सुशीलसँग रहने यी नारी को हुन् ?
अमेरिकामा घरजम गरेर बस्दै आएकी र अहिले कांग्रेस सभापति सुशील कोइरालाको सहयोगीका रुपमा सँगै बस्दै आएकी मृदुला कोइराला १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी छिन् ।बिगत दुई वर्षदेखि काठमाडौंमा सभापति कोइरालाको निकट रहेर सँगै बस्दै आएकी मृदुलाका गतिविधि कांग्रेसलाई फाइदा पुगाउनेभन्दा पनि घाटा पुगाउने खालका हुने गरेको आरोप छ ।
स्रोतका अनुसार मृदुलाको क्रियाशील सदस्यता छैन । मृदुलाले क्रियाशील सदस्यताका लागि सभापति कोइरालालाई दबाव दिँदै आएकी छिन् ।
त्यति मात्रै होइन मृदुलाले जसरी हुन्छ १३औँ महाधिवेशनमा आफूलाई महाधिवेशन प्रतिनिधि बनाउन वृद्ध कोइरालालाई दबाव दिने गरेको स्रोतको भनाइ छ ।
सभापति कोइरालाको निकट रहेर कसैलाई पनि नजिक जान नदिने गरेकी मृदुला अमेरिकी नागरिक हुन् । उनले उतैतिरको नागरिकता लिएको आरोप छ । उनका पति र छोराछोरी अमेरिकामा बस्छन् ।
मृदुला भने कांग्रेसको नाममा सभापति कोइरालाको निकट रहेर तर मार्दै आएको आरोप कांग्रेस नेताहरूको छ ।
सभापति कोइरालाले मृदुलालाई किन ‘काखी च्यापेर’ राखेका हुन् भनेर प्रश्न उठ्ने गरेका छन् । तर यसको चित्तबुझ्दो जवाफ कसैबाट आउने गरेको छैन ।
सभापति पदमा अर्को पटक उम्मेदवारी दिने मुड बनाएका कोइरालालाई शेरबहादुर देउवाले हराउने दाउ खोजी रहेका छन् ।
मृदुला र कोइरालाका सहयोगीहरूका कारण नेता तथा कार्यकर्तासाग भेट्न नपाएका कोइरालाले सभापतिमा पराजय भोग्ने निश्चित रहेको दाबी चल्न थालेको छ ।
स्रोत : दैनिक नेपाल

0 comments
Write Down Your Responses