नयाँ कृषिमन्त्रीको यसरी भयो यौनकाण्डको पर्दाफास ...

वर्तमान कृषिमन्त्री हरिबोल गजुरेलको यौनकाण्ड पर्दाफास भएको छ ।
यस्तो छ कहानीः सिन्धुलीका माओवादी नेता शेरमान कुँवर ‘विशाल’ र उनकी जीवनसंगिनी निरु दर्लामी कुँवर ‘शिला’ पनि भूमिगत भइसकेका थिए । त्यति नै बेला शिला बिरामी परिन् । उनको उपचारार्थ पार्टीले काठमाडौंमा भूमिगत रुपले सक्रिय हरिबोल गजुरेल ‘शीतलकुमार’लाई खटायो । काठमाडौंको कलंकीमा कोठाभाडा लिएर भूमिगत जीवन बिताइरहेका थिए शीतलकुमारले ।
शिला आइन्, उनलाई उपचारको क्रम पनि अघि बढ्यो । यसका साथै शिलामाथि हरिबोलको रोमान्टिक नजर पनि गढ्दै गयो । भूमिगत अवस्था, सबैबाट बचेर हिँड्नुपर्ने र एउटै कोठामा कठिनसँग बस्नुपर्ने । शिला बिरामी भए पनि हरिबोला र शिलाबीच अन्तरंग सम्बन्ध कायम भयो । शिला उपचार गराएर फर्किएपछि पार्टी मुख्यालयमा उजुरी पर्यो, म बिरामी भएर उपचार गर्न गएका बेला शीतलकुमारले जबर्जस्ती यौनसम्बन्ध कायम गरेर अन्याय गरे, न्याय पाउँ भनेर । यो उजुरी ठूलो बहसको बन्यो । यस काण्डमा हरिबोलले बाबुराम भट्टराईको साथसहयोग खोजे । तर, बाबुरामले यस्ता सांस्कृतिक विचलनमा उनलाई साथ दिन नसक्ने प्रष्ट पारेका  थिए ।
त्यतिबेलासम्म बाबुरामको प्रमुख सहयोगी र सल्लाहकारका रुपमा रहेका हरिबोल यसै बिषयलाई लिएर बचाउने आशाका साथ प्रचण्डसमक्ष पुगे । प्रचण्डले हरिबोललाई च्यापे । त्यसदिनदेखि अहिलेसम्म पनि हरिबोल प्रचण्डका कट्टर पक्षपातीका रुपमा रहिरहेका छन् । शिलाको उजुरीमा व्यापक छलफल गरी हरिबोलका गतिविधि पार्टी, क्रान्तिविरुद्ध रहेको निष्कर्षसहित पार्टी दस्तावेजमा समेत उल्लेख गरियो ।
यस घटनापछि बाबुराम र हरिबोल कहिल्यै एकै ठाउँमा उभिन सकेनन् । पछि केन्द्रीय समिति बैठक सकेर कार्यक्षेत्रमा फर्कंदा सिन्धुलीका ३ जना माओवादी केन्द्रीय नेता सेनाको कारवाहीमा मारिए । यसमा शेरमान पनि परे । त्यसबेलादेखि यो विषय रहस्यका रुपमा रहँदै आएको छ ।
एमाओवादी विभाजित हुनु केही महिनाअघि पार्टी मुख्यालयमा शेरमानको हत्यामा हरिबोल संलग्न रहेको भनी शिलाले उजुरी हालिन् । तर, यसको कहिल्यै सुनुवाई भएन । बरु मोहन वैद्य किरणको नेतृत्वमा पार्टी नै विभाजित भयो । हरिबोल भएको पार्टीमा नबस्ने भन्दै शिला वैद्यको पार्टीमा लागिन् ।
यसअघि कांग्रेस सरकारका कृषिमन्त्री हरिप्रसाद पराजुलीले यौन काण्डकै कारण मन्त्री पदबाट राजीनामा दिएका थिए । जनआस्था साप्ताहिकमा खबर छ । स्रोत : http://dainiknepal.com/2015/110855.html

0 comments

Write Down Your Responses