बैठकमै उपस्थित नभएका कमल थापालाई सभामुखले बोल्न समय दिएपछि संसदमा होहल्ला

काठमाडौं– व्यवस्थापिका संसदको आजको बैठक सांसदहरुको नाराबाजीका कारण अबरुद्व बनेको छ । बैठक सुरु हुनासाथ बैठकमा सहभागि नै नभएको उपप्रधानमन्त्री कमल थापालाई सभामुख ओनसरी घर्तीले बोल्न समय प्रदान गरेपछि सांसदहरुले आपत्ती जनाएका थिए । यसरी आपत्ती जनाउनेको अग्रपक्तिमा कांग्रेस सांसद रामहरी खतिवडालगायत थिए । उनीहरुले बैठकमा सहभागि नभएका थापालाई बोलाएर के गरेको भन्दै आफ्नो सिटबाट उठेर आपत्ती जनाएका थिए । यसलगत्तै आफ्नो मागको सुनुवाई नभएको भन्दै तराई मधेसमा आन्दोलनरत मोर्चामा आबद्व सांसदहरुले नाराबाजी गर्दै संसदमा नाराबाजी सुरु गरेको थिए । यसैगरि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र अनुराधा थापामगरले पनि भारतीय राजदुत रञ्जित रेलाई फिर्ता पठाउन माग गर्दै संसदमा नाराबाजी गरे । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदले अवरोध गरेपछि सभामुखले आआफ्नो स्थान ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग पु¥याउन पटक पटक आग्रह गरेपनि नमानेपछि बैठक भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।

0 comments

Write Down Your Responses