बाबुरामको फेरि रगत बनाउने रणनीति ?

नेकपा माओवादीको दोस्रो युद्धविराम थियो, सायद । ०५७ तिर एकजना ढाका टोपी लाएको क्रान्तिकारीले मेरा बुवासँग मेरै सामुन्ने भन्यो– छोरालाई पनि क्रान्तिमा लगाउनुपर्छ । पढाई अब्बल छ, राम्रो बोल्दो रहेछ, यसले केही गर्छ । मेरा पेन्टर बुवाको जवाफ थियो– यसले केही गर्दैन, जे गर्नुपर्ने हो उसको अगाडिका पाइलाहरुले गर्नेछन् । यो घरभित्रकै क्रान्तिकारी हो, अहिले क्रान्तिमा नपठाऔं । त्यसताका धुमिल तस्बिरमा आउने प्रचण्ड काल्पनिक लाग्थे, वार्तामा आउने बाबुराम भट्टराई क्रान्तिकारी लाग्थे । पढेका गाउँले दिग्गजहरु (मास्टरहरु) भन्थे– पढालिखा बाबुराम जस्ता मान्छेले खोलेको पार्टीले मुलुकमा धेरै परिवर्तन ल्याउनेछ । म ठान्दथें, सायद त्यस्तै होला । राजनीतिको ‘र’ पनि नजानेको र जान्ने इच्छा नराखेको मलाई बाबुरामजस्तो बन्ने लहड जाग्यो र त्यसैताका उनले लगाउने जस्तो टोपी लिँडेढिपी गरेर बुवासँग किनीमागेर लगाउन थालें । ४÷५ वटा विद्यालयको एसएलसी परिक्षा एकै ठाउँको केन्द्रमा हुने गर्दथ्यो र अन्य स्कुलबाट आउने फुच्चेहरुले मलाई भन्थे– बाबुराम । बाबुराम । खासमा उनीहरुको सन्देश थियो म बाबुरामको फ्यान थिएँ । वास्तविकता पनि त्यही थियो कि म बाबुरामको फ्यान थिएँ । म अहिले निसंकोच भन्न पनि सक्छु कि म ‘जंगली बाबुराम’को फ्यान थिएँ । जब एमाओवादी शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा आएको थियो त्यसबेला म म्याचोर्ड भइसकेको थिएँ । व्यावसायिक पत्रकारिता, लेखन र समाजको कुरीतिविरुद्धको यात्रामा जोसिलो आवाज उठान गर्नसक्ने भइसकेको थिएँ । म स्नातक अध्ययन गरिरहेको थिएँ । मलाई राजनीतितिर पनि ध्यान थियो, समाजतिर पनि ध्यान थियो । म अब्बल रिपोर्टर पनि बनिसकेको थिएँ । वर्षहरु वितिरहेका थिए । चुनावी लडाई, एमाओवादीको सरकार, बाबुरामको अर्थमन्त्रीत्वकाल देखेर थोरै दंग पनि परें । त्यसपछि उनी नै राष्ट्रको प्रधानमन्त्री बन्नुपर्छ भन्ने आवाजहरुमा मेरा आवाजहरु पनि मिसिएका थिए । उनी प्रधानमन्त्री नं ३५ पनि भए । उनको कार्यकालले मुलुकले कोल्टे फेर्छ भन्ने पनि लाग्यो । चर्चा पनि त्यसै हिसावले अघि बढे । जव उनले संविधानसभाको विघटनको घोषणा गरे त्यसबेलादेखि बाबुरामप्रतिका सवै आशा, भरोसा र विश्वासहरु गुम्दै गए, हराउँदै गए । म बाबुरामलाई चिन्दिन, यो जुनीमा चिन्नु पनि छैन । उनी नै चिनजान गर्न आए, गरौंला तर उनका हर कर्मको व्याख्या र विश्लेषण चाँहि गरिन्छ । जव भारतीय राजदूत रणजीत रायलाई प्रमुख आतिथ्यमा राखेर गरिएको कार्यक्रममा म पुगें । बाबुराममार्गीहरुको जमात देखेर मलाई मुलुकप्रति चिन्ता जाग्यो । राजनीतिमा भारत वा उसको नुन खाने हल्लामात्र होला जस्तो लागेको थियो । तर, खुलेआम उही पुरानो सिरक नयाँ खोलमा हालेजस्तो व्यक्तित्व बोकेका कथित डा’साब र लेखकहरुको राष्ट्रियताप्रतिको भ्रान्ति देखेर मगज तिलमिलायो । र, ठानें– यी सब बाबुराममार्गीहरुको नयाँ शक्ति भनेको नयाँ दिल्लीको शक्ति हो । यिनमा फरक यत्ति छ– सिधै दिल्ली लेख्न नसकेका कारण ‘शक्ति’ लेखेका रहेछन् । सडकमा, सदनमा, सहरमा, पत्रपत्रिका र अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जालमा व्यापक भयो– बाबुरामको नयाँ शक्ति अभियान सुरु भयो । उनी आफैं पनि त्यसको प्रचारमा व्यापक रुपमा लागेका छन् । तर, के हो नयाँ शक्ति ? किन नयाँ शक्ति ? त्यसको लक्ष्य र जनाधार के हो ? यसको व्याख्या भएको छैन । नयाँ शक्ति भनेको नेपाली राजनीतिलाई सखाप बनाई विदेशीहरुलाई हस्तक्षेप गर्नका लागि अपिल गरिएको संगठन हो ? जनसंगठन हो ? वा नाकाबन्दी, मजदुर र जनमारा अभियानमा सहयोगी भूमिका निर्वाह गरी वेरोजगार युवा भुल्याउने अर्को रणनीति ? जव भारतीय राजदूत रणजीत रायलाई प्रमुख आतिथ्यमा राखेर गरिएको कार्यक्रममा म पुगें । बाबुराममार्गीहरुको जमात देखेर मलाई मुलुकप्रति चिन्ता जाग्यो । राजनीतिमा भारत वा उसको नुन खाने हल्लामात्र होला जस्तो लागेको थियो । तर, खुलेआम उही पुरानो सिरक नयाँ खोलमा हालेजस्तो व्यक्तित्व बोकेका कथित डा’साब र लेखकहरुको राष्ट्रियताप्रतिको भ्रान्ति देखेर मगज तिलमिलायो । र, ठानें– यी सब बाबुराममार्गीहरुको नयाँ शक्ति भनेको नयाँ दिल्लीको शक्ति हो । यिनमा फरक यत्ति छ– सिधै दिल्ली लेख्न नसकेका कारण ‘शक्ति’ लेखेका रहेछन् । संविधानले स्वतन्त्र व्यक्तिका लागि राजनीतिक दल खोल्न कुनै आपत्ति गरेको छैन । बाबुरामले पनि शक्तिका नाममा खोल्न पाउँछन् । तर, जनताको भावनालाई एकीकृत गरी तिनको चाहनालाई कौडीका भाउमा दूतावासमा बेच्ने अधिकार उनलाई छैन । उनलाई मुलुकले श्राप देला नदेला थाहा छैन, उनको यो कर्मको भण्डाफोर उनको अभियानमा जुटेका अनुहारहरुले गरेका छन् अनि पुष्टिचाँहि उनकै व्यवहारहरुले गरिरहेका छन् । Binod-Dhakal लेखकः बिनोद ढकाल देश बिगारेर, मुलुकलाई विदेशीसामु लम्पसार पारेर, हज्जारौं मान्छेहरुको रगतमाथि लतपतिएको अनुहार बोकेर फेरि क्रान्ति र मुलुक राम्रो बनाउँछु भन्दै नयाँ शक्तिको कुरा गर्दा लाजको एउटा सीमालाई कायम राख्नुपर्छ । परिवर्तनका लागि आएको नयाँ शक्ति माओवादीको उपलव्धि के भयो ? के गर्नुपर्ने थियो भनी नसोची फेरि निराश जनतामाझ नयाँ शक्तिका नाममा खोल्न लागिएको नयाँ कम्पनीमा सेयर सदस्य कति रहने, को–को ले हाल्ने र जनतालाई सहकारीको सदस्य जस्तो बनाउने खेल सुरु भएको हो भने भ्रम नपरोस्– नयाँ शक्ति अभियान होइन, दुर्भियान हो । यसले जनतालाई कहीँ पु¥याउँछ भने भड्खालोमा मात्रै पु¥याउँछ । अचेल मेरो किशोरापनमा मैले अन्धो भएर विश्वास गरेको बाबुरामलाई सम्झिन्छु र अहिले बुझेको बाबुरामलाई समान राखेर विश्लेषण गर्छु । म ‘डाल्डा’ घिउलाई असली भैंसीको घिउ सम्झेर खाइरहेको रहेछु, मलाई यतिबेला देखेको बुझेको बाबुराम देख्नासाथ पखाला चल्छ । राजनीतिका संस्कारजति ट्वाइलेटमा छाड्ने र कुसंस्कारजति बोकेर जनतामाझ जाने कथित राजनीतिक कम्पनीहरु खोल्ने होड असामान्य छ । एक व्यक्ति, एक पार्टी गठन अभियानको कायरपनमा उम्लिएको यो नयाँ शक्ति जनतालाई फेरि आजित बनाउने अर्को खेल भन्दा केही पनि सावित हुनेवाला छैन । सप्तरीको बरमझियामा पुरानो बाजेको पेडा भन्डार खुलेजस्तै हो यो नयाँ शक्ति । जब विक्री हुन छाड्छ अनि भन्डार बन्द हुन्छ । फेरि उसले अर्को नाम राख्छ– सवैभन्दा पुरानो बाजेको पेडा भन्डार । त्यसरी नै बाबुराम र बाबुराममार्गीहरुको हर्कत अघि बढिरहन्छ । बाबुराममार्गीहरु यहाँ हर समाजमा उम्लिरहेका छन् । उनीहरुको पहिचान हुनुपर्छ । अधिकार र न्यायका नाममा जनताको भावनालाई मुट्ठीमा कैद गरी विदेशीसामु बिक्री गर्ने कथित राजनीतिक व्यापारीलाई आम जनताले चिन्ने अवसर हो यो, यो अवसर गुमाउन हुँदैन । यदि बाबुराम साँच्चैको समृद्ध नेपाल बनाउन, न्यायसहितको नेपालको परिकल्पना चहान्थे भने उनले संविधान उनको कार्यकालमा जारी गर्ने थिए । त्यतिमात्र होइन, उनी नै संवैधानिक समितिको सभापति भएका बखतमा संविधानका बारेमा निरन्तर जनतासँग साक्षात्कार गर्न पुग्थे । तर, भ्रमहरुको खेती गरिरहेका उनी संविधानमा हस्ताक्षर गरी त्यसैको विरोधमा उत्रिनुले उनको बौद्धिकता स्खलन भएको, स्वार्थपूर्ण आचरण सबैले पारदर्शी रुपमा देखेका र विश्लेषण गरेकै छन् । त्यसकारण म यो बाबुरामको होइन, ‘जंगली बाबुराम’को फ्यान थिएँ भन्ने मेरो व्यक्तिगत निष्कर्ष छ । यसबाहेक उनको नयाँ शक्तिप्रति मेरो कुनै खास टिप्पणी छैन । उनी बनाउन् । राजनीति गरुन् । उनको अन्य पेशा छैन । न उनले प्रधानमन्त्री छाडेको भोलीपल्ट घरका झ्याल नाप्न हिँडे न नक्सा कोरे । त्यसकारण उनको पेशा नै राजनीति हो । यस्ता पेशाधारी ६ सय १ त सिधा हामीले वैधानिक बनाएका छौं, बाँकी कति छन् कति । तर, सवालहरु, मुलुकी मुद्दाहरुले कहिलेकाँही मान्छेलाई फ्रस्टेशनमा ल्याइदिन्छ । जसको वर्तमान नै अस्रेल्ल छ, भविष्य सम्झेर तिलमिलाउने गरिन्छ । म सोध्न चाहन्छु । फरक व्यक्तिमा आउँछ कि आचरणमा ? फरक अभियानमा आउँछ कि आदेशमा ? यी कुराको विश्लेषण गर्न मन लाग्छ । राजनीति के हो ? परिवर्तन के हो ? नयाँ शक्ति के हो ? वेपत्ताहरुको परिवारको आँखामा टिलपिलाइरहेको आशा र निराशाबीचको आँशुको चरित्र हो की बिनाकारण मारिएका र अज्ञात शहिद भएका परिवारहरुको हातमुख जोर्ने समस्याको मजाक हो ? सानेपातिर, लाजिम्पाट, महाराजगन्ज, बालकोटतिरका ठूला महलमा ढलमलाइरहेका अवसरवादीहरुको मोहको परिबन्धको आधार हो कि ग्यासको अभावमा च्युरासँग रात काट्ने सडकयात्रीको कठ्यांग्रिदो दैनिकी हो ? हो चाहीँ के ? मलाई यसको उत्तर चाहिएको छ । दिने ताकत कुनै कोणमा पनि बसेका कथित ‘शक्तिकेन्द्र’मा छैन । विल्कुल छैन । पटक्कै छैन । यसकारण म मजस्ता आजका युवा साथीहरुसँग यथार्थमा सोध्न र खोज्न चहान्छु के छ हाम्रो भविष्य ? हाम्रो पुस्ताको भविष्य ? हाम्रो मुलुकको भविष्य ? राष्ट्रियताको भविष्य कहाँ छ ? म महाभूकम्पमाथि गरिएको राजनीति, नाकाबन्दीले थला पारेको हरव्यक्तिको घाइते भावनामाथि गरिएको राजनीतिका कुरा गर्दिन, कुरा गर्छु हाम्रो भविष्य के होला ? बेरोजगार स्नातकोत्तर, स्नातकहरुको विमानस्थलको ढोकामा एयरलाइन्स कुर्ने बाध्यताको सवाल उठाउँदिन, त्यसले संकेत गरेको भोली नेपालको संश्लेषण गर्न आह्वान गर्छु । म ग्याजेटमा रमाएको पुस्तालाई सोध्न चाहन्छु, म सामाजिक सञ्जालमा गाली गरिरहेको एउटा फरक समाजलाई सोध्न चाहन्छु अब पनि हामी बेबकुफ बनाउने कथित विद्वानहरुको वैचारिक लिलिपुटवादको छायाँमा बस्ने कि निस्कने ? मुलुक निर्माण र भविष्य सुरक्षित गर्ने दायित्व पक्कै नयाँ पुस्तामा छ । र, त्यही नयाँ पुस्ता भनेको नयाँ शक्ति हो । ०४७ सालमा रतन्धो लागेपछि अँध्यारो रातमा छिरेर रगतमाथि पौडिएको सांग्लाहरुको जमात् भनेको ०५२ देखि रातो रगतसँग खेल्छन्, ०७२ देखि तातो रगतसँग खेल्ने दुश्प्रयास गरिरहेको ठान्छु । हामी सचेत हौं, सचेत भएर भविष्यका लागि एउटा आमसाधारणबाट उठ्नसक्ने भविष्यको सहभागीताको महाभेला गरौं । विचारको मन्थन गरौं, निष्कर्शको आधार बनाएर अघि बढौं भन्ने मेरो प्रस्ताव छ । बाँकी, काम ढल्न लागेको कांग्रेस, वर्णमा उम्लिरहेको मधेसी मोर्चा नामधारीहरु, सत्तामा टाँसीएका एमाले, एमाओवादी, राप्रपा नेपालहरु र त्यसको विरोधमा विदेशी डोनर खोजिरहेका नयाँ शक्तिले गरेको तमासा हेर्ने कि ? स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses