नरेन्द्र मोदीलाई यसरी पछारिन् सननिले

भारतमा सबैभन्दा बढी गुगल सर्च गरिने सेलिब्रेटीको सूचीमा पुनः एक पटक सन्नी लियोन १ नम्बरमा आएकी छिन् । पूर्व पोर्न स्टार समेत रहेकी सन्नी लियोन अहिले पनि भारतमा सर्वा्धिक खोजी गरिने सेलिब्रेटी रहेको गुगलले जनाएको छ । सन्नी लियोनपछि खोजि गरिने सेलिब्रेटीमा सलमान खान छन् भने तेश्रो नम्बरमा स्वर्गीय राष्ट्रपति एपिजे अब्दुल कलाम र चौथो नम्बरमा सलमान खानकै पूर्व प्रेमिका क्याटरिना कैफ परेकी छिन । कुनै बेला १ नम्बरमा रहेका भारतीय प्रधानमन्त्री भने अहिले १० नम्बरमा पुगेका छन् । सनीले बलिउडका चर्चित अभिनेत्री क्याटरिना क्याफ, प्रियंका चोपडा, दीपिका पादुकोण, अभिनेता सलमान खान तथा साहरुख खानलाई कडा टक्कर दिँदै २०१५ की मोस्ट सर्च सेलिब्रेटी बन्न सफल भएकी छिन् । गत वर्षपनि सनी सबैभन्दा बढी सर्च हुने भारतीयको सूचिमा एक नम्बरमा थिइन्। यो वर्ष प्रधानमन्त्री मोदी दशैं नम्बरमा पुगेका छन् । गत वर्ष मोदी धेरै खोजी हुने भारतीयको सूचिमा एक नम्बरमा थिए । यो वर्ष तेस्रो नम्बरमा पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामको नाम छ । पोर्न फिल्ममा काम गरिसकेकी ३४ वर्षीया सनी पहिलो नम्बरमा हुनुकापछि धेरै कारण भएको भारतीय संचारमाध्यमले विश्लेषण गरेका छन् । स्रोत : http://www.nepalese.org/article/2015/12/17/38455/

,

0 comments

Write Down Your Responses