रातको नौ बजेपछि यी ६ कुरा कहिले नगर्नुहोस .....

प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउँछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ । यदि तपार्इंलाई निद्रा लाग्दैन भने रातको नौ बजेपछि यी गल्ती गर्नुहुन्न :
 ‘हेभी डिनर’ : राति आठ बजेपछि खाना खानु राम्रो हुन्न । त्यसले निद्रा भगाउँछ । यदि तपाईं नौ बजेपछि डिनर गर्न बाध्य हुनुहुन्छ भने सुप, सलाद खानुहोस्, तेलमा पकाइएको वा फ्राई गरिएको खानेकुरा नखानुहोस् । गम्भीर
अध्ययन : राति सुत्नुअघि पढ्ने बानी धेरैको हुन्छ । त्यसमा पनि केही व्यक्ति त गम्भीर विषयमा पढ्छन् । तर, अनुसन्धानकर्ताले पत्ता लगाएका छन्, राति सुत्नुअघि गम्भीर पुस्तक पढ्नुभन्दा सामान्य फिक्सन पढ्नु उचित हुन्छ ।
डिनरपछि चिया–कफी : क्याफिनको असर सीधै निद्रामा पर्छ । ‘एक्सपर्ट’हरू भन्छन्, साँझ खाना खाइसकेपछि कफी पिउने बानी नराम्रो हो । त्यसले कैयौँ घन्टासम्म निद्रा लाग्दैन । यदि यस्तो बानी छ भने जतिसक्दो छिटो छोड्नुपर्छ ।
 डिनरपछि फिल्म : साँझ खाना खाइसकेपछि टिभी हेर्ने वा फिल्म हेर्ने धेरैको बानी हुन्छ । टिभी नहेर्नेहरू ल्यापटप खोलेर इन्टरनेट चलाउन पनि थाल्छन् । यस्तो गर्नु कदापि ठीक हुनै सक्दैन । यसले आँखामा दबाब पार्छ र निद्रा हटाउँछ ।
 परिवारसँग बहस या लडाइँ : डिनरपछि परिवारसँग बहस गर्नु पनि सान्दर्भिक होइन । गम्भीर विषयमा साँझमा छलफल पनि गर्न हुन्न भन्ने पनि छ । साँझ खानापछि परिवारसँग रमाइलो कुरा गर्नु राम्रो मानिन्छ । यसले निद्रामा पनि सहयोग गर्छ ।
  इमेल र फोनमा ‘बिजी’ : घरमा पुगेपछि पनि अधिकांश मानिस इमेल र फोनमा झुन्डिन्छन् । यसले मस्तिष्कलाई ‘रेस्ट’ पुग्दैन । त्यसले गर्दा निद्रा हराउँछ । बरु सकिन्छ भने सुत्नुभन्दा पहिले २० मिनेट ‘मेडिटेसन’ गर्नु अत्यन्त राम्रो हुन्छ । स्रोत : साझा खबर

,

0 comments

Write Down Your Responses