बेहुली पटिको बिबाह सम्पन्न भएर बेहुली अन्माउने बेला बेहुलाको मृत्यु भए पछि

रहाको चन्द्रअयोध्यापुर गाविस वडा नम्बर १ चोहर्वा गाउँमा विवाह समाप्त भएको केही समयपछि बेहुलाको मृत्यु भएको छ । मिथिला संस्कृति अनुसार विवाह समाप्त भई छोरीलाई बिदाइ गर्न खोज्ने क्रममा बेहुलीकै घरमा बेहुला मृत अवस्थामा फेला परेका हुन् । विवाहको कर्मकाण्ड सकेर बिहान ४ वजे बेहुला कमलेश यादवलाई बेहुलीका दाजुले चिया लिएर जाँदा उनको मृत्यु भएको देखेपछि पुरै परिवार छाँगाबाट खसेका जस्तै भएका छन् । सिरहा नगरपालिका–२ का पल्टु यादवका छोरा कमलेश यादवको विवाह चन्द्रअयोध्यापुर–१ का देवलाल यादवकी छोरी अनीता कुमारी यादवसँग सम्पन्न भई बेहुली अन्माउने बेलामा यस्तो घटना घटेको हो । घटनालगत्तै बेहोस भएकी बेहुली अनितलाई उपचारको लागि अस्पताल लगिएको छ । उता, बुहारी भित्र्याउने तयारीमा रहेको बेहुलाको घर–परिवारमा पनि रुवावासी छाएको छ । बेहुला कमलेशको मृत्युको कारण खुल्न सकेको छैन भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले बताए । स्रोत :http://nepalikhabarchautari.blogspot.com/2015/12/blog-post_380.html#.Vny9TMt97Dc

0 comments

Write Down Your Responses