यि ६ खानेकुरा तताएर नखानुस्, तपाइको ज्यान जान सक्छ (जानी राखौ )

हामी विहान बनाएको खाना बेलुका अथवा बेलुका पकाएर बाँकी भएको खाना विहान तताएर खान्छौं र हिजोआज त ग्यासको हाहाकार छ बजारमा । लोड्सेडिङ् बढ्दो छ । त्यसैले पनि मौका छोपेर खाना बनाउँनु पर्ने र भोकका बेला तताएर खानु पर्ने बाध्यता छ । तर, केहि खानेकुहरु यस्ता हुन्छन् जसलाई तताएर खाँदा बिष बराबर हुन्छन् । आज हामी तताएर खान नहुने ७ कुराका बारेमा चर्चा गरौ ।

१. पालक :

पालकमा नाइट्रेट नामक तत्व हुन्छ । जुन तताउँदा विषाक्त तत्वका रुपमा बदलिन सक्छ । त्यसैले पालक तताएर खान हुँदैन ।

२. सलगम :

यसमा नाइट्रेटको मात्रै धेरै हुन्छ । जुन शरीरका लागि राम्रो मानिन्छ । तर, यसलाई फेरि तताउँदा यो हानिकारक तत्वमा बदलिने संभावना हुन्छ ।

३. अण्डा :

अण्डालाई धेरै तापक्रममा ततायो भने विषालु पदार्थ भइदिन सक्छ । त्यसैले एकपल्ट गरम पानीमा उमालेको अण्डालाई फेरि ततोपानीमा उमालेर तताउनु हुँदैन । यसरी खाँदा पेट बिग्रिने संभावना अधिक रहन्छ ।

४. मसरुम (च्याउ) :

मसरुम(च्याउ) लामो समय चिसोमा राखेको खाँदै नखाँदा राम्रो हुन्छ । यो धेरै सेन्सेटिभ तरकारी हो । यसमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भइसकेर फेरि तताउँदा बिग्रिने डर असाध्यै धेरै हुन्छ ।

५. चिकेन :

मान्छेहरु चिकेन फेरि तताएर खान खुब रुचाउछन् तर, यसमा प्रोटिनको मात्रा धेरै हुने भएकाले चिसोबाट फेरि गरम बनाउँदा प्रोटिन टक्सिस नामक तत्वमा बदलिन सक्छ ।

६. आलु :

आलु स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । तर, यसलाई पकाएर लामो समय फ्रिजमा राखेर फेरि तताउँदा भने हानिकारक हुन सक्छ । किनभने यसमा रहेको पोषक तत्व विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।
स्रोत : ओ यस नेपाल

0 comments

Write Down Your Responses