बलात्कारीसँग बदला : दम्पत्तिले हत्यापछि गुप्ताङ्ग पकाएर खाए - हेर्नुहोस्

सुमात्रा – बलात्कारीलाई कस्तो सजाय दिदाँ ठीक होला ? मानिसहरुको उत्तर फरक फरक हुनसक्छ । तर इन्डोनेशियामा एक नवविवाहित जोडीले बलात्कार गर्ने एक व्यक्तिको हत्या गर्दै उसको गुप्ताङ काटेर खाएका छन् । प्रहरीका अनुसार यसअघि बलात्कार गर्ने उक्त व्यक्तीसँग बदला लिन महिलाले आफ्नी श्रीमान्सँग मिलेर यस्तो योजना बनाएकी थिइन् । इन्डोनेशियाको प्रहरीले यस हत्याकाण्डछि यो दम्पत्तीलाई आजीवन जेल सजाय दिने बताएको छ । इन्डोनेशियाका प्रहरी प्रवक्ताले हत्या गर्ने रुडी एफेन्डी र उनकी श्रीमती नूराहलाई सुमात्राको लैमपांग प्रान्तस्थित उनीहरुकै घरबाट पक्राउ गरिएको बताइन् । प्रहरीले चार अक्टुबरमा एक व्यक्तीको नराम्ररी जलेको शव फेला पारेको थियो । पछि उक्त व्यक्ति एक ट्राभल एजेन्सीका लागि ड्राइभर रहेको पत्ता लाग्यो । प्रहरीले एक महिनाको छानविनपछि यो दम्पत्तीले नै हत्या गरेको निष्कर्ष निकालेको हो । यो दम्पत्तीले गत सेप्टेम्बरमा विवाह गरेको थियो । सुहागरातमा श्रीमान्ले श्रीमती कुमारी नभएको पत्तो पाएपछि श्रीमतीले एक हप्ताअघि मात्रै आफू बलात्कृत भएको बताएकी थिइन् । त्यसपछि उनका श्रीमान्ले बलात्कारीसँग बदला लिने योजना बनाए । उनले आफ्नी २० वर्षीया पत्नीसँग उनलाई बलात्कार गर्नेलाई बोलाउन लगाए । त्यसपछिको भेटमा श्रीमान्ले चक्कु प्रहार गरेर बलात्कारीको हत्या गरे र उसको गुप्ताङ काटे । त्यसपछि बलात्कारीको लासलाई जलाईदिए । प्रहरीले अब हत्याको मामिला अघि बढाउनसक्नेछ । जसको अर्थ यो दम्पत्तीलाई फाँसीसम्म हुन सक्नेछ । स्रोत: रातो पाटी 

,

0 comments

Write Down Your Responses