राज्यसभामा मोदीलाई भारतीय सांसदको चेतावनी

भारतको माथिल्लो सदन राज्यसभामा नेपालबारे बहस सुरु भएको छ । बहसमा भारतका थुप्रै सांसदहरुले नेपालको पक्षमा बोलेका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्नै प्रश्नले कडा प्रहार गरेका छन् । यसक्रममा जनता दल युनाइटेडका नेता एवं भारतीय सांसद शरद यादवले नेपाल–भारत सम्बन्ध एकदमै विग्रिएको भन्दै यसको जिम्मेवार मोदी सरकार भएको बताए । उनले नेपालसँग भारतको विश्वका सबै देशभन्दा फरक सम्बन्ध रहेको बताए । ‘ यो विषयमा पूरा देशका जनताका सम्वन्ध नेपालका जनतासँग छ । यो देशमा समस्या हुँदा नेपालका वीर गोर्खाली जनताले सहयोग गरेका छन् । स्वतन्त्रताको आन्दोलनमा समेत नेपालले सहयोग गरेको थियो । यस्तो सम्बन्ध छ, जसलाई अर्को देशको भन्दा फरक छ । रोटी बेटीको सम्वन्ध छ । हाम्रो नागरिक नेताको सम्वन्ध नेपालको जनतासँग छ । तर, अवस्था फेरि बिग्रियो । यो नबिर्सन म प्रधानमन्त्रीलाई सचेत गराउन चाहन्छु ।’ नेता यादवले सम्बन्ध सुधारका लागि अब भारतीय विदेश मन्त्रालयले तत्काल केही गर्नुपर्ने सुझाव दिनुभयो । ‘सरकार र विदेशमन्त्रीलाई आग्रह गर्छु कि समय खेर नफाल्नुस् । एक मानवीय संकटको अवस्था आएको छ । तत्काल कदम चाल्नुस् । जसरी पहिलाका सरकारहरुले समाधान निकाले, त्यसरी नै काम गर्नुस् । हामी सहयोग गर्छौं ।’ स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses