श्रीमान र सासु कै अगाडि दुलहीसँग पुजारीले झारफुक गरेर जबरजस्ती यौन सम्बन्ध राखे । हेर्नुहोस्

एजेन्सी । नवविवाहित महिलाले नचाहँदा नचाहँदै जबरजस्ती यौनसम्बन्ध राख्ने एक पुजारी तथा तान्त्रिक कानुनको फन्दामा परेका छन् ।
बिरामी भएकी नवविवाहित महिलालाई ठिक पारिदिने भन्दै ति पुजारीले यौनसम्बन्ध राखेका थिए । उनलाई २५ वर्षपछि जेल सजायँ भएको छ ।
घटना महाराष्ट्रको मालेगाउँको हो । टाइम्स अफ इण्डियाका अनुसार विहे भएको दुई-तीनपछि दुलही विरामी भइन् । परिवारजनले उनलाई आफूलाई तान्त्रिक समेत बनाउने विवाहका पुजारी कहाँ लगे ।
तान्त्रिकले दुलहीको शरीरमा रहेको भूत प्रेत ठिक गर्ने बहानामा उनलाई आफ्नो कोठामा लगे । त्यसपछि उनले दुलहीलाई कपडा खोल्न लगाए । केहीबेर झारफुक गरेर जबरजस्ती यौन सम्बन्ध राखे । त्यो बेला पीडित महिला निकै चिच्याइरहेकी थिईन् ।
अचम्मको कुरा त के छ भने जून कोठामा दुलहीसँग तान्त्रिकले यौनसम्पर्क गरिरहेका थिए त्यो बेला पीडितका श्रीमान र सासु त्यही कोठाबाहिर उभिरहेका थिए । दुलही चिच्याउँदा पनि उनीहरु झारफुक गरिरहेको ठानेर बाहिरै बसिरहे ।
तान्त्रिकको उपचारले निको नभएपछि उनलाई अस्पताल लगियो जहाँ तान्त्रिकले बलात्कार भएको कुरा परिवारले थाहा पाए । आरोपी तान्त्रिकको उमेर अहिले ५५ वर्ष पुग्यो, आज भन्दा २५ वर्ष पहिले नवविवाहितको यौनशोषण गरेको अभियोगमा स्थानीय अदालतले सात वर्षको जेल सजायँ सुनाएको थियो । यो सजायँमा तान्त्रिकले एक महिना मात्रै जेलमा बसे । त्यसपछि जमानतमा रिहा भए ।
आरोपी तान्त्रिकको नाम शान्ताराम जेंडे हो । उनीविरुद्ध फैसला गर्दै अहिले बाम्बे हाईकोर्टले जिल्ला अदालतलाई पीडकलाई अदालतमा उपस्थित गराएर सजायँ पुरा गराउन आदेश दिएको छ ।
स्थानीय अदालतले तान्त्रिकलाई जमानतमा छाडेपछि पीडित परिवारले हाईकोर्टमा मुद्दा हालेको थियो । जहाँ पुजारीले पनि सजायँ माफ गरिदिन विन्ति गरेका थिए तर, अदालतले उनको विन्ति खारेज गरिदिएको छ । २५ वर्षपछि अब पुजारीले ६ वर्ष ११ महिना जेल बस्नुपर्ने भएको छ ।

, ,

0 comments

Write Down Your Responses