सलमानलाई फोनमा किन हप्काइन् कटरिनाले ?

मुम्बाई – कटरिना कैफ आफ्नो व्यक्तिगत र प्रेम जीवनबारे कमै बोल्ने नायिका रुपमा चनिन्छिन् । तर, चर्चित पत्रिका जिक्युसँगको अन्तर्वार्तामा भने कटरिनाले आफ्नो नीजि जीवनको बारेमा खुलेर कुरा गरेकी छिन् । जिक्युसँग कुरा गर्दै फ्यान्टमकी नायिकाले सलमान खानले हालै एक कार्यक्रममा आफू बारे दिएको प्रतिक्रिया चित्त नबुझेको बताइन् । सलमानले कलर्स च्यानलमा प्रशारण हुने कमेडी नाइटस् विथ कपिलमा आफ्नो पछिल्लो चलचित्र प्रेम रतन धन पायोको प्रबद्र्धन गर्न आएका थिए । त्यसबेला उनले सेटमा कटरिनाको चित्र राखिएको पटाखाहरु देखेर जिस्किँदै भनेका थिए, ‘कटरिनाको चित्र राखेर के काम ? न त यो तिम्रो लागि काम आउँछ न मेरो लागि नै कुनै काम लाग्छ ।’ अन्तर्वार्तामा कटरिनाले भनेकी छिन्, ‘सलमान र मेरो सम्बन्ध साँचो थियो । त्यही भएर आज पनि हामी साथी भएर बसिरहेका छौं । तर उनी समानान्तर ब्रम्हाण्डमा बाँचिरहेका हुन्छन् र सार्वजनिक रुपमा मेरो बारेमा खिल्ली उडाइरहेका हुन्छन् । यो कुरा मिडियालाई निकै चाख लाख्छ । जस्तो कि कपिल शर्माको शोमा उनले मलाई कुनै कामको छैन भनेर भने । त्यस लगत्तै मेले उनलाई फोन गरेर कराए ।’ कटरिनाका अनुसार सलमान र उनीबीच यस्तो सोहार्दपूर्ण सम्बन्ध भएका कारण उनले सलमानलाई कराएको बताइन् । जवाफमा सलमानले माफी माग्दै मिडिया समेतमा उक्त कमेण्टबारे माफी माग्ने आफूलाई जवाफ दिएको बताइन् । ‘मैले उनलाई आइन्दा यस्तो नगर्न र मिडियामा सकेसम्म चुप लाग्न आग्रह गरे,’ कटरिनाले बताइन् । ३२ वर्षीया नायिकाले रनविरसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै विवाहको विषयमा विस्तारै सोच्ने बताइन् । ‘हाम्रो वरिपरी हेर्नु त, विवाहमा कति समस्या छ,’ अन्तर्वार्तामा उनले बताइन् ।

0 comments

Write Down Your Responses