अवैध यौन सम्बन्ध राख्दा देवर–भाउजूको एकैचिहान

उत्तर प्रदेशको इटावा जिल्लामा अवैध सम्बन्धले देवर–भाउजूको ज्यानै लिएको छ । प्रहरीका अनुसार प्रेम र त्यसपछिको यौनसम्बन्धले दुबै जनाको एकै चिहान समेत बनाइएको छ । इटावाका वरिष्ठ प्रहरी अधीक्षक मञ्जिल सैनीले भनेका छन् कि- ‘जिल्लाको बकेवर थाना क्षेत्रको गाउँ नगला भजू सेहुदपुरमा दुईटा शव फेला परेको सूचना हामीले पाएका थियौं । हाम्रो टोलीले घटनास्थल पुगेर २२ वर्षीय सोनू र उनकी २५ वर्षीय भाउजू प्रीतिको शव बरामद गर्यो ।’ प्रहरी अनुसन्धान अनुसार दुबैको हत्या घाटी थिचेर गरिएको थियो । परिवारसँग सोधपुछका क्रममा हत्याको कारण अवैध प्रेम सम्बन्ध भएको खुल्यो । साथै सोनूका भाईको दुर्घटनामा मृत्यु भइसकेको छ । उनकी भाउजू विधवा थिईन् । त्यही क्रममा सोनूको प्रेम सम्बन्ध आफ्नै विधवा भाउजू प्रीतिसँग भयो । दुबै विहे गर्न सम्म पुगिसकेका थिए । प्रीतिका माइती विहे गरिदिन राजी थिए तर, सोनूका परिवारले यो सम्बन्ध मान्न तयार भएनन् । जसका कारण सोनूले जिद्धी गर्न थाले । त्यसपछि समाजमा बदनाम हुने डरले सोनूका परिवारले नै दुबै हत्या गरिदिए । वरिष्ठ पुलिस अधीक्षक सैनीका अनुसार यो घटनामा प्रीतिका जेठाजू र जेठानीविरुद्ध मुद्दा दर्ता भएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses