सुशीलसँग रहने यी नारी को हुन् ?

अमेरिकामा घरजम गरेर बस्दै आएकी र अहिले कांग्रेस सभापति सुशील कोइरालाको सहयोगीका रुपमा सँगै बस्दै आएकी मृदुला कोइराला १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी छिन् ।
बिगत दुई वर्षदेखि काठमाडौंमा सभापति कोइरालाको निकट रहेर सँगै बस्दै आएकी मृदुलाका गतिविधि कांग्रेसलाई फाइदा पुगाउनेभन्दा पनि घाटा पुगाउने खालका हुने गरेको आरोप छ ।
स्रोतका अनुसार मृदुलाको क्रियाशील सदस्यता छैन । मृदुलाले क्रियाशील सदस्यताका लागि सभापति कोइरालालाई दबाव दिँदै आएकी छिन् ।
त्यति मात्रै होइन मृदुलाले जसरी हुन्छ १३औँ महाधिवेशनमा आफूलाई महाधिवेशन प्रतिनिधि बनाउन वृद्ध कोइरालालाई दबाव दिने गरेको स्रोतको भनाइ छ ।
सभापति कोइरालाको निकट रहेर कसैलाई पनि नजिक जान नदिने गरेकी मृदुला अमेरिकी नागरिक हुन् । उनले उतैतिरको नागरिकता लिएको आरोप छ । उनका पति र छोराछोरी अमेरिकामा बस्छन् ।
मृदुला भने कांग्रेसको नाममा सभापति कोइरालाको निकट रहेर तर मार्दै आएको आरोप कांग्रेस नेताहरूको छ ।
सभापति कोइरालाले मृदुलालाई किन ‘काखी च्यापेर’ राखेका हुन् भनेर प्रश्न उठ्ने गरेका छन् । तर यसको चित्तबुझ्दो जवाफ कसैबाट आउने गरेको छैन ।
सभापति पदमा अर्को पटक उम्मेदवारी दिने मुड बनाएका कोइरालालाई शेरबहादुर देउवाले हराउने दाउ खोजी रहेका छन् ।
मृदुला र कोइरालाका सहयोगीहरूका कारण नेता तथा कार्यकर्तासाग भेट्न नपाएका कोइरालाले सभापतिमा पराजय भोग्ने निश्चित रहेको दाबी चल्न थालेको छ ।
स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses