श्रीमतीको सहमतिमा गर्लफ्रेण्डसँग विहे !

एजेन्सी । हाम्रो समाजमा महिलाको सबैभन्दा ठूलो सत्रु महिलालाई नै मानिन्छ । अर्थात ‘सौता’ । अरु सबै सहने हाम्रो समाजका महिला ‘सौता’ सहन सक्दैनन् । तर, यहाँ एक महिलाले आफैले सौता ल्याउन श्रीमानलाई सहयोग गरेकी छिन् । पूर्व माफिया डन टाम मिलरले आफ्नी श्रीमतीको सहमतिमा गर्लफ्रेण्डसँग विहे गरेका हुन् । टामले विहे गरेकी युवती उनीभन्दा तीन गुणा कान्छी हुन् । आफ्ना दुबै श्रीमतीका लागि टानले दुई वटा महल बनाएका छन् । जहाँ उनका पत्नि अलग अलग बस्नेछन् । खास कुरा यो हो कि टानले यो सबै कुरा आफ्नी पहिलो श्रीमतीको सहमतिमा गरिरहेका छन् । यद्यपी यी तिनै जना अहिले एउटै घरमा बसिरहेका छन् । टानकी कान्छी श्रीमती रेबाको उमेर १९ वर्ष मात्रै भयो । रेबा भन्छिन्– उमेरको अन्तरका कारण पहिला मेरो परिवारले टामसँग विहे गर्न अस्वीकार गरेको थियो । अन्ततः मेरो प्रेम र जिद्धीका अगाडि उनीहरुको कही लागेन् । म अहिले एकदमै खुसी छु । मेरो जो बच्चा जन्मिनेछ उसले दुई आमाको माया पाउँनेछ । यो सम्बन्ध र नयाँ बच्चा पाउने खबरले टानकी पहिलो श्रीमती बेलिडा पनि निकै उत्साहित छिन् । - See more at: http://dainiknepal.com/2015/111299.html#sthash.eckr7miY.dpuf

,

0 comments

Write Down Your Responses