हाम्रो सानो सहयोग कसैको जीवन बाँच्न सक्छ -वचाउँ नेपाली चेली प्रशा लाई

उत्साह खुशीको अनि आशका साथ यतिखेर प्रशा न्यूर्योक स्थित Columbia Presbyterian Hospital मा उपचारार्थ छिन । उनको श्रीमान दिपक महर्जनका अनुसार उनको अक्सिजन लेभल हाइ हुनाका कारण उनलाई पुन अस्पताल लगिएको हो । काठमाडौ क्षेत्रपाटि निवासी प्रशा सन २००६ देखि अमेरिकामा रहदै आएकी थिइन र सन २०११ म उनलाई Scleroderma रोग लागेको थाहा भयो । यसै विच उनले आफूले पाउने विमाको आधारमा थोर वहुत उपचार गराउँदै थिइन । उपचारकै क्रममा सन २०१३ मा दिपक मर्हजन संग उनको विवाह भयो । दिपक र प्रशा सन २०११ मै भेटघाट भएको थियो । हाल प्रशा र दिपकको २ वर्षिय छोरी जोलेन पनि छिन । Scleroderma उपचारका क्रममा प्रशा Pulmonary Fibrosis रोगवाट ग्रसित हुन पुगिन । जसका कारण उनको फोक्सो प्रत्यारोपण गर्न पर्ने भएको छ । फोक्सो प्रत्यारोपण विधि अमेरिकामा निकै महगो उपचार विधि मानिन्छ । जसका लागि निकै धनराशी चाहिने स्पष्ट छ । प्रशाकै अनुसार करीव नेपाली रुपैया ८ करोड लाग्ने भए पनि धेरै त विमा (Insurance) ले नै व्यहोर्दछ त्यस वाहेक आफूले केही पैसा वैंकमा देखाउन जरुरी छ । जसका लागी उनले अमेरिका स्थित सम्पूर्ण नेपाली संघ,संस्था एवं नागरिक समाज, प्रवुद्ध वर्ग, सर्वसाधरणलाई सवै संग सहयोगको लागी अनुरोध गरेकिछिन । यसैविच प्रशाको याचना सहित न्यूर्योक एवं यसका आशपासमा रहेका नेपाली समाज उनको सहयोगका लागि जुर्मुराउन थालेका छन । विश्व सन्देश साप्ताहिक न्यूर्योकका विजय पौडेलका अनुसार उनको पत्रिकाको यहि जनवरी दशमा हुने बार्षिक कार्यक्रम प्रशाको उपचारार्थ सहयोग संकलनका लागी हुनेछ । यस्तै एन आर एन अमेरिकाले पनि प्रशाको उपचारका लागी विशेष पहल गर्देछ । एन आर एन अमेरिका अध्यक्ष केशव पौडेलका अनुसार एन आर एनले प्रशाको उपचारका लागि व्यक्तिगत रुपमा र संस्थागत रुपमा समन्वय गरी अघि वढने वताए । यसका साथै उनले सम्पूर्ण अमेरिका स्थित सहयोगी संघ संस्थाहरुलाई पनि उनको सहयोगका लागी आव्हान गरेका छन । यस्तै उपाध्यक्ष कृष्ण पोखरेलका अनुसार व्यक्तिगत रुपमा एन आर एन पदाधिकारीहरुले सहयोग गर्ने क्रम जारी छ एवं संस्थागत तवरले उनको सहयोगका लागी विशेष पहल भैरहेको जनाएका छन । पछिल्लो समयमा हस्पिटलको वेडमा रहेकी प्रशाका मनमा आशा एवं भरोसा निकै वढेको छ । दुःखका वेलामा आफन्त नै काम लाग्ने प्रति उनमा विश्वास वढेको छ । उनी क्रमशः अव सवैले सहयोग गरेर आफूलाई वचाउने प्रति उत्साही वनेकि छिन । किनकि अमेरिका स्थित विभिन्न संघ, संस्था एवं व्यक्तिगत रुपमा पनि सवै जना उनका लागी जुर्मुराउँदै छन । नियाउरो अनुहार लिएका उनका श्रीमान एवं माया खोजी रहेकि दुई वर्षे छोरी संग जीवन अझ वढि जीउनेमा उनी आशावादी वनेकी छिन । आउनुस हातेमालो गरौ । हाम्रो सानो सहयोग कसैको जीवन वन्न सक्छ भने फुकाउँ यी हातहरु । स्रोत : ओ यस नेपाल .नेट

0 comments

Write Down Your Responses