यौनसम्पर्क गर्दा पुरुषलाई यसरी दिन सकिन्छ चरम सन्तुष्टि (जानी राखौ )
नयाँ उपायहरु यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहेकाहरुका लागि सार्वजनिक भएका छन् । अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् । त्यसको लागि धैर्यता र यौनसाथिबीच उचित तालमेल हुनु जरुरी छ । पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो । यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर, गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्व दिँदैनन् । महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्व दिने बानी गरे दुबैले पूर्ण सन्तुष्टि पाउनसक्छन् । त्यसको लागि केही उपायहरु यसप्रकार छन् :
१) कानः सुस्तसुस्त तपाईंको जिब्रो पार्टनरको कान र स्तनमा नचाउनुहोस् र कानको लोतीहरु चुस्नुहोस् । दायाँ कानमा श्वासले सुस्त भन्नुहोस, तपाईं के गर्न चाहनुहुन्छ ? किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको हुन्छ ।
२) घाँटीः पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा ।
३) अण्डकोषः अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नुहुँदैन जसले पुरुषभित्रको यौन प्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ ।
४) स्तनः आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चुस्नको लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ । मञ्जुर भएको खण्डमा जिब्रोको टुप्पोले सुस्तरी स्तनको मुन्टोलाई खेलाउनुहोस् ।
५) उत्सर्गतरालः यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बीचभागमा हल्का दबाव दिनुहोस । फलस्वरुप तपाईंको यौन साथीको लिंगलाई सधैं खडा गरिरहन्छ । तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टनरलाई यौनको मज्जा लिन र दिन सक्नुहुन्छ । स्रोत : दैनिक नेपाल
0 comments
Write Down Your Responses