भूकम्पपीडितलाई अनुदानसहित ५ लाख

काठमाडौं – सरकारले भूकम्पपीडित परिवारको बासस्थान निर्माणका लागि २ लाख रुपैयाँ अनुदान अपुग भए सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म सरल कर्जा उपलब्ध गराउने भएको छ । व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिमा पुननिर्माण र राहतबारे सांसद्हरुले उठाएका प्रश्नमा जवाफ दिँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । भूकम्पपीडित नागरिक कुनै पनि अवस्थामा वासस्थान निमार्णबाट पछि पर्न नहुने भन्दै सरकारले उनीहरुको उचित बासस्थान निर्माणका लागि काम सुरु गरिसकेको उनले बताए । यसअघि सरकारले भूकम्पपीडितलाई बासस्थान निर्माणका लागि २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । २ लाखले नपुग्ने आवाज उठिरहेका बेला उपाध्यक्ष खतिवडाले सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने बताए । आजको कारोबार दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses