प्रेमीसँग मिलेर आमाले गरिन् आफ्नै छोराको हत्या

कलियुगमा सामाजिक तथा पारिवारिक सम्बन्धमा आँच आउने घटना घट्न थालेका छन् । भर्खरैमात्र एक ५४ वर्षीय महिलाले आफ्नो प्रेमीसँग मिलेर छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ । घटना भारतको मुम्बईको हो । मुम्बई प्रहरीका अनुसार दुबईका आबुधाबीमा कार्यरत २८ वर्षीय छोरा रोनीको घर आएका बेला मुम्बईमा आमा शिसिलिया डिसूजा र उनका प्रेमीले हत्या गरेका हुन् । हत्याको अभियोगमा आमलाई गिरफ्तार गरिएको छ । आमा परपुरुषसँगको प्रेम चक्करमा परेको थाहा पाएपछि छोराले विरोध तथा आपत्ति जनाउँदै आएका थिए । त्यहीकारण आमाले प्रेमीसँग मिलेर उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । आमाका प्रेमी उनकै ड्राइभर भएको खुल्न आएको छ । ती महिलाले श्रीमानसँग पहिला नै सम्बन्ध विच्छेद गरिसकेकी थिइन् । छोराको विरोध सहन नसकेर आमाले नै ड्राइभरलाई मार्न लगाएकी हुन् । प्रहरीले महिलाका प्रेमीलाई पक्रन सकेको छैन् । हत्या लगत्तै उनी फरार छन् । महिलालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses