आँफैले बनाएको संविधान कुल्चँदै ओलीले यसरी थपे जथाभावी मन्त्रीहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चँदै बिहिबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आधा दर्जन उपप्रधानमन्त्री बनाएकामा आलोचना खेपिरहेका ओली आफै ६ जना राज्यमन्त्री जपेर जम्बो मन्त्रिपरिषद् बनाउँदैछन् । प्रधानमन्त्री ओलीले बिहिबार राप्रपाका दीपक बोहोरालाई श्रम तथा रोजगार, परिवार दलका एकनाथ ढकाललाई विनाभिावगी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई खानेपानी ता सरसफाई र जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापालाई विज्ञान तथा प्रयिवधिमन्त्री बनाएका छन् । नागरिक दैनिकमा समाचार छ । त्यसैगरी ओलीले एमालेका केही सांसदलाई राज्यमन्त्री बाउनेसमेत तयारी छ । ६ राज्यमन्त्री थपिनेछन् बालुवाटार निकट स्रोतले बताएको छ । आइतबार शपथ गराउने कार्यक्रम रहेको बुझिएको छ । संविधानको धाराा ७६ को मन्त्रिपषिद् गठनसम्बन्धि व्यवस्था उपधारा ९ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमनित्र सहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने उल्लेख छ । त्यसमा स्पष्टिकरण थपिएको छ : यस भागको प्रयोजनका लागि मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री सम्झनुपर्छ । स्रोत : ओ यस नेपाल

0 comments

Write Down Your Responses