यो कस्तो प्रेमविवाह ? जहाँ दिदीले आफ्नै भाईसँग सुहागरात मनाइन्

संसारमा यस्तो सायदै होला । जहाँ प्रेमी प्रेमिका दिदी भाई हुन्छन् । तर, संसारमा यस्तो पनि हुँदोरहेछ भन्ने कुरा भारतको अहमदाबादमा भएको घटनाले प्रमाणित गरिदिएको छ । नाताले दिदी भाई पर्ने एक प्रेमी जोडीले विवाह गरेका छन् । विवाह मात्रै होइन् सुहागरात समेत मनाएका छन् । एक वर्षसम्म पति पत्नि भएर बसेका छन् । उनीहरुले विवाहपछि मात्रै दिदी भाईको नाता परिवारबाट थाहा पाएका थिए । पढ्नका लागि बाहिर गएका बेला दुबै जनाबीच एक विहे पार्टीमै भेट भएको थियो । त्यहीबाट उनीहरुको सम्बन्ध फोन, च्याट, हुँदै लभ र म्यारिजसम्म पुगेको थियो । आफ्ना केही साथीहरु बोलाएर दुबैले परिवारलाई थाहै नदिईकन मन्दिरमा विहे गरेका थिए । विहे पश्चात एक वर्षपछि कलेज विदामा दुबै जना आ-आफ्नो घर गएका थिए । तर, एकदिन नातेदारको विहेमा युवक आफ्नी आमासँग अर्काे गाउँ पुगेका थिए । त्यसको लगत्तै युवतीको परिवारमा विहेमा आइपुग्यो । एक अर्कालाई देखेर युवक र युवती (श्रीमान र श्रीमती) निकै खुसी भए । तर, जब परिवारका सदस्यले एक अर्काबीच परिचय गराए तब उनीहरुको हाँसो हरायो । परिचय गराउँदा युवती दिदी थिईन् भने युवक भाई । नाताले युवक मामाका छोरा थिए । परिचय गराएपछि युवतीले आफ्नो परिवारलाई विहे गरेको घटना जानकारी गराईन् । त्यसपछि प्रहरीको सल्लाहमा अदालतमा दर्ता भएको विवाह दर्ता प्रमाण पत्र खारेज गर्न प्रक्रिया अगाडि बढाइएको थियो । यो घटनाबारे युवकलाई परिवारलाई जानकारी गराइएन् । एक प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा यो सूचना उपलब्ध गराएको भारतीय पत्रिका दैनिक जागरणको अनलाईन संस्करणले लेखेको छ । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses