि रिसको झोँकमा सतीशले हेलमेटले नेहाको टाउकोमा प्रहार गरेका थिए । त्यसलगत्तै योरुना ढलेको र त्यसपछी शारिरिक सम्पर्क राख्न खोज्दा मृतकको नाक र कानबाट रगत बगेको देखेपछि सतीश भागेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
कास्की – मगर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका एक युवक पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । यसबारेमा प्रहरीले १ बजे पत्रकार सम्मेलन गर्ने कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार अभियुक्तले हत्या गरेको स्वीकार गरिसकेको छ । ‘हेलमेटले हानेर नेहाको हत्या गरिएको अभियुक्तले स्वीकार गरेको छ,’ प्रहरी स्रोत भन्छ ।
प्रहरी प्रमुख पालले भने यसबारे विस्तृत विवरण पत्रकार सम्मेलनमा नै दिने बताए ।
मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र राती ७-८ बजे फर्कने उनी साँझ नफिर्किएपछि आफन्तले खोजी गरेका थिए ।
माघ १९ गते विहान घर नजिकै हत्या भएको अवस्थामा नेहाको शव फेला परेको थियो ।
न्युयोर्क (अमेरिका), २४ माघ । नेपालको विकट जिल्ला सङ्खुवासभाको चैनपुरमा जन्मिएर ह्वाइट हाउसमा ओबामाको सल्लाहकारसम्म हुन् सफल सन्जिता श्रेष्ठ प्रधान अमेरिकी मूल प्रवाहको राजनीतिमा उच्च ओहादामा पुग्ने प्रथम नेपाली हुनुहुन्छ ।
सो पदमा उनलाई अमेरिकी राष्ट्रपति बराक ओबामाले मे २०१५ मा नियुक्त गरेका हुन ।
आफ्नो प्रारम्भिक पढाई धरान बिजयपुर बोर्डिंगबाट एसएलसी, कृषि क्याम्पस रामपुर चितवनबाट बिएससी एजी र आईआईटी इन्डियाबाट एमबिए गर्नु भएको छ । इन्डियाबाट एमबिए गरेपश्चात जर्मन सरकारको ‘जीटीजेठ’ मा प्राइभेट सेक्टर प्रोमोसन प्रोग्राममा केही वर्ष कार्यरत रहनु भएको थियो ।
माओवादी द्वन्द उत्कर्षमा रहेको २००६ मा जब प्रधानलाई डीभी चिठ्ठा पर्यो र उनी तीन वर्षको छोरासहित अमेरिकामा नयाँ जीवनको सुरुवात गर्न आइपुगिन । हामीले नियमित बिहान आठ बजे देखि साँझ ५ बजे सम्म काम गरेर जीवनमा केहि नयाँ गर्न नसकिने हुँदा आफुले गरीरहेको कामबाट बाहिर निस्की फरक इभेन्टमा भाग लिने फरक बातचितहरुमा भाग लिने गर्दा केहि नयाँ सिक्न सक्नुका साथै हाम्रो समुदायको बारेमा समेत बुझ्न सकिन्छ ।
आफ्नो अनुभवमा केही परिवर्तनको लागि नयाँ समाजमा आफूलाई पनि समाहित गराउनु पर्दछ भन्दै विभिन्न नेटवर्किंगहरुमा सहभागी गराउन थालिन । हरेक गोष्ठी, सभाहरुबाट नयाँ व्यक्तिसँग परिचय हुने, केही नयाँ कुरा जान्ने र बुझ्ने अवसर प्राप्त हुँदै जान थाल्यो । उनी हामी नेपालीहरूले पनि अमेरिकामा आफूलाई सामाजिकीकरण गर्नको लागि आफ्नो समुदायभित्र सञ्चालन हुने सामुदायिक क्रियाकलापहरुमा सहभागी गराउदै अमेरिकी मूल प्रवाहमा आफू र हाम्रो भावी पुस्तालाई समेत अभ्यस्त गराउनुपर्दछ भनी सुझाव दिनुहुन्छ ।
मलाइ यसको सरोकार छैन, मलाइ यहाँको राजनीतिमा कुनै चासो छैन भनेर बस्नु भन्दा स्थानीय र राष्ट्रिय राजनीति तथा नीतिहरूमा हाम्रो आवश्यकता र समुदायहरूको हितमा काम गर्ने र उनीहरुको लागि आबश्यक पर्ने नीतिनियम निर्माण गर्ने व्यक्तिलाई मतदान गरेर अगाडी बढ्न सकिन्छ । लोकतन्त्र मूल्यवान भएको ठूलो देशमा बसोबास गरिरहेका हामीहरुले हाम्रो रायसुझाव, आवाज माथिसम्म पुर्याउन हाम्रो अधिकार प्रयोग गर्नुपर्छ ।
अमेरिकामा हामी सबै एशियनलाई एउटा समूहमा राखेता पनि चाइनिज, जापनिज, भियतनाम, इण्डियन विभिन्न समुदायहरू छन् । तथ्याङ्क सङ्कलनको समयमा हामीले सबै समुदायलाई छुट्टाछुट्टै लिन सकेमा कुन समुदाय कति छन् उनीहरूका के कस्ता समस्या र आवश्यकता छन् भनी निर्क्योल गरी समाधान गर्न सकिने हुँदा आफू लगायतको टिमले यसमा सुधार ल्याउन पहल गरेको र निश्चित रूपमा आगामी तथ्याङ्क सङ्कलनमा केही सुधार आउला भन्दै प्रधान बताउँछिन ।
आफूमा रहेको समाज सेवाको भावले प्रिन्सिपल फाईनानशियलमा खाएको मार्के्टिंग अधिकृतको जागिर छोडेर शरणार्थीलाई सेवा दिने संस्थाहरूमा स्वयंसेविकाको काम गर्दै हाल आयोवा राज्यको मानव अधिकार विभागको एसियन तथा प्यासिफिक आइल्यान्डर सम्बन्ध हेर्ने कार्यालयको कार्यकारी प्रमुखका साथमा एसियन अमेरिकन तथा प्यासिफिक आइल्यान्डर सम्बन्धी सल्लाह मन्डलको सदस्यको रूपमा क्रियाशील छिन । ‘मैले धेरै स्वयंसेवी पदहरु धारण गरेकी छु, आयोवा बिश्वबिद्यालयमा काउन्सिलको निर्वा्चित सदस्य, बर्माको अल्पसंख्यक आदिवासी समुदायको सल्लाहकार समितिमा, देस मोइनेस चेम्बर फर डाईभर्सिटीको सदस्य, देस मोइनेस सामुदायिक कलेजमा ईएसएल काउन्सिलको सल्लाहाकार लगायत अन्य धेरै पदमा बसेर काम गर्दा जिम्मेवारी महशुश हुने, आप्रवासीहरुका नयाँ समस्या बुझ्नुका साथै समाधानका सही उपाय समेत पत्ता लगाउन सकिने हुँदा नेपाली समुदायका हामी सबैले आफु र आफ्ना नानीहरुलाई समेत उपयुक्त सामाजिक, राजनैतिक जस्ता क्रियाकलापमा सहभागी हुन् अनुरोध गरिन ।
‘नेपाली नारी अमेरिकी राष्ट्रपतिको सल्लाहकार जस्तो पदमा पुग्नु हामी सबै नेपालीको लागि गर्वको विषय हो यस बाट हामीले समेत केही सिकी हामी र हाम्रो भावी पुस्तालाई मार्गदर्शक बन्न सकोश’ लस एन्जल्समा बस्ने समाजसेवी वेद भक्त जोशीले बताए ।
आफू स्वयम् आप्रवासी भएको कारणले उनीहरूलाई पर्ने चुनौती र समस्याहरू अनुभूति गरेकी प्रधानले कामको दौरान शरणार्थीहरुलाई पर्ने विविध प्रकारका समस्याहरू नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुका साथै समाधान समेत गर्दै गएकी छिन । हामीमा लाइसेन्स लिन जाने, बिमा सम्बन्धी समस्या, उपचारको समस्या, भाषा अनुवादको समस्याहरू रहेको हुँदा डाटाबेश बनाएर यी सबै कुराहरू कसरी कहाँ बाट सहज ढङ्गमा प्राप्त गर्न सकिन्छ भन्ने बनाउने अभियानमा आफ्नो टिम लागिपरेको उनले बताईन ।
वास्तवमा प्रवासमा रहेर सदैव मातृभूमिको माया गर्नु पर्छ, परेको बेलामा सहयोग गर्नुपर्छ तर जबसम्म हामी अमेरिकी मुलधारमा स्थापित हुन् सक्दैनौ तब सम्म सही ढङ्गले हामीले नेपाल प्रति पनि सहयोग गर्न सक्दैनौ भनी प्रधान हामीहरूले अमेरिकी सामाजिक, आर्थिक, राजनीतिजस्ता कार्यमा समावेशीकरण हुनुपर्दछ भनी बताउनुभयो ।
“स्थानीय राजनीति र नीति निर्माणका कार्यमा हामी संलग्न हुँदा अमेरिकामा राजनैतिक शक्तिबिकाश गर्न सकिन्छ जसलाई यहाँ र नेपालमा समेत प्रयोग गर्न सकिन्छ । हामी अमेरिकामा नयाँ आप्रवासी समूहको रुपमा रहेका छौ, हाम्रो बारेमा धेरैलाई थाहा छैन तर हामी संग धेरै बिध्वानहरु तथा ब्यापारमा सफल हुँदै यहाको समुदायलाई अनवरतरुपमा सेवा गर्दै आईरहेका व्यक्तिहरु छौ । हामीले हाम्रो बारेमा समुदायलाई जानकारी गराउनुपर्छ, जानकारी गराएर समुदायमा पहिचान बन्छ र पहिचानले बिस्तारै यहाँको मुलधारको राजनीतिमा समेत सफलता प्राप्त गर्न सकिन्छ । भन्दै नेपाली समुदायका सबैलाई मुलधारमा समाहित हुन् अनुरोध गरिन ।
एजेन्सी । उत्तर प्रदेशको सन्तकबीरनगर जिल्लामा यौनपिपाशु एक कलयुगी पिताले रगतको नातालाई लज्जित बनाइदिएका छन् ।
यहाँ एक बाबु आफ्नै छोरीको जवानीको सिकार गरिरहेका थिए । यो घटना पुरै दस वर्षपछि सार्वजनिक भएको भारतीय च्यानल आजतकले जनाएको छ ।
यो लज्जास्पद घटना जिल्लाको खलीलाबाद इलाकाको हो । जहाँ ५० वर्षीय अरविन्द पाण्डे आफ्ना परिवारसँग बस्दै आएका थिए । उनको परिवारमा उनकी पत्नी र दुई छोरी छन् । पेसाले उनी एक शिक्षक हुन् । र प्राइमरी स्कूलका हेड मास्टर पनि हुन् । उनको काँधमा बालबालिकाहरुको भविष्य बनाउने जिम्मेदारी थियो ।
तर, उनी पछिल्लो १० वर्षदेखि घरभित्र आफ्नै छोरीसँग शैतान जस्तो व्यवहार गरिरहेका थिए । उनको दिमागमा यौनको भूत सवार थियो । उनले आफ्नी जेठीका साथै कान्छी छोरीलाई पनि बाँकी राखेनन् । आफ्नो यौन साधन बनाए ।
यो क्रम आज पनि चलिरहन्थ्यो, यदि उनकी पत्नी लक्ष्मीले हिम्मत नदेखाएको भए । यद्यपी, शनिवार ती आमाको तब धैर्यताको बाँध टुट्यो जब बेहोसी बाबुले यौनसम्पर्क राख्न खोज्दा विरोध भएपछि आफ्नी छोरीमाथि कुटपीट गरे । त्यसपछि आफ्नी घाइते छोरीलाई लिएर आमा प्रहरी चौकी पुगिन् ।
प्रहरीले युवतीलाई तुरुन्त अस्पताल लग्यो जहाँ उनको गोप्य अंगमा समेत घाउ पाइयो । युवतीको उपचार गरिरहेका डाक्टर सीएम पटेलले गोप्य अंगमा घेरै घाउहरु भेटिएको र १८ वटा टाका लगाएको बताए । उनले स्वस्थ हुन समय लाग्ने बताए । घाइते भएकी कान्छी छोरी हुन् ।
यो घटनालाई प्रहरीले गम्भीरताका साथ नलिएको भन्दै पीडित आमा मिडियाको शरणमा पुगेकी छिन् । उनले पत्रकारहरुलाई बारम्बार उजुरी दिँदा पनि प्रहरीले मुद्दा नगरेको दुखेसो पोखिन् ।
खलीलाबाद क्षेत्रका सीओ राजेन्द्र कुमार सिंहले पत्नीको उजुरीमा उनका पतिविरुद्ध संगीन धाराहरुमा मुद्दा दर्ता गरिएको बताए । घटनाको छानविन भइरहेको छ । उनले छानविन सकिएपछि आरोपीविरुद्ध कार्रवाई अगाडि बढाइने बताए ।
उमेरले ४८ वर्षकी भएँ। मेरो सक्कली नाम तपाईंहरूलाई किन बताऊँ? त्यसैले अहिलेलाई मेरो परिवर्तित नाम ‘पार्वती’ भनेर चिन्नोस्। जिन्दगीमा अनेक दु:खकष्ट सहेर यहाँसम्म आइपुगेको छु। दु:खले अहिले पनि छाडेको छैन तर दु:खी भएर हिँड्न भने छाडेकी छु। आखिर दुई दिनको जिन्दगीमा के दु:खी भएर हिँड्नु? त्यो धोकेबाज पतिलाई के सम्झनु र? दुईवटा बिहे बेहोरेँ। दुवै पति धोकेबाज परे। दुवै पतिका तर्फबाट ६ जना सन्तान भए। ती सबैलाई दु:खले हुर्काएँ। अहिले उनीहरू आआफ्नो ठाउँमा गरिखाने भएका छन्। मचाहिँ एक्लै बस्छु। उनै छोराछोरीलाई पाल्न र हुर्काउन मैले यौनकर्म रोजेँ। त्यसो त मैले प्रशस्तै ज्यामी काम पनि गरेँ। ज्यामी काम गर्दा पैसा थोरै हुने, बालबच्चा पाल्नै नपुग्ने। त्यसैले ज्यामी काम गर्दै गर्दा ग्राहक पाएको बेला यौनकर्म पनि गरेँ।
बाध्यता भएपछि नराम्रो मानिएको काम पनि गर्नुपर्ने रहेछ। अहिले यो उमेरमा आइपुग्दा मेरो त्यति धेरै ग्राहक छैनन्। दुईजना नियमित ग्राहक छन्, एकजना मभन्दा बढी उमेरको र एकजना कम उमेरको। आवश्यक परे उनीहरू नै फोन गर्छन्। उनीहरूलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्छ। एकपटकको भेटमा उनीहरूले पैसा भएको बेला दुई हजार दिन्छन्, कहिलेकाहीँ सित्तैमा सेवा गर्नुपर्छ। कहिलेकाहीँ अरू ग्राहक फाट्टफुट्ट भेटिन्छन्। तर, सडकमै चिनिने गरी म यौनकर्मीका रूपमा प्रस्तुत हुन चाहन्नँ। छोराछोरी, नातागोताले देखे के भन्लान्? त्यसैले मेरो आफ्नै ग्राहक मिलाइदिने व्यक्ति छन्, तिनैमार्फत काम हुन्छ। … म काठमाडौं बाहिरकी परेँ, गरिबकी छोरी। नातागोताले अलि धेरै खेतबारी भएका एउटा काठमाडौंको केटो खोजिदिएछन्, धनी भन्ठानेर। धनीका छोरासँग बिहे गरे मेरो भविष्य सुखद होला भन्ठानेर रे। त्यतिखेर म ११ वर्षकी थिएँ, दुलाहा २७ वर्षका।
ती भारत बसेर आएका रहेछन्, उता पनि श्रीमती रहिछन्। बिहेअघि गरिएको सर्तअनुसार मेरो बिहे भएको पाँच वर्षपछि मात्रै केटाको घर जानुपर्ने थियो, तर तीन वर्षपछि नै मैले केटाको घर जानुपर्ने भयो। १४ वर्षको उमेरमा म केटाको घरमा गएँ। केटाले विस्तारै मेरा गहनाहरू माग्न थाले, मैले आज एक जोर भोलि अर्को जोर गर्दै सबै दिएँ। कोठामा के खान्थ्यो कुन्नि गन्हाएर खपिनसक्नु। अहिले बुझ्दा ऊ दुर्व्यसनी रहेछ। मेरा गहना त्यसैमा सकेछ। मेरो पहिलो यौनसम्बन्धको कुरा गर्दा अहिले पनि कहाली लागेर आउँछ। मलाई आफ्नै पतिले बलात्कार गरे। त्यो १४ वर्षको उमेर यौनसम्बन्ध गर्ने उमेर हो? म त बेहोश भएछु। होश आउँदा म शान्तभवन (हालको पाटन अस्पतालको पुरानो नाम) मा थिएँ। २२ दिन अस्पताल बस्न पर्यो।
मेरो क्षतविक्षत भएको यौनांगमा सिलाइ गर्न पर्यो। त्यसपछि मलाई मेरा नातेदारले माइती पुर्याए। त्यहाँ पुग्दा वाकवाकी लाग्न थाल्यो। रजस्वलाको अनुभव पनि राम्ररी हुन नपाई मेरो पेटमा बच्चा बसिसकेको रहेछ। माइतीलाई पर्यो आपत्ति, उनीहरूले केटाको घरमा पुर्याइहाले। त्यहाँ मेरो पति भनाउँदो त के भन्छ भने मेरो पेटमा रहेको बच्चा उसको होइन रे। अनेक आक्षेप खेप्दै त्यो घरमा बसेँ। बच्चा जन्मियो। बच्चालाई त बाँसघारीतिर फ्याँकिदिन्छु पो भन्छ हौ, बच्चाको बाउ त। सुत्केरीलाई न राम्रो खान दिनु छ, उल्टै अनेक लाञ्छना। बच्चा जन्मिएको तीन सातापछि बच्चा च्यापेर माइती हिँडे। बच्चा पाउने बेलामा पेट पाल्न मैले इँटा भट्टामा ज्यामी काम गर्न पर्यो। छोरा तीन वर्षको थियो। एक्लै डेरामा बस्न थालेकी थिएँ। फेरि बुवाआमासँग कुरा गरेर एउटा केटा ठिक्क पारिदिएछन्। काठमाडौंबाहिरको पहाडी गाउँको त्यो मान्छेसँग बिहे गरिदिए नातेदारहरूले। मेरो भाग्य खोटो रहेछ।
ज्यामी काम गरेर महिनाको चार सय आम्दानी हुन्थ्यो। मलाई पाल्न त कता हो कता, उल्टै पैसा पो माग्छ त्यो पति भनाउँदो। पहिले छोरोमात्रै पाल्नपर्थ्यो , अर्को बेकामे पतिलाई पनि पाल्नुपर्ने भयो। त्यहीबीचमा पेटमा अर्को बच्चा पनि आइहाल्यो। बिहे गरेको एक वर्षपछि यता छोरी जन्मिई, उता छोरीको बाउचाहिँ बेपत्ता। कहिले ६ महिनापछि आउने, कहिले वर्ष दिनमा। आयो, पेटमा बच्चा राख्यो, पैसा माग्यो अनि बेपत्ता भयो। यसै क्रममा पाँच छोराछोरी भए। … त्यसै क्रममा एकजना गाडीवाल साहूसँग भेट भयो, नातामा टाढाको भिनाजु पर्ने। मलाई बच्चा पाल्न गाह्रो भइरहेको थियो। उनैले मेरो हेरविचार गर्ने, गाह्रोसाह्रो पर्दा माया पनि गर्ने। बिहे गरौं पनि भन्थे। मचाहिँ बिहे भनेपछि वाक्क भइसकेको थिएँ। मेरा तीनवटा बच्चा थिए, उनलाई भेट्दा। विस्तारै हामी अलि निकट भयौं। बाहिर घुम्न जान थाल्यौं। उनी आफैं गाडी लिएर आउँथे। उनीसँग म पोखरा घुम्न गएँ। पहिलोपटक उनीसँग पोखरा घुम्न गएको बेला सम्बन्ध भयो। परपुरुषसँग यौनसम्बन्ध भएको त्यो पहिलोपटक थियो। सम्बन्ध निरन्तर रह्यो। जसले मलाई सहयोग गरे, उनीप्रति म समर्पित हुने नै भएँ।
यता आफ्नो पतिचाहिँ बेलाबेलामा आउने। पछि दुईवटा बच्चा भए तर ती दुवै अरू कसैको नभएर मेरो आफ्नै पतिका हुन्। पछि ती पार्टनरको जवान छोरा बितेपछि उनीहरूले काठमाडौं छाडे। हामी टाढियौं। मैले अपनाएको पेसाको पहिलो ग्राहक उनै हुन् भन्न पर्यो। पछि एउटा ड्राइभर आइलाग्यो। एक वर्षसम्म सम्बन्ध भयो। तर, ती परे अलि स्वार्थी। म आफैं टाढिएँ। आफ्नो पतिसँग त छुटिसकेको थिएँ। … स्वाभाविक हो, एउटा जवान महिलामा शारीरिक आवश्यकता हुन्छ। तर, मचाहिँ आर्थिक अभावकै कारण यसतर्फ लागेँ। आफैं खोजीखोजी हिँड्नेभन्दा पनि कसैले प्रस्ताव गरे तयार हुन्थेँ। त्यस बेला म एउटा घरमा लुगा धुने काम गर्थें। त्यो धनी परिवार थियो। सायद ती घरधनी आफ्नी श्रीमतीसँग सन्तुष्ट थिएनन् कि ! एक दिन ती घरधनी साहूले भने, ‘म तिमीलाई आवश्यक सहयोग गर्छु। के कसो छ हेर्छु।’ मैले उनको आशय बुझिहालेँ। आखिर म एक ढंगले यौनपेसामा फसिसकेको थिएँ, अप्ठ्यारो मान्ने कुरै भएन।
आफूलाई आवश्यक परेको बेला आर्थिक सहयोग गरेकै थिए। आफूलाई सहयोग गर्नेलाई सन्तुष्ट पार्न केको अप्ठ्यारो? साहुनी बिहानै पसल जाने। उनको घरमा कोही नभएको बेला सुटुक्क हामीबीच सम्बन्ध हुन्थ्यो। पहिलोपटक पुरुषले कन्डम प्रयोग गरेर यौनसम्पर्क गरेको थाहा पाएँ। उनी भन्थे, ‘कन्डम प्रयोग गरियो भने रोग लाग्दैन, पेटमा बच्चा बस्दैन।’ उनलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्थ्यो। … अब म एकप्रकारले पूर्ण रूपले यौन पेसामा आइसकेको थिएँ। बोलाइएको अवस्थामा म होल नाइट पनि जान थालेँ। यता घरमा चाहिँ बच्चाहरूलाई अनेक बहाना बनाउँथे। कहिले अस्पताल जाने भन्नुपर्ने, कहिले नातेदार भेट्न जान्छु भन्नुपर्ने। वास्तवमा म ती बच्चाहरू पाल्नैका लागि पुरुषलाई शारीरिक सन्तुष्टि दिन गइरहेकी थिएँ। पहिलो दिनको होल नाइट सेवा अझै बिर्सेकी छैन मैले। एउटा लजमा बिताएकी थिएँ, मैले त्यो रात। पार्टनरलाई चारपटक सन्तुष्ट पारेकी थिएँ।
त्यो सेवाबापत मैले एक जोर कपडा र एक हजार दुई सय रुपैयाँ पाएको थिएँ। त्यो राम्रै पारिश्रमिक हो। होल नाइट सेवाको कुरा गर्दा एउटा बिर्सिनसक्नुको रातको घटना छ। एउटा लजमा दुई हजार रुपैयाँ दिने भनेर बोलाएका थिए। सम्पर्कअघि मलाई केही पिउन दिए। सुन्तलाको जुस भन्थे, जे होस् मैले पिएँ। सम्पर्कअघि बिजुली निभाइयो। म केही मातेकी थिएँ, पूरै होशमा थिइनँ।यौनसम्पर्क गर्ने एउटा पुरुषको आफ्नै शैली हुन्छ। बेलाबेलामा सम्पर्क हुँदै थियो। तर, पछिल्लो शैली अलि फरक हुँदै गयो। मेरो अनुभवले भन्यो, शैली फरक हुँदै गइरहेको छ। पक्कै पनि एउटा मात्रै पुरुषले मसँग सम्पर्क गरिरहेको छैन। उज्यालोपछि मैले पत्ता लगाएँ, मसँग तीनजनाले पालैपालो सम्पर्क गरेका रहेछन्। मलाई एउटा कोठामा राखेर थप दुईजना पल्लो कोठामा बसेका रहेछन्, अँध्यारोमा पालैपालो आउँदा रहेछन्। उनीहरूले सातपटक मसँग सम्पर्क गरे। उनीहरूको कर्तुत थाहा भइसकेपछि यसको बदला लिने विचार आयो।
ए बाबा, म गरिबीका कारण बाध्य भएर यो पेसामा आएको छु। हेप्न त भएन नि ! त्यसपछि मैले मलाई ‘एकजना मात्रै छु’ भनेर बोलाउनेको सर्ट र प्यान्ट कब्जा गरेँ। र, भनेँ, ‘अहिले तिमीहरूलाई पुलिस लगाएर पक्राउँछु। एकजना मात्रै छु भनेर बोलाउने, अनि तीनतीनजनाले मोज गर्ने? तिमीहरूलाई ठीक लगाउन मैले जानेको छु’ उनीहरू डराए। दुई हजारको ठाउँमा ६ हजार रुपैयाँ दिएपछि उनीहरूलाई छाडेँ। मोराहरूले के पिलाएका थिए कुन्नि, भोलिपल्ट पनि कोठामा जान सकिनँ र त्यही लजमा सुतेँ। … हेर्नोस्, हामीहरू यस पेसामा रहरले आएका होइनौं। मैले १२ वर्षदेखि ७० वर्षसम्मका महिला यो पेसामा लागेका देखेकी छु। कठै, १४/१५ वर्षकाहरू पेटमा बच्चा बोकेर हिँडिरहेका पनि देखेकी छु। साह्रै ठूलो पीडा छ, यस क्षेत्रमा।
कलेज पढ्ने विद्यार्थीदेखि वृद्धसम्मले मसँग सम्पर्क गर्ने गरेका छन्। ठिटाहरू हामीजस्ता अलि उमेर ढल्केकाको भावना बुझ्दै माया गरेर सन्तुष्टि लिन्छन्, लामो समय पनि लगाउँदैनन्। तर, बूढाहरू लामो समय लगाउँछन्, उमेरले पनि त्यस्तो भएको होला। कतिपय त थकाइ मारीमारी सक्रिय हुन्छन्। यस्तो बेला हामीलाई पनि दिक्क लाग्छ। तर, पैसाको मामिलामा बूढाहरू इमानदार हुन्छन्। पहिले भनेजति नै दिन्छन्। बरु कहिलेकाहीँ त थपी पनि दिन्छन्। यस्तै छ यौनकर्मीको संसार। म फेरि पनि भन्छु, हामीहरू कुनै रहरले यो पेसामा आएका होइनौं। यसको विकल्पमा अरू इज्जतदार पेसा पाइए हामी तुरुन्तै यो पेसा छाड्छौं।
रामेछाप पूस : हिमगंगा-७ मुर्गेकी अनिता मगर वित्तीय साक्षरता कक्षामा विदेशबाट आफन्तले पठाएको रकम कसरी सदुपयोग गर्ने भनेर सिक्दै हुनुहुन्थ्यो । सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले विदेशमा रहेका सदस्यले पठाएको रकम सदुपयोग गर्न कक्षा चलाइरहेको थियो । त्यही कक्षाकी सहभागी हुनुहुन्थ्यो अनिता पनि । ३ वर्षअघि ओमान गएका श्रीमानले पैसा पठाउलान् अनि त्यसलाई सही ठाउँमा लगानी गर्न सकिएला भन्ने सोच थियो अनिताको । साक्षरता कक्षामा बसेकै बेला अनिताका श्रीमान नैनबहादुरले पुस ९ गते घर आइपुग्छु भनेर खबर पठानुभयो । उहाँ खुसी हुनु भयो ।
श्रीमानले आइपुग्छु भनेको दिन पुस ९ गते बिहानैदेखि अनिताको मन फुरुङ थियो ।श्रीमानलाई मन पर्छ भनेर उहाँले त्यो दिन कुखुरा काटेर मासुभात पकाएर राख्नुभयो । आएको रात घरभन्दा तल बाटोमा रहेको गोठमा बिताएका श्रीमान अर्को दिन बिहान मात्रै घर आइपुगे, कान्छी श्रीमती लिएर । ‘पैसा नपठाउँदा अलि अलि शंका त लागेको थियो’ अनिता भन्नुहुन्छ, ‘तर सौता नै ल्याउलान भन्ने सोचेको थिइन ।
’ १४ बर्षकै हुँदा नैनबहादुरसँग प्रेम बिबाह गरेकी उहाँका दुई छोरी छन् । जेठी छोरी अनिषा ८ वर्षकी भईन् भने कान्छी छोरी तुलसी अढाई बर्षकी मात्रै छिन । परिवारको आर्थिक अवस्था कमजोर भएकोले कमाउने सपना देखाँउदै ओमान गएका श्रीमान उतैबाट कान्छी श्रीमती लिएर आएपछि छोरीहरुलाई कसरी हुर्काउने भन्ने चिन्ताले सताउन थालेको छ अनितालाई ।
श्रीमान आएपछि केही गर्ने योजना बनाएर बसेकी अनिता अहिले काम गर्न त परको कुरा खाना बनाएर खान समेत जाँगर चल्दैन भन्नुहुन्छ । साक्षरता कक्षामा बस्दा विदेशको कमाइले के गर्न सकिन्छ भनेर सोध्ने अनि त्यही अनुसार योजना बनाइरहेकी अनिता अहिले चिन्तामा हुनुहुन्छ ।
त्यसैले उहाँ मनोसामाजिक समस्यामा पर्नुभएको छ । उहाँलाई परेको समस्या न्युनिकरण गर्न सदरमुकाम मन्थलीमा रहेको सूचना तथा परामर्श केन्द्रका मनोसामाजिक परामर्शदाताले मनोसामाजिक परामर्श दिइरहेको हिमगंगा गाविसका वित्तीय साक्षरता सहजकर्ता टुकराज तामाङले जानकारी दिनुभयो ।
एउटी युवतीले आफू गर्भवती भएको कुन हदसम्म लुकाउन सक्छिन् ? कतारमा एक नेपाली युबती बच्चा जन्माउनुजेलसम्म त्यसमा सफल भइन् । नवलपरासीकी एक २३ बर्षीया युवतीले गत आइतबार राति आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएपछि मात्रै अरुले थाहा पाए ।
‘हामीले उसको पेट पहिलादेखि नै बढिरहेको देखेको थियौं’, ती युबतीसँगै काम गर्नेले भनिन, ‘उसलाई पहिला देखि सोध्दै आइरहेको थियौं । तर, उसले सधै मोटाएको भनेर ढाँटदै आइन ।’ ती युबतीले करिब तीन किलोको छोरालाई जन्म दिएकी छन् । बेथा लागेपछि एक्लै शौचालयभित्र छिरेकी उनी सहन नसकेपछि कराएपछि मात्रै अरुले चाल पाएका थिए । ‘हामीले शौचालय गएको भनेर त्यति वास्ता गरिनौं’, युवतीकी साथीले भनिन्,‘एकैपटक ठूलो चिच्याहट आएपछि मात्रै दुगुरेर गयौं । शौचालय खोलेर हेर्दा उनको साथमा बच्चा थियो ।’
आमा र बच्चालाई हमादको महिला अस्पतालमा राखिएर थप उपचार गरिएको छ । दुबैको अबस्था सामान्य छ । नवजात शिशुका पिता तनहुँका परियार थरका एक युबक भएको ती युबतीले बताइन् । ९ बर्षदेखि कतारमा ड्राइभिङ गर्दै आएका ती युबक बिबाहित हुन् । उनको दुई वटा बच्चा रहेको खुलेको छ । युबती गर्भवति भएर पनि नियमित डिउटी जाने गरेकी थिइन् ।
आमा र बच्चा बाहिर बस्ने ठाँउ नभएकोले अस्पतालमै छन् । युबतीले बिबाह दर्ता देखाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । ‘बच्चाको जन्म दर्ता बनाउने बेला अस्पतालले बिबाह दर्ता र बाबुको राहदानी दिन भनेको थियो’, हमादमा कार्यरत एक नेपालीले भनिन्, ‘दुबै देखाउन नसकेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।’
कतारको कानुन अनुसार अवैध सम्बन्ध राखेर बच्चा जन्माउनु गंभिर अपराध हो । यस्तोमा युबती र युबक दुबै कारबाहीको भागिदार हुनुपर्नेछ । ‘जबसम्म अदालतबाट फैसला हुदैन, तबसम्म बच्चा र आमालाई नेपाल पठाउन मिल्दैन,’ दुताबासका एक अधिकारीले भने । यसअघि रोल्पाकी एक युबतीले यसै गरी वच्चा जन्माएकी थिइन । उनका केटासाथी फरार भएका थिए । झन्डै एक बर्ष जेल बसेपछि मात्रै बच्चासहित उनी स्वदेश फिरेकी आजको कान्तिपुर दैनिकमा समाचार छ ।
इटहरी, १९ पुस : उपप्रधानमन्त्री तथा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राज्य विभाजित गर्ने वा देश विखण्डन गर्ने जो कोही भए पनि त्यसलाई राज्यले कडा कारबाही गर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री गच्छदारले आज सुनसरीको दुहवी–भलुवा नगरपालिका–३ पचिरादेखि फर्सेसम्मको साढे दुई किमी कालोपत्र सडकको शिलान्यासपछि सञ्चारकर्मीसँगको कुराकानीका अवसरमा सो कुरा बताउनुभएको हो । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोतर्फ संकेत गर्दै उपप्रधानमन्त्री गच्छदारले देश बाहिर वा देशभित्रै जहाँ रहेर आन्दोलनको उद्घोष गरे पनि त्यो कति फलदायी बन्ला भन्ने कुरा नेपाली जनताले स्पष्ट बुझिसकेकाले अब साथ नदिने ठोकुवा गर्नुभयो ।
उपप्रधानमन्त्री गच्छदारले सिरहा, सप्तरी क्षेत्र अर्थात् तराईको क्षेत्रमा विखण्डन ल्याउने गरी सैन्य दस्ता तयार गर्ने गरेको र मधेस राज्य विभाजन गर्ने गरी अभियान चलाइरहेको सिके राउतको गतिविधिप्रति सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफमा उहाँले कसैलाई पनि राज्य विखण्डित पार्ने अधिकार नभएको ठोकुवा गर्नुभयो । उहाँले त्यसप्रकारको गतिविधि गर्नेलाई राज्यले नियन्त्रित गर्ने पनि स्पष्ट पार्नुभएको छ ।
अर्को प्रसङ्गमा उपप्रधानमन्त्री गच्छदारले मधेस आन्दोलनले मधेसी जनतालाई नै आजित र मर्माहत तुल्याएकाले अब मधेसका बखेडामा अल्झिएका राजनीतिक दलले त्यसलाई छोडेर सहमति सहकार्य र छलफल प्रक्रियामा आएर निकास निकाल्ने विषयमा सबै पक्ष सहमतिमा जान लचक हुनैपर्ने कुरामा जोड दिनुभएको छ ।
यो वा त्यो बहानामा नेपाली जनतालाई दुःख दिने विषय कसैलाई पनि मान्ने नहुने र त्यो विषयले कहिल्यै प्रथामिकता पनि पाउन नसक्नेतर्फ उहाँले सबै राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो ।
उपप्रधानमन्त्री गच्छदारले सरकारमा रहेका राजनीतिक दल तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र मधेसवादी दलले आफूलाई लचकतामा रुपान्तरण गरेर अब अन्तिमपटक सहमतिका लागि वार्तामा बस्न जरुरी रहेको पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले कसैले पनि मेरो गोरुको बाह्रै टक्का भनेर अड्डी कस्दैमा चाहेको कुरा प्राप्त गर्न कठिन रहेको तर्क अघि सार्नुहुँदै क्रान्ति गर्ने वा आन्दोलन गर्ने पक्षले पनि के गर्दा सबैको हित हुन सक्छ भन्ने विषयमा विश्लेषण गर्न जरुरी रहेकोतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोतर्फ संकेत गर्दै उपप्रधानमन्त्री गच्छदारले देश बाहिर वा देशभित्रै जहाँ रहेर आन्दोलनको उद्घोष गरे पनि त्यो कति फलदायी बन्ला भन्ने कुरा नेपाली जनताले स्पष्ट बुझिसकेको पनि खुलासा गर्नुभएको छ । रासस
पुस १६, २०७२- नेपाली फिल्मका महानायक राजेश हमाल भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको गुम्बामा बिहीबार बिहान पुगे । उनलाई हेर्न मेलापात छाडेर गाउँभरीका बुढापाका र बालबालिका भेला भएर बसेका थिए । भूकम्पपीडित बालबालिकालाई ‘हेलम्बु एजुकेसन लाइभलीहुड’का तर्फबाट झोला र शैक्षिक सामाग्री वितरण गर्न उनी पुगेका थिए ।
भूकम्पपछि पीडामा रहेका स्थानीयलाई खुसी बाँड्न र विद्यार्थीलाई शैक्षिक सामाग्री बाँड्न भन्दै उनी उत्साहसाथ गुम्बा पुगे । कार्यक्रमको उद्घाटन पनि भिन्न ढंगबाट गरियो । क्यालिङथाङ निम्न माध्यमिक विद्यालय गुम्बा ७ मा भएको कार्यक्रमको उद्घाटनमा उनले बियरको बोतलमा राखेको छयाङ छर्किए । स्थानीयले भने, ‘यो चाहिँ कार्यक्रमको शुद्धिकरण गरेको हो ।’
फिल्ममा मात्रै देखेका हमाललाई आफ्नै गाउँमा प्रत्यक्ष भेट्न पाउँदा गाउँलेहरु निकै खुसी देखिन्थे । उनलाई स्थानीयले चौरीको दुधले स्वागत गरे । हमालले सोधे, ‘यो के हो ?’ स्थानीयले चौरीको दुध भनेपछि उनले फेरि सोधे, ‘याकको हो ?’ गाउँलेले उनलाई याक भाले र चौरी पोथी भएको बुझाएपछि उनले दुख चाखे । उनले फेरि ती महिलालाई प्रश्न गरे, ‘यो दुधमा चिनी हाल्नु भएको हो ?’ महिलाहरुले भनिन्, ‘हैन हजुर यो त पियोर हाम्रै गोठको चौरीको दुध हो ।’
भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका स्थानीयको बीचमा उनले फोटो खिचाए । बालबालिकालाई झोला वितरण गरे । विद्यार्थीलाई पढाईमा निरन्तरता दिन हौसाए । आधा घण्टाको बसाईमा दाताले दिएको न्यानो कपडा बालबालिकालाई लगाई दिए । स्थानीयसँग बिदाई हुने बेलामा भीडबाट उनलाई एउटा फिल्मको डाइलग बोल्न आग्रह आएपछि उनले बोले– साथीको लागि यो हात सलाम, दुश्मनका लागि यो हात फलाम ।
हेलिकप्टर चढेर गुम्बा गाबिसकै पाङतान जान हतारमा उनी थिए । तर, स्थानीयले उनलाई लगाइदिन ल्याएको माला र खादा लगाउन पाएकै रहेनछ । बारीको डिलमा राखेको हेलिकप्टर चढ्नै लाग्दासम्म विद्यार्थी र स्थानीयले माला लगाउन दौडेर आइरहेका थिए ।
गुम्बा गाबिसकै पाङताङको अर्को कार्यक्रममा भूकम्प पीडितहरु स्वागतका लागि पर्खिबसेका थिए । भूकम्पले २ सयभन्दा बढी घर भत्किएको यो बस्ती हुँदै सेतीदेवी माविका विद्यार्थीलाई झोला वितरणस्थल पुगे । कक्षाकोठामा छिरेर उनले विद्यार्थीसँग भलाकुसारी गरे ।
भूकम्पपीडित विद्यार्थी र स्थानीयको न्यानो माया पाए पनि उनीहरुको अवस्था दयनीय पाइएको हमालले बताए । ‘रमाइलो गाउँको यात्रा गरियो, तर छाप्रोमा कष्टकर अवस्थामा बस्न मानिसहरु बाध्य रहेछन् । यो चिसोमा गतिलो लुगा पनि रहेनछ । बालबालिकाको अवस्थाले मेरो मन छोयो, दु:ख लाग्यो ।’
तस्बिरहरु : मकर श्रेष्ठ
काठमाडौं, १६ पुस । भारतले नेपाललाई हिन्दूराष्ट्र बनाउन दबाब दिएको खुलासा भएको छ ।
संविधान जारी हुनुभन्दा पहिला नेपाली नेताहरुलाई बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संस्थापन पक्षले नेपाल हिन्दूराष्ट्र नै हुनुपर्ने अडान राखेको खुलासा भएको हो । मोदीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई संविधान जारी हुनुअघि दिल्ली भ्रमणमा बोलाएका थिए ।
संविधान जारी भएको तीन महिनापछि कांग्रेस वरिष्ठ नेता देउवाले यस्तो खुलासा गरेका हुन् । भारतले हिन्दूराष्ट्र कायम गर्न आफूलाई पटक पटक दबाब दिएको तर धर्मनिरपेक्षता भएपछि केही असन्तुष्ट भएको बताए ।
‘हिन्दूराज्यको कुरा गरेकै हो, तर संविधानसभामा बहुमत पुर्याउनुपर्छ भनेको थिएँ,’ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग खुलासा गर्दै देउबाले भने- ‘कांग्रेस मात्रले बहुमत नपुग्ने परिस्थिति थियो ।’ धर्मनिरपेक्षता भएपछि भारत असन्तुष्ट भएको उनको भनाई थियो ।
नेता देउवाले मधेसको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग काँग्रेसको सकारात्मक कुरा भएकाले जायज मागमा आन्दोलनरत पक्ष पनि गम्भीर बन्नुपर्ने बताए ।
उनले अन्तरिम संविधानबाट पाएका अधिकार राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागिता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने विषयमा कुरा गर्न पार्टी तयार रहेको उनले जानकारी दिए ।
मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा निन्द्राको ठूलो भूमीका रहेको हुन्छ। साथै, सुत्ने समय र सुत्ने तरिकाले पनि तपाईँको स्वास्थ्यमा उत्तिकै भूमीका खेलिरहेको हुन्छ। सुत्ने तरिकाले तपाईँकै स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ, साथसाथै तपाईँको छालालाई स्वस्थ बनाउन र पाचन प्रक्रियालाई सहज बनाउनको लागि आफ्नो सुत्ने तरिकालाई सुधार्नु जरुरी हुन्छ।
कुन साइड फर्केर सुत्ने भन्ने कुराले धेरै प्रभाव पर्दछ
सुत्ने धेरै तरिकाहरू छन्- ढाड तर्फबाट, छाती तर्फबाट, दायाँ फर्केर र बायाँ फर्केर- र यो सबैले तपाईँको स्वास्थ्यमा असर गर्दछ। माथि फर्केर अथवा ढाड तल पारेर सुत्नु विशेष गरी दम भएकाहरूको लागि खतरनाक हुन्छ, किनकी यसरी सुत्दा तपाईँको स्वासप्रश्वासमा बाधा पुर्याउँदछ। तथापि उत्तानो परेर सुत्नु सबैभन्दा उत्तम मानिन्छ।
दाहिने फर्केर सुत्नाले तपाईँको पाचन प्रक्रियालाई बिगार्दछ, ग्यास्ट्रिक बढ्छ भने देब्रे फर्केर सुत्नाले भित्रीअंग कलेजो, पेट, फोक्सोमा दबाब पुग्छ तर पाचन प्रक्रिया भने सुधर्छ। गर्भवति महिलालाई रक्तस्राव कम होस भनि देब्रे फर्केर सुत्न सल्लाह दिने गरिन्छ।
देब्रे फर्केर सुत्नुका फाइदा
देब्रे फर्केर सुत्दा स्वास्थ्य स्थितीमा सुधार हुने र मानिसको जीवन पनि बच्न सक्ने चिकित्सकहरूको धारणा रहेको छ। हलिस्टिक चिकित्साविधीमा, शरीरको देब्रे भागलाई लसीका (Lymphatic) को प्रवल पक्ष मानिन्छ, र देब्रे तर्फ फर्केर सुतेको बेला तपाईँको शरीरले विषादी, लसीका तरल पदार्थ (Lymph fluid) र फोहोरहरूलाई फिल्टर गर्न बढी समय पाउँदछ। थोरासिक डक्ट (thoracic duct) र लसीका नोडको सहायताले यो फिल्टर कार्य भैरहेको हुन्छ।
तर, दाहिने फर्केर सुत्नाले तपाईँको लसीका प्रणाली (lymphatic system) ले ढिलो काम गर्दछ, र यस्तो हुनु खतरनाक मानिन्छ। किनभने, यसरी ढिलो काम गर्ने लसीका प्रणालीले तपाईँको शरीरमा भएका विषादीहरूलाई फिल्टर गर्न सक्दैन र लसीका तरल पदार्थलाई शरीरभरी फैलाउन असमर्थ हुन्छ। यसरी शरीरमा विषादी जम्मा हुँदै गएपछि खतरनाक समस्याहरू आउन सक्छन्। विहान उठ्दा आलस्य हुने, पेट दुखेजस्तो हुने, नराम्रो डकार आउने र बेलुका खाएका कुराहरू नपचेको जस्तो हुने समस्याहरू निम्त्याउने कारण नै दाहिने फर्केर सुत्नु हो। दिनदिनै यस्ता समस्याहरू आउन थाल्यो भने तपाईँको मानसिक तथा शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पर्दछ।
लसीका प्रणाली भनेको के हो?
लसीका प्रणाली भनेको शरीरको सञ्चार प्रणालीको एक महत्वपूर्ण अङ्ग हो साथै प्रतिरक्षा प्रणालीको अत्यावश्यक भाग हो। यो लसीका प्रणाली विभिन्न लसीका वाहिका (lymphatic vessels) हरूको समग्र नेटवर्कले बनेको हुन्छ जसले लसीका तरल पदार्थ (lymph fluid) लाई (‘लिम्फ’- ल्याटिन भाषामा ‘पानी’) मुटुको दिशातर्फ पुर्याउने काम गर्दछ।
देब्रेतर्फ फर्केर सुत्ने बानी सिक्नुहोस्-
यदि तपाईँलाई देब्रेतर्फ फर्केर सुत्ने बानी छैन र यो बानी कसरी बसाल्ने भन्ने बारे सोच्नुभएको छ भने ढुक्क हुनुहोस्। केही समय लाग्न सक्छ तर यसको अभ्यास गर्नुभयो भने तपाईँको शरीरले यो बानी सजिलै सिक्न सक्छ। केही टिप्सहरू यसप्रकार रहेका छन्ः
देब्रेतर्फ फर्केर पल्टिनुहोस् र पछाडि पट्टी पुरै ढाडलाई पुग्ने गरी सिरानी अथवा सिरक राख्नुहोस्। यसो गर्दा राती अर्को तर्फ फर्किने सम्भावना कम रहन्छ।
तपाईँको खाटको दिशा पनि परिवर्तन गर्न सक्नुहुन्छ, यसो गर्दा पनि देब्रेतर्फ फर्केर सुत्न मद्दत पुग्दछ।
अर्को चलाख उपाय भनेको तपाईँको दाहिने तर्फ मधुरो बत्ती बालेर राख्नु हो। साधारणतयाः सुतेको बेला तपाईँको शरीर उज्यालो तर्फ फर्किन चाहँदैन र देब्रेतर्फ फर्किएर सुत्न सहज हुने गर्दछ।
दैनिक जीवनमा हामीलाइ जसरी गाँस /बास र कपासको आवश्यकता पर्दछ, त्यसरि नै यौन सन्तुष्टिको पनि चाहँना हुने गर्दछ । समाजमा पनि यौन असन्तुष्टिकै कारण बिभीन्न खाले अपराधीक घटनाहरु हुने गरेका छन् । यौन दुर्वलता र पर्याप्त यौन सन्तुष्टि प्राप्त गर्न नसक्दा हामिले कयौको परिवार समेत विखन्डन भएको देखेका छौ । हाम्रो खानपान र रहनसहनले पनि यौन क्रियाकलापमा भर पर्दछ । कहिलेकाँही यौन दुर्बलता घटाउनका लागि जीवनशैलीमा मात्र परिवर्तन गरे पुग्दछ भने कहिलेकाँही चाँहि औषधी नै लिनुपर्ने हुन्छ । तर सामान्यतया हामिले खानपिनमा मात्र विशेष ध्यान दियौ भने यौनशक्ति पर्याप्त प्राप्त हुन्छ । जानीराखौ ९ कुराहरु जसको नियमीत सेवनले हामिमा यौनशक्ति बढाउनुका साथै यौनदुर्वलता समेत हट्दै जान्छन ।
१. गाजरको हलुवा : गाजरको हलुवा खानको निम्ती जति स्वादिष्ट छ त्यति नै स्वास्थ्यको हिसावले गुणकारी पनि छ । आयुर्वेदका अनुसार गाजरको हलुवाले यौन शक्तिमा वृद्धि गर्दछ । जसका लागि तपाईले गाजरको हलुवा पकाएर त्यसमा माथीपटिबाट घ्यू राखी त्यसको माथिपटीबाट चाँदीको ढक्कन लगाएर राख्नुपर्दछ । यसरी पकाएर राखेको गाजरको हलुवा ४ घन्टा पछि बिहान/ बेलुका दुध सँग चार/चार चम्चा नियमीत सेवन गर्ने गरियो भने यौनशक्ति बढ्ने गर्दछ । यसले शारीरिक शक्तिका साथै वीर्यशक्ति पनि तुरुन्त बढाउदछ ।
२. बेसार: बेसार पनि यौनशक्तिलाई तुरुन्त बढाउनको लागि उपयोगी औषधीको रुपमा लिइन्छ । एक चम्चा महमा एक चम्चा बेसार मिलाएर खाली पेटमा खायो भने यसले यौनशक्तिलाई तुरुन्त बढाउँछ । यसका साथै बेसारले रोगसँग लड्न सक्ने क्षमतामा पनि वृद्धि गर्दछ । साथै यसरि बेसार र मह मिसाएर दैनिक सेवन गर्नाले मोटोपन पनि घट्दछ ।
३.त्रिफला: राती एक चम्चा त्रिफलाको धुलो चिसो पानीसँग पिउनाले पनि यौन शक्ति बढ्दछ । साथै यसबाट पेट तथा मूत्रस्थानका बिभीन्न रोगहरु समेत निको हुन्छ ।
४.गुँदको लड्डु : हामी प्रायजसो गुँदको लड्डु त खाने गर्दछौ । तरपनि हामिमध्ये कयौलाई यसको फाइदाको बारेमा भने थाहा छैन । गुँदको लड्डुले पनि शारीरिक शक्ति मात्र नबढाइ सहवास शक्ति पनि बढाउने गर्दछ ।
५.पीपलको फल तथा जरा : तपाँई हाम्रो नजिकै पीपल सजिलै उपलव्ध हुन्छ । यदि हामीले पीपलको फल र जरालाइ कुटेर चटनी बनाइ त्यस चटनीलाइ १०० मिलीलीटर दुध र ४०० मीलीलीटर पानी हालेर एक चौथाइ भाग हुने गरी बेस्कन पकाएर बिहान बेलुका आधा कप पिउने गरेमा हाम्रो यौन शक्ति असाधारण रुपमै बढ्न थाल्दछ ।
६.छोकडा : जाडो महिनामा बिहान खाली पेटमा तीनवटा छोकडा खानुस तपाइमा अवश्य पनि यौनशक्ति बढ्दछ । यसका साथै शुद्ध घ्यूमा अलैंची र शक्खर मिलाइ त्यसलाई उम्लेको दूधसँग पिएमा पनि यौनशक्ति तुरुन्त बढ्दछ ।
७.प्याजको सलाद : यौन शक्ति बढाउने अर्को कुरा प्याजको सलाद पनि हो । नियमीत रुपमा प्याजको सलाद सेवन गरेमा पनि पुरुषहरुको यौनशक्ति बढदछ । साथै यसले महिलाहरुमा हुने गरेको महिनावारी समस्याबाट समेत मुक्त बनाउछ ।
८. तुलसी/मुसली र मीश्री : १५ ग्राम तुलसीको बिउ,३० ग्राम सेतो मूसली र ६० ग्राम मिश्री मिलाएर धुलो बनाएर दैनिक ५ ग्राम बिहान बेलुका गाइको दुधसँग सेवन गरेमा पनि यौनशक्ति बृद्धि हुन्छ ।
९.दालचीनी : दैनिक बिहान बेलुका दालचीनीको धुलो दूधमा मिलाएर खानाले पनि यौनशक्ति बढ्दछ । माथिका
यि सब खानेकुराहरु खाँदा आफ्नो नियमीत खानपानमा भने अवश्य ध्यान दिनुहोस । धेरै मसालेदार खानेकुराहरुको सेवन नगर्नुस । सकेसम्म दैनिक योग र प्रणयामहरु गर्नुहोस । तपाईको यौनशक्तिमा अवश्य पनि वृद्धि आउनेछ ।
श्रीमान् बिना जीवन चलाउन महिलालाई मुस्कील हुन्छ भन्ने नेपाली समाजमा परम्परागत सोचाई छ । तर, श्रीमान्संग छुट्टीएर पनि प्रगति गर्न सकिन्छ भन्ने उदाहरणको गतिलो पात्र बनेकी छिन् पूर्वी नेपालको दोपाने ७, उदयपुरकी मन्जु रानाभाट । २० बर्ष अघि गाउँकै छत्रसिंह रानाभाटसंग प्रेम विवाह गरेकी मन्जुको सपना छत्रसिंहसंगै जीवन बिताउने थियो । १२ दिनकी सुत्केरी श्रीमतीलाई रक्सीको झोंकमा कुटेर उनका श्रीमानले आफ्नो राक्षसीपन देखाए । दुई बर्षसम्म उनले श्रीमानको चरम यातना सहेरै बसिन् ।तर, अति नै भएपछि उनको जीवनले नयाँ मोड लियो र अन्ततः सम्बन्ध बिच्छेदमा गएर जीवनको एउटा अध्याय नै समाप्त भयो । एक किसिमले उनको भविष्यमा कालो बादल मडारियो । श्रीमानसँग अलग भएकी उनी माइतीको शरणमा गइन् । ६ महिनापछि दाइभाउजुको असह्य व्यहारबाट आजित उनी केही गर्नुपर्छ भनेर सदरमुकाम गाइघाट छिरिन् अनि सुरु भए उनका संघर्षमा दिन । २ बर्षसम्म ज्यामी काम गरेर आफू र दुई छोराको जीवन गुजारेको उनी बताउँछिन ।पछि सयकडा ३ मा ९० हजार रुपैंया ऋण काढेर मलेसिया आउन भन्दै उनी काठमाडौं हान्निइन् । दलालको फन्दामा परेकी उनी भारतको नयाँ दिल्ली हुँदै मलेसियासम्म आइपुगिन् । तर दुःखीलाई दुःखले कहिं छोड्दैन भने झैं उनलाई मलेसियामा पनि दुःखले नै पर्खिरहेको थियो । उनले सुरुमा मलेसियामा पनि खानुसम्म गोता खाइन् । यहाँको एक प्लाष्टिक कम्पनीमा काम गर्ने उनले पहिले १५ हजार कमाउँथिन् जुन अहिले बढेर ५० हजार पुगेको छ ।पैसा कमाउन थालेपछी उनको जीवनको रंग नै फेरिएको छ ।उनले काठमाडौ र गाइघाटमा घडेरी किनेकी छिन् भने दुई छोरालाई गाइघाटमा नाम चलेका निजी बिद्यालयमा पढाएकी छिन् । उनी भन्छिन् ‘मैले श्रीमान्संग सम्बन्ध बिच्छेद गरेर प्रगि गरें । अब छोराहरुको भविष्यको मात्रै चिन्ता छ ।’आर्थिक हैसियत बलियो बन्दै गएपछि उनले अब आफ्ना दुःखका दिन गएको अनुभुती गरेकी छिन् । सुरुमा लोग्नेले छोडेकी भनेर हेप्नेहरु नै अहिले नजिक हुन थालेको उनको अनुभव छ ।काम गर्दै गएपछि कम्पनीमा उनको हैसियत पनि बढेको छ ।अहिले उनी ३० जना कामदार चलाउने सुपर भाइजर भएकी छिन् । काममा सन्तुष्टि मिलेको छ, अनी कमाईमा पनि ।तर यति हुँदा हुँदै पनि कहिले काहिं परदेशको बसाईले मनपेट पोल्छ । आफ्ना मुटुका टुक्राजस्तै छोरा नेपालमा छोडेर मलेसिया बस्नुपर्दा कहिले काहिं घर फर्किहालौं जस्तो हुन्छ । अव त परदेशको बसाई पनि लामै भयो । त्यसैले अब उनी चाँडै नेपाल फर्केर केही व्यवसाय गर्ने मनस्थीतीमा पुगेकी छिन् ।
सुरुमा रानाभाट दम्पतीको जीवन सुखमय नै थियो । तर, जव कान्छो छोरा जन्मियो तव मञ्जुका सुरु भए दुःखका दिन ।
प्रधानमन्त्री ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका छन् । तर, लक्षित आयोजना पूरा भए पनि आगामी हिउँदमा १०–१२ घन्टा लोडसेडिङ हुनेछ ।
यस वर्ष लोडसेडिङ दैनिक १४ घन्टासम्म पुग्न सक्ने प्राधिकरणको प्रक्षेपण छ । प्राधिकरणका उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाटले नदीमा पानी घटेर विद्युत् उत्पादनमा कमी आउँदा फागुनमा लोडसेडिङ समय थप बढ्न सक्ने बताए ।
‘तराई–मधेसमा भइरहेको आन्दोलन र नाकाबन्दी अन्त्य भएर सबै उद्योग कलकारखाना सञ्चालनमा आएपछि विद्युत् माग करिब १५ सय मेगावाट हुन्छ, तर प्राधिकरण तथा निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरी करिब पाँच सय ८० मेगावाट मात्रै हुन्छ,’ भाटले भने, ‘त्यसैले फागुनमा दैनिक लोडसेडिङ १४ घन्टासम्म पुग्नसक्छ ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।




















