४० मिनटमै पुरा निद्रा पुर्याएर दिनमा २३ घण्टा काम यसरी गर्न सकिन्छ - हेर्नुहोस्

तपाईंहामी रातभर सुत्ने गर्छौं । त्यसैले हाम्रो जीन्दगीको आधा समय निन्द्रा मै बित्ने गर्छ । अबदेखि थकाई कम गर्न पूरै रात सुत्न छाडिदिनुस् । सिर्फ ४० मिनेटमा तपाईंले थकानबाट मुक्त पाउनुहुनेछ, भरपूर आनन्द पाउनुहुनेछ । साथै अधिकांश समय सकारात्मक काममा प्रयोग गर्नुभयो भने तपाईंको जीवन सुन्दर मात्रै बन्दैन सुखमय पनि बन्नेछ ।

यो पनि भनिन्छ की कमसेकम ६ घण्टा सुत्नु सबैको लागि जरुरी छ । तर हामी सबैलाई थाहा छ, पूरै रात सुत्दापनि बिहान शरीर थकित नै हुन्छ । तपाईंलाई पनि यो समस्या छ भने तपाईंले आफ्नो सुत्ने तरिका र आसनमाथि विचार गर्नुहोस् । तपाईंले एउटै आसनमा सुत्नुभयो भने तपाईंलाई निन्द्राले छा्ड्नेछैन । सुत्नको लागि तपाईंलाई बाक्लो र आरामदायी सिरानीको आवश्यकता पर्छ । तर तपाईंले आरामदायी सिरानी प्रयोग नगर्नुहोस् । योग अथवा विज्ञानले समेत मानेको छ की १५ देखि चालिस मिनेटसम्म गहिरो निन्द्रा सुत्नु र आठ घण्टा सुत्नु उस्तै हो । योग विज्ञानमा यसलाई ‘योगनिन्द्रा’ भनिन्छ ।

योगदर्शनका लोकप्रिय गुरु लेखक स्वामी ओमानन्दका अनुसार तपाईंले ‘योगनिन्द्रा’ निरञ्तर अभ्यास गर्दै जानुभयो भने, दिनमा २३ घण्टाको समय आफ्नो जीवनको अन्य काममा प्रयोग गर्नसक्नुहुनेछ । योगनिन्द्रा मै काम गरिरहेका रुसी वैज्ञानिक एन्कतिय चोस्कीले महाभारतमा अर्जुनलाई निन्द्राजित भन्नुको सत्य जान्नको लागि योगको अध्ययनमा निन्द्राको जरुरीको बारेमा खोज सुरु गरेका थिए ।

योगका समयमा व्यक्ति आफ्नो शरीर एवं श्वासप्रश्वासप्रति अचेत रहने कुरा उनले पत्ता लगाएका थिए । योगनिन्द्रामा ताजगी वा विश्राम महसुस गरिन्छ । उनले शरीरको केही केन्द्रको सन्दर्भ पनि जोडेका छन् । हाम्रो शरीरको पेल्भिस्, नाभि, गला वा दुवै आँखाको बीचमा यस्तो केन्द्र हुन्छ जहाँबाट शिरा तथा तन्तुहरुमा तरंग दौडने गर्छ ।

स्वामी ओमानन्दकाअनुसार व्यक्ति सुतेको समयमा अचेत रुपमा देहआत्मबोधबाट मुक्त हुनेगर्छ । तब मस्तिष्कको मुख्य भाग अथवा मेरुढण्डको ६ चक्रमा धाराहरु सक्रिय हुन्छन् । यस्तो स्थितिमा आउनको लागि चारदेखि ५ घण्टा लाग्छ तर ‘योगनिन्द्रा’मा चालिस मिनेटमा पनि यस्तो स्थिति आउँछ, जसले तपाईंलाई विश्राम र थकान मेटाउने काम गर्छ ।

के हो योगनिन्द्रा ? 
योगनिन्द्रा भन्नाले योग विधाको एउटा रुप हो, जुन तपाईंले योेग गुरुबाट सिक्न सक्नुहुनेछ । योगनिन्द्राको अभ्यासले तपाईंलाई छोटो समयमै थकानको अन्त्य गराउँदछ । निरन्तर अभ्यासले तपाईं चालिस मिनेटमा रातभर सुतेको भन्दा बढी आनन्द महसुश गर्न सक्नुहुनेछ । यसो गर्दा तपाईं तनाव तथा थकानबाट मुक्त हुनुहुनेछ ।

,

0 comments

Write Down Your Responses