यसरी हुन्छन् मानिस सफल ( जानी राखौ )

सफल हुने चाहना कसलाई पो नहोला र ? तर, सफल हुने अभिलासामा हामी कहिलेकाहीा अनावश्यक काम गर्न पनि पछि पर्दैनौ । सफल हुने चाहना राख्ने व्यक्तिले भने अनेक इच्छा पाल्दैनन् । सफल व्यक्तिमा हुने केही गुण :
“फिडब्याक” पर्खंंदैनन्
सफलता चाहने व्यक्तिलाई ‘फिडब्याक’ कुर्न कुनै समय नै हुँदैन । उनीहरू आफ्नो काम लागातार गरिरहन्छन् । समयमा काम सक्ने हतारो उनीहरूमा हुन्छ । उनीहरू हाकिमले बधाई दिओस् भनेर समय खर्चंदैनन् । नयाँ काम सुरु गरिहाल्छन् ।
“क्रेडिट” खोज्दैनन्
सफल व्यक्तिहरूको अर्को गुण हो– उनीहरू तत्काल ‘क्रेडिट’ खोज्दैनन् । आफ्नो काम पूरा गर्ने मात्र उनीहरूको लक्ष्य हुन्छ । राम्रो कामका लागि उनीहरू तत्काल प्रशंसा पनि चाहँदैनन् र कामको श्रेय आफू मात्र पनि लिन चाहँदैनन् । सफल व्यक्तिहरू ‘टिम वर्क’मा विश्वास गर्छन्, त्यसैलाई सफलताको श्रेय मान्छन् ।
प्रतिबद्धता तोड्दैनन्
आफूले गरेको प्रतिबद्धता नतोड्नु पनि सफल मानिसको गुण हो । बरु, सफल मानिसहरू असफल हुने प्रतिबद्धता नै बनाउँदैनन्, उनीहरूले गरेको वाचा पूरा गरेरै छाड्छन् । यही कारण उनीहरूले विश्वास जित्छन् ।
कामबाट पछि हट्दैनन्
सफल व्यक्तिहरू आफूलाई सधैँ व्यस्त राख्न चाहन्छन् । आफ्नो कामलाई रमाइलोसाथ गर्नु नै सफल व्यक्तिको गुण हो । उनीहरू कामबारे गुनासो गर्दैनन्, काम गर्नु नै उत्सव मनाउनु होजस्तै गर्छन् ।
ईष्र्या गर्दैनन्
वास्तविक विजेताहरू अरूको ईष्र्या गर्दैनन् । अरूको ईष्र्या गर्दा समय खर्च हुने उनीहरूलाई थाहा हुन्छ । त्यसैले उनीहरू आफ्नो काममा नै ध्यान दिन्छन्, अरूको ईष्र्या गरेर समय बिताउँदैनन् ।
“मेरो काम होइन” भन्दैनन्
सफल व्यक्तिहरूलाई आफ्नो कामबारे जानकारी त हुन्छ, तर उनीहरू आफ्नो काम होइन भन्ने बाहना बनाएर कामबाट पन्छिन खोज्दैनन् । सफल व्यक्तिहरू ‘टिम वर्क’मा विश्वास गर्ने भएकाले जस्तोसुकै परिस्थितिमा पनि नयाँ काम सम्हाल्न तयार हुन्छन् ।
स्रोत : http://www.khabardabali.com/2015/09/39592/

0 comments

Write Down Your Responses