चाइनासँग इन्धन खरिदसम्बन्धी समझदारीमा हस्ताक्षर भएको डेढ महिना भईसक्ता पनि इन्धन आपूर्तिमा ढिलाइ किन >> कारण यो पो रहेछ

काठमाडौं – नेपाल आयल निगमले चिनियाँ कम्पनी पेट्रो चाइनासँग इन्धन खरिदसम्बन्धी समझदारीमा हस्ताक्षर भएको डेढ महिना बितिसकेको छ । इन्धनको मूल्य र ढुवानी व्यवस्थाबारे समझदारी नजुट्दा व्यापार सम्झौता अझै हुन सकेको छैन । सम्झौताअघि उच्च राजनीतिक तहमा छलफल गर्न चाहेको चिनियाँ सन्देशप्रति नेपालका तर्फबाट अग्रसरता नदेखिँदा ढिलाइ हुँदै गएको हो । आजको कान्तिपुर दैनिक आफ्नो खबरको अगाडि लेख्छ – बेइजिङ र काठमाडौंमा यसबीचमा भएका औपचारिक–अनौपचारिक भेटघाटमा चिनियाँ सरकारी अधिकारीहरुले नेपालबाट परराष्ट्र मन्त्रीस्तरको भ्रमण अपेक्षा गर्दै आएका छन् । परराष्ट्र स्रोतका अनुसार त्यस्तो चिनियाँ अपेक्षा बारम्बार व्यक्त हुँदै आएको छ । कर मिनाहा गर्दा ठूलो रकम छुट दिनुपर्ने भएकाले चीनले उच्च राजनीतिक तहमा छलफल गर्न चाहेको हो । सुरुमा नेपाली अधिकारीहरुले उच्च चासो देखाए पनि बिस्तारै सेलाउँदै जानु भारततर्फको नाका सहज हुनासाथ चीनसँग सम्झौता नै नगर्ने मनोविज्ञानका रुपमा चिनियाँ अधिकारीहरुले अथ्र्याउन थालेको बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses