भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले थप एक स्वर्णपदक जितेको छ ।
सोमबार विहान सम्पन्न जुडो तर्फको खेलमा फूपू ल्हामु खत्रीले नेपालका दोस्रो स्वर्ण जितेकी हुन् । राउण्ड रोबिनमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतीय प्रतिस्पर्धीलाई उछिन्दै खत्रीले स्वर्ण जितेकी हुन् ।
आज स्वर्ण पदक जितेसँगैसागमा नेपालको स्वर्ण संख्या २ भएको छ । यसअघि उसूकी नीमा घर्तीमगरले स्वर्ण जितेकी थिइन ।
यसैगरी अब नेपालसँग आजै दुई वटा स्वर्ण जित्ने अवसर छ । आज अपराह्न हुने पुरुष तथा महिला फुटबलमा भारतलाई हराए नेपालको स्वर्ण संख्या चार पुग्नेछ ।
स्रोत : दैनिक नेपाल

काठमाडौ – गंगटा युथ क्लबको आयोजनामा आगामी पुस २ गतेदेखि ४ गतेसम्म नेपालकै सर्वाधिक पुरस्कार रासीका तेस्रो खुल्ला नेशनल च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । क्लबले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको हो । राजधानीको अन्नपूर्ण ब्याडमिन्टन एकेडेमि धापासी हाईटमा सञ्चालन हुने प्रतियोगितामा पुरुष जोडी, पुरुष एकल, भेट्रान डबल, मिक्स डबल र १४ वर्ष मुनिको उमेर समूहमा पुरुष एकल गरी पाँच बिधामा खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने छ ।
प्रतियोगिताको पुरुष जोडीमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ५–५ हजार, पुरुष एकलमा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले ५–५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन । त्यसैगरी भेट्रान डबलमा पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले ५–५ हजार, मिक्स डबल तर्फ पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले ५–५ हजार, र १४ वर्ष मुनि उमेर समूहको पुरुष एकलमा पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले २–२ हजार रुपैया नगद पुरस्कारसहित प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियोगितामा सहभागि हुन पुरुष जोडी तर्फ ३ हजार, पुरुष एकल तफ १५ सर्य , भेट्रान डबलतर्फ २ हजार, मिक्स डबलतर्फ २ हजार र १४ वर्ष मुनिको उमेर समूहमा प्रवेश निशुल्क तोकिएको छ ।
पत्रकार सम्मेलनमा सल्लाहकार जीवन मल्लले यूवाहरुलाई दुब्र्यशन नलागी खेलजीवनबाट स्वास्थ हुन प्रेरित गर्ने उद्देश्यले आफूहरुले प्रतियोगिताको आयोजना गर्ने गरेको बताए । सल्लाहकार चित्रबहादुर केसीले यूवाहरुलाई कुलतबाट मुक्त गर्न आफूहरुले खेलमार्फत अभियान चालेको भन्दै प्रतियोगिताबाट संकलित रकम म्याग्दी जिल्लाका भुकम्प र पहिरो पीडितहरुलाई सहयोग गर्ने बताए । उनले क्लबका सदस्यहरुले आफ्नो कमाईबाट निश्चित प्रतिसत गरेको सहयोगले यस पटक क्लबले भुकम्प पीडितहरुलाई ठूलो सहयोग गरेको भन्दै भावी दिनमा समेत यस्तो समाजसेवाको कार्यलाई निरन्तरता दिने बताए ।
कार्यक्रम संयोजक वीरबहादुर थापाले राजधानीमा मात्रै आयोजना हुने गरेको प्रतियोगितालाई देशब्यापी बनाउन आगामि बर्षबाट पाँच वटै विकास क्षेत्रमा सञ्चालन गर्ने तयारी भईरहेको जानकारी दिए ।